काठमाडौं- आजको संसद र संविधानसभा बैठक स्थगित भएको छ। एमाओवादी उपाध्यक्ष पोष्टवहादुर वोगटीको निधनका कारण बैठक स्थगित भएको हो।
११ बजे संविधानसभाको बैठक सुरु हुने वित्तिकै सभामुख सुभाष नेम्वाङले विशेष कारणवस बैठक स्थगित भएको बताए। संसद बैठक साँझ ५ बजेको बोलाइएको थियो।
संविधानसभाको अर्को बैठक असोज १ गते ११ बजे र संसद बैठक असोज १ साँझ ५ बजे बोलाइएको छ।