प्रत्येक राजनीतिक दलमा ३३ प्रतिशत महिला सहभागितामा जोड
०७ मंसिर २०७८
•
२ मिनेट पाठ
प्रत्येक राजनीतिक दलमा ३३ प्रतिशत महिला सहभागितामा जोड
राजनीतिक दलमा आबद्ध क्रियाशील महिला नेत्रीले नेपालको संविधानले व्यवस्था गरेअनुसार ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।




क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले विभिन्न पार्टीको आसन्न महाधिवेशनको सन्दर्भमा आयोजना गरेको ‘राजनीतिक दलहरुमा महिलाको अर्थपूर्ण सहभागिता’ विषयक अन्तरक्रियामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको हो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेपालको संविधानले नै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको हुनाले त्यहीअनुसार चल्नुपर्ने बताइन्। उनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनले एकतिहाइ सुनिश्चित गर्ने विश्साससमेत व्यक्त गरिन्।

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री राधा ज्ञवालीले पार्टीको १०औँ महाधिवेशनमा ३३ प्रतिशत महिला सुनिश्चित गर्ने गरी विधान महाधिवेशनले नै तय गरेको बताइन्। उनले पदाधिकारीमा महिला सुनिश्चित नभए पनि उपाध्यक्ष र सचिवमा महिलाले उम्मेदवारी दिने तयारी गरेको जानकारी दिइन्।  

अखिल नेपाल महिला सङ्घका संयोजक तथा पूर्वमन्त्री थममाया थापाले एमाले महाधिवेशनमा विधानले २२५ केन्द्रीय समितिमध्ये ७६ जना महिला सुनिश्चित गरेको जानकारी दिँदै आगामी दिनमा समतामूलक समाज निर्माणका लागि ५० प्रतिशत महिला सुनिश्चित गर्नुपर्नेमा सबै महिला एक भएर आवाज उठाउनुपर्नेमा जोड दिइन्।  

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य अञ्जना विसंखे, राष्ट्रिय प्रजातन्त्र पार्टीका सरस्वती केसी र राष्ट्रिय जनमोर्चाका लक्ष्मी केसीलगायतले ३३ प्रतिशत महिला प्रत्येक राजनीतिक दलले सुनिश्चित गर्नुपर्ने र त्यसका लागि सबैले दबाब दिनुपर्ने धारणा राखेकी थिइन्।

डब्लुडब्लुजका महासचिव चन्दा विष्टले पार्टीको आसन्न महाधिवेशनमा संविधानले व्यवस्था गरेअनुसार ३३ प्रतिशत महिलाका साथसाथै अर्थपूर्ण सहभागितामा सहयोग पुगोस् भन्ने उद्देश्यले अन्तरक्रियाको आयोजना गरेको जानकारी दिइन्।
अर्को समाचार
कर्मचारीतन्त्रमा दलीय दलदल
१७ साउन २०७९
•
४ मिनेट पाठ
कर्मचारीतन्त्रमा दलीय दलदल
निर्वाचन आयोगले राजनीतिक दलको सदस्यता लिने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कारबाही गर्न स्थानीय तहलाई निर्देशन दिनु आफैँमा सकारात्मक घटनाक्रम हो। यसले राज्यकोषबाट तलबभत्ता खाने र राजनीतिक दलमा सक्रिय हुने व्यक्तिमाथि नियन्त्रण गर्न सहज हुने विश्वास गर्न सकिन्छ। निर्वाचन आयोगले यस्तो निर्देशन दिएपछि अब यसको कार्यान्वयन होला त? यो त्यस्तो सजिलो पक्ष होइन। वास्तवमा अहिलेको संरचनाकै कारण सरकारी कर्मचारी, प्राध्यापक, शिक्षकलगायतका पेसामा रहेका व्यक्ति दलको सदस्य बनेका हुन्। यिनलाई जसले कारबाही गर्नुपर्ने भनी आयोगले निर्देशन दिएको छ, तिनीबाट यसको पालना सम्भव छैन। सदस्य बनाउने व्यक्तिले यिनलाई किन कारबाही गर्छन्? गर्दैनन्।  




जनआन्दोलन २०४६ र दोस्रो जनआन्दोलन २०६२/०६३ पछि सरकारी कर्मचारीतन्त्रमा राजनीतीकरण भएको छ। सक्ने भए मुख्य दलले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा समेत दलको सदस्य बाँड्ने थिए। प्रत्यक्ष सदस्यता नलिए पनि यी निकायमा पनि क्रमशः राजनीतीकरण गरिएको छ। यी निकायमा हुने सरुवा, बढुवा आदिमा समेत दलीय प्रभाव पर्दै आएको छ। सबैभन्दा ठूलो विकृति निजामती कर्मचारी, विद्यालयका शिक्षक र विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीमा देखिएको छ। यी सबै निकायमा दलहरूले झण्डा गाडेका छन्। निजामती कर्मचारीमा दलअनुसारका संगठन छन्। सबैजसो दलले कर्मचारीतन्त्रमा आफ्नो प्रभाव विस्तार गर्नु आवश्यक ठानेका छन्।  

निजामती कर्मचारीको एउटा छाता संगठन मात्र रहन सक्छ। कर्मचारीको एउटा तहसम्म त्यसमा सरिक हुने वातावरण बनाउन सकिन्छ। तर उनीहरू दलीय आधारमा प्रतिनिधित्व गर्ने अवस्था हुनुहुँदैन। अहिलेसम्म दलअनुसारका कर्मचारी संगठन खुलेका छन्। त्यही आधारमा तिनले कर्मचारीको पेसागत संगठनमा समेत प्रभाव पार्छन्। त्यतिमात्र होइन, तिनले दैनिक सरकारी कामकाजमा समेत आफ्नो वर्चस्व कायम गर्न खोज्छन्। कार्यालय प्रमुखले तिनकै चाकडी गर्नुपर्छ। आज विश्वविद्यालयका सबैजसो प्राध्यापक दलीय हिसाबले बाँडिएका छन्। विद्यालयका शिक्षकको अवस्था पनि त्यही छ। दलीय आधारमा संगठित कर्मचारी, प्राध्यापक र शिक्षकलाई कसरी कारबाही गर्ने? भए जति सबै कुनै न कुनै दलमा आबद्ध छन्, त्यसको अनुगमन कसरी हुन्छ?

संघ, प्रदेश र स्थानीय सरकार सबैले दलीय संलग्नतालाई हटाउन कोसिस गरेका छैनन्। सबै दलको ध्यान निर्वाचन र संगठन बलियो बनाउनतिर हुनाले कर्मचारी, शिक्षक र प्राध्यापकलाई पनि संगठित गरेका छन्। राजनीतिक दलको सदस्यता लिन नपाउने कानुनी व्यवस्था भए पनि त्यसमा बेवास्ता गरिएको छ। विशेषगरी दलका भातृ वा समर्थक संस्थाका नाममा तिनलाई संगठित गर्नु भनेको पनि एक हिसाबले दलीय संलग्नता नै हो। राज्यकोषबाट तलबभत्ता लिने व्यक्तिले दल वा तिनी निकटका कुनै पनि संस्थामा सहभागी हुन नपाउने व्यवस्थालाई बलियो बनाउन सक्नुपर्छ। त्यसो भयो भने मात्र शासकीय पक्षमा सुधार हुन सक्छ।  

अहिले तीन तहका सरकार सक्रिय छन्। तर कर्मचारी राजनीतिक दलमा सक्रिय रहेका कारण अनुशासन कमजोर छ। विशेषगरी नेतृत्व तहमा रहेका कर्मचारीले राजनीतिक दलमा आबद्ध कर्मचारीसँग आशीर्वाद लिनुपर्ने अवस्था छ। उच्च तहका कर्मचारी, शिक्षक र प्राध्यापकले यिनै कर्मचारीको सहयोग लिएर मात्र राजनीतिक नेतृत्वसँग भेटघाट गर्न सक्ने अवस्था छ। आफ्नो वृत्ति विकासका निम्ति पनि दल निकट कर्मचारीको साथसहयोग तिनलाई चाहिन्छ। यो अवस्थाका कारण पनि तत्कालै कर्मचारी, शिक्षक र प्राध्यापकसँग जोडिएको राजनीतिक सक्रियताको अभ्यास रोकिने अवस्था छैन। कुनै पनि दलसँग संलग्न हुन नपाइने व्यवस्था निजमती सेवा ऐन र अन्य सम्बन्धित सेवासम्बन्धी कानुनमा छ तर यसको पालना कतैबाट पनि भएको छैन।  

दलहरूले पनि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम सदस्यता वितरण गर्दा विवरण अद्यावधिक गर्नुपर्छ। यसअनुसार सदस्यता दिँदा तीन तहका सरकारमध्ये कतै पनि सरकारी कोषबाट तलब नखाने व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ। यस्तो व्यवस्थालाई पूर्ण पालना गरिएको छैन भन्ने तथ्य हालै एम अधिकारीका नाममा देखिएको विवादलाई लिन सकिन्छ। प्रमुख विपक्ष नेकपा (एमाले) को संगठनात्मक संरचनाभित्र रहेका यी एम अधिकारी नामक पात्र कानुनले वर्जित गर्दागर्दै राजनीतिक दलमा संलग्न रहेको भन्ने विवाद सुरु भयो। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै यो नाम गरेका व्यक्ति हुन् भन्ने विवाद भएको हो। एमाले र उनी दुवैले यसलाई अस्वीकार गरेका छन्। वास्तवमा यस्तो विवाद आउनुको कारण दलहरूले सदस्यता वितरण गर्दा कानुन उल्लंघन गर्नु हो।  

बिरालाको घाँटीमा घन्टी कसले बाँध्ने? हाम्रो मुलुकका संवैधानिक अंगदेखि राज्यका कानुन कार्यान्वयन गर्ने निकाय कसैले पनि स्वतन्त्र ढंगले काम गर्न सकेको देखिँदैन। तिनले सशक्त ढंगले कानुन कार्यान्वयन गरेका भए कुनै पनि कर्मचारी, शिक्षक र प्राध्यापक राजनीतिमा लाग्ने धृष्टता गर्ने थिएनन्। तर दलमा आबद्ध भएबापत सबैतिर नियुक्ति पाइने, नियुक्तिपछि वृत्ति विकासमा पनि सहयोग पुग्ने भएकाले यस्तो गलत अभ्यास भइरहेको छ। आफूले वितरण गरेको सदस्यता गलत मानिसमा नपरोस् भन्ने ध्यान सम्बन्धित दलले दिनुपर्ने हो। तर दलले आफ्नो प्रभाव विस्तारका निमित जुनसुकै उपाय अपनाएको देखिन्छ। निर्वाचन आयोगले अहिले गरेको पत्राचारलाई यत्तिकै छाड्न मिल्दैन। यसको कार्यान्वयनका निम्ति भविष्यमा पनि यसमा भइरहेको प्रगतिको अनुगमन गर्नुपर्छ। अनिमात्र यसको सकारात्मक परिणाम आउनेछ।
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
यो पनि पढौँ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस