के गर्दैछ संसद् सचिवालय?
१६ मंसिर २०७८
•
२ मिनेट पाठ
के गर्दैछ संसद् सचिवालय?
संसद् अधिवेशन नहुँदा र संसदीय समितिका बैठक नबसे पनि संसद् सचिवालयले प्रशासनिक काम मात्र गर्ने गर्दछ।




यसका साथै यतिबेला संसद् सचिवालयले यतिबेला अमेरिका, बेलायत, अष्ट्रेलिया, भारत र नेपालको संसद्को तुलनात्मक अध्ययन गरेर पुस्तक निकाल्दै छ भने संसद्का अन्य कर्मचारीहरू संसद् दिवसको तयारीमा जुटेका छन्।

सभामुख र महासचिव स्पेनमा भएको अन्तर व्यवस्थापिका संघ(आइपियु)को १४३औं सभामा भाग लिएर भाग लिएर बिहीबार फर्कंदैछन्। सांसदहरू आ–आफ्ना पार्टीका अधिवेशन रअन्य काममा व्यस्त छन्। जसबाट संसद्मा कानुन निर्माणको काम भने प्रभावित हुँदै आएको छ।

संसद् अधिवेशन नभएका कारण सांसदहरू उपत्यका बाहिर छन्। सांसदलाई संसद्को काममा लागि राख्नका लागि समितिको बैठक निरन्तर बोलाउनुपर्ने बैठकमा अनुपस्थित भए कारबाही गर्नुपर्ने तथा संसद् अधिवेशन समय समयमा बोलाउनुपर्ने जस्ता कुराहरू पर्दछन्।

संसदीय गतिविधिमा लाग्न सभामुख र राष्ट्रियसभाका अध्यक्षले समिति सभापतिलाई ताकेता गर्न सक्छन् तर ताकेता गरेको देखिएको छैन। संसदीय दलका कार्यालयमा यतिबेला सुनसान छ। पार्टीहरू महाधिवेशनको उत्सवमा व्यस्त छन्।

समितिका बैठक कक्षमा सुनसान नै छ। राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले प्रदेश १ को प्रदेशसभाको न्याय प्रशासन तथा विधयान समितिसँग प्रत्यायोजित कानुनका विषयमा छलफल गरेर फर्किएको छ। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले खाद्य विधेयकमाथि छलफल गरिरहेको छ। 

प्रतिनिधिसभाका समितिले कुनै बैठक राखेका छैनन्। दुई सभाको संयुक्त समिति सरकारले प्रतावित गरेका तीन राजदूतको संसदीय सुनुवाइ मंसिर१७ गते राखिएको छ। सरकारले कात्तिक ११ को मन्त्रिपरिषद्बाट भारतका लागि शंकरप्रसाद शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य,अमेरिकाका लागि श्रीधरखत्रीलाई राजदूत सिफारिस गरेको थियो।

संसदीय सुनुवाइ समितिमा कोरम नपुगेका कारण सुनुवाइ १७ गते राखिएको हो। अन्य समितिका बैठकहरू भने बोलाइएको छैन। समितिमा कोरम नै नपुग्ने समस्या बारम्बार दोहोरिएकै कारण कतिपय समिति बस्नै नसक्ने अवस्थामा पुगेको संसद सचिवालय स्रोत बताउँछन्।

संसद्को राज्य व्यवस्था समिति सभापतिविहीन छ भने अन्य दुई समिति प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र विधायन व्यवस्थापन समतिका सभापति पनि खाली हुँदैछ।
अर्को समाचार
समितिमा विधेयक नपठाई सकिँदै संसद् अधिवेशन
११ वैशाख २०८०
•
१ मिनेट पाठ
समितिमा विधेयक नपठाई सकिँदै संसद् अधिवेशन
संसद् अधिवेशन सकिनै लाग्दा पनि संसदीय समिति गठन नभएकाले केही विधेयक अलपत्र पर्ने भएका छन्। संसद्बाट सैद्धान्तिक छलफल भई संशोधन समेत दर्ता भएका विधेयकलाई समितिमा नपठाईकनै संसद्को अधिवेशन सकिन लागेको छ।




संसद्को विधेयक अधिवेशनसमेत भनिने यो हिउँदे अधिवेशन वैशाख १३ गतेसम्म चल्ने सम्भावना रहेको सरकारी स्रोतले जनााएको छ।

प्रतिनिधिसभाको बैठक १२ गते र राष्ट्रियसभाको बैठक त्यसको भोलिपल्ट बोलाइएको छ। १३ गते सम्भवतः संसद् अधिवेशन सकेर चैत २६ गतेबाट सुरु हुनेगरी अर्को अधिवेशन बोलाउन लागिएको स्रोतले बतायो। आगामी जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने दिन भएकाले अब बर्खे अधिवेशन बोलाउन लागिएको छ।

संसद् अधिवेशन सकिनै लाग्दा पनि संसदीय समिति गठन नभएकाले केही विधेयक अलपत्र पर्ने भएका छन्।
समितिबाट सैद्धान्तिक छलफल सकेर संशोधनको समयसमेत सकिएका विधेयकलाई संसदीय समितिमा पठाउनुपर्ने अवस्था छ। तर समिति गठन नभएकाले अधिवेशन अन्त्य हुँदासम्म ती विधेयक त्यही अवस्थामा रहने भएका छन्।

संसद्मा यतिबेला अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७७, सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७८, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ लगायत विधेयक संसदीय समितिमा छलफलका लागि पठाउने विधेयकका रूपमा रहेका छन्। 
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस