१५ गते सहमतिः भट्टराई
११ कार्तिक २०७१
•
२ मिनेट पाठ
१५ गते सहमतिः भट्टराई
काठमाडौं—संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले दुई दिन अनौपचारिक छलफलद्वारा संविधान निर्माणमा सहमतिको प्रयत्न गर्ने बताएका छन्। मंगलवार बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले एक दुई दिनभित्र अनौपचारिक ढंगले सहमति निर्माण गर्ने र १४ र १५ गते औपचारिक बैठक बसी सहमतिमा पुग्ने दाबी गरे।बैठकमा भट्टराईले अन्तिम सहमतिको प्रयत्न गर्नको निम्ति विधि र प्रक्रियाका विषमया समितिका सदस्यहरुसँग सुझाव मागेका थिए। बैठकमा समिति बाहिरका सभासद प्रदीप गिरी, श्याम श्रेष्ठ, गगन थापा लगायतलाई बोलाइएको थियो।




बैठकमा प्रमुख दलका शीर्ष नेताहरु बाहेक अरु दलका नेताहरुले आफ्नो ठाउँबाट सहमति निर्माणका लागि प्रयत्न गर्ने तथा संवाद समितिलाई सुझाव दिन सकिने बताएका थिए।

समितिले विभिन्न क्षेत्रका व्यक्तिहरुसँग सुझाव ग्रहण गर्ने जानकारी दिँदै भट्टराईले दुई दिनको अनौपचारिक छलफलका आधारमा प्रमुख दलहरुको औपचारिक बैठक बसेर सहमति निर्माणको प्रयत्न गर्ने बताए।

यसैबीच संवाद समितिका सभापति भट्टराईले अनौपचारिक छलफल थालेका छन्। आजै संवाद समितिको बैठकलगत्तै सभापति भट्टराईले कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, प्रदीप गिरी, पूर्ण बहादुर खड्कासँग अलग अलग छलफल गरेका थिए। उनले एमाले नेता सुरेन्द्र पाण्डे, एमाओवादीका शक्तिबहादुर बस्नेत, मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, खम्वुवान मोर्चाका रामकुमार राईसँग पनि छुट्टा–छुट्टै छलफल गरेका थिए। भट्टराईले कांग्रेसका शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गरेका थिए।
अर्को समाचार
भट्टराई किन झस्किए?
१७ पौष २०६९
•
४ मिनेट पाठ
भट्टराई किन झस्किए?
काठमाडौं, पुस १८ (नागरिक) - भट्टराई पुस १ गते मुगुमा बाटो उद्घाटन गर्न गएका दिन दाहालले शीर्ष नेताहरूसँग प्याकेजमा सहमति गर्नेबारे छलफल गरे। शीर्ष नेताहरूबीच भएको 'भद्र सहमति' ले भट्टराईलाई सशंकित तुल्यायो। वैधानिक संस्थाबाट निर्वाचित व्यक्तिलाई अपमानित ढंगले हटाउन खोजेको आशंका उनको थियो। उनले आफूनिकट नेताहरूसँग छलफल गरेर सहमतिबिना सरकार नछाड्ने अडान दोहोर्‍याए।




दाहाल निकटस्रोतका अनुसार त्यतिबेला प्याकेजमा सहमति हुने कुरा निश्चित भइसकेको थियो। भट्टराई किन नयाँ ढंगबाट आए, स्वयं दाहालले समेत बुझेनन्। 'एक्कासि राजीनामा लिएर आउँदा हामीले रोक्यौं, फेरि सत्ता छाड्दिनँ भन्दा सहमति रोकियो,' दाहाल निकट एक नेताले भट्टराईप्रति इंगित गर्दै भने, 'चुनावका लागि सहमति गर्नुपर्छ।'
दलहरूलाई 'बाइपास' गरेर बाहिरबाट कुनै व्यक्तिलाई सरकार नेतृत्व गर्न दिने हल्ला सुनेपछि भट्टराईले पहिलो चरण आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाएर जाने प्रस्ताव गरेको भट्टराई निकट नेताहरूले बताए। सहमतिका लागि पहल भइरहेको बेला भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले पार्टीबाट अध्यक्ष दाहाल प्रधानमन्त्रीको उम्मेदवार हुने सार्वजनिक धारणा राखे।
सरकार छाड्ने-नछाड्ने विषयमा अध्यक्ष दाहाल र प्रधानमन्त्रीबीच देखिएको अन्तर्विरोधकै कारण पौडेलले त्यस्तो धारणा राखेको स्रोतले बतायो। बुधबार र बिहीबार दाहाल र भट्टराईबीच चलेको छलफलपछि विवाद अन्त्य भएको र पार्टीभित्र एकरूपतासँगै मोर्चासँग समेत सकारात्मक छलफल अघि बढेको स्रोतको दाबी छ।
वैद्यबाट भट्टराईलाई आत्मबल
पार्टी विभाजनसँगै भट्टराई सरकारलाई 'राष्ट्रघाती' संज्ञा दिएको नेकपा-माओवादी एकाएक उनीप्रति नरम देखिएको छ। राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि कांग्रेस सभापति सुशील कोइराला उम्मेदवार बनेलगत्तै नेकपा-माओवादीले भट्टराईप्रति एकाएक समर्थन गरेको छ।
पार्टी विभाजनपछि छुट्टै महाधिवेशनमा जुटेको नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द र भट्टराईबीच हिमचिम बढेको छ। धोवीघाट मोर्चाबाट वैद्य समूहले पार्टीमा उम्मेदवार बनेका भट्टराईको पद संकटमा परिरहेको बेला एकाएक चन्दको हिमचिम बढेको हो।
महासचिव रामबहादुर थापालाई प्रधानमन्त्री उम्मेदवार प्रचार गरेको नेकपा-माओवादी एकाएक भट्टराई सरकार ठीक भएको निष्कर्षमा पुगेको छ। राष्ट्रघाती लाइनलाई राष्ट्रवादी बुझाइमा परिणत गरेको छ।
चन्दले कोइराला प्रधानमन्त्री बनेर कसैको इशारामा चल्नुभन्दा भट्टराई ठिक भन्ने निष्कर्षमा पार्टी पुगेको बताएका छन्। भट्टराईसँग छलफललगत्तै चन्दले आफ्नो धारणा भट्टराई निकट जनादेश साप्ताहिकमा अन्तर्वार्ता दिएर भट्टराई नेतृत्व सरकारले निरन्तर पाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस