झलनाथ खनालको गृह जिल्लामा यसो गर्दैछ नेकपा(एस)
२६ मंसिर २०७८
•
३ मिनेट पाठ
झलनाथ खनालको गृह जिल्लामा यसो गर्दैछ नेकपा(एस)
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृह जिल्ला इलाममा पार्टीले सङ्गठन विस्तार तीव्र बनाएको छ। जिल्लाका २ वटा निर्वाचन क्षेत्रमध्ये खनालको क्षेत्र १ मा पार्टी गतिविधि धेरै सङ्ख्यामा भइरहेका छन्।




पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले चुनाव जितेको क्षेत्र नम्बर २ मा भने नेकपा (एस)को गतिविधि तुलनात्मक हिसाबले कम छन्। क्षेत्र १ का सूर्याेदय नगर प्रमुख र माईजोगमाई गाउँपालिका अध्यक्ष नै नेकपा (एस)मा प्रवेश गरेकाले जनप्रतिनिधिको सङ्ख्या क्षेत्र २ को तुलनामा बढी छ। पार्टी कमिटीदेखि जनवर्गीय सङ्गठनहरूको विस्तार र गठनमा सक्रिय भएको नेकपा(एस)का नेताले बताएका छन्।

खनाल नै पूर्व अध्यक्षसमेत रहेको नेकपा(एमाले) विभाजन भई नेकपा(एस) गठन भएपछि जिल्ला तहका खनालनिकट नेता भक्त केसीको अध्यक्षतामा २ सय ५१ सदस्यीय जिल्ला कमिटी बनेको छ। पार्टी फुटेपछि नेकपा(एस)मा प्रवेश गर्ने एमालेका जिल्ला कमिटी पदाधिकारी चाहिँ केसी मात्रै हुन्। उनी एमालेको जिल्ला उपाध्यक्ष थिए। अध्यक्ष केपी ओलीनिकट कुनै पनि जिल्ला नेता नेकपा (एस)मा गएनन्। बरु खनाललाई लामो समयदेखि साथ दिइरहेका पूर्वसांसद मणिकुमार लिम्बू, जिल्ला नेता कृष्ण श्रेष्ठ, सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राई र उपाध्यक्ष शोभा पराजुलीलगायत नेताले खनालको साथ छाडिदिएका छन्।

खनालनिकट नै रहेकी प्रदेशसभा सांसद खिनु लङ्वा लिम्बू नेकपा(एस) प्रवेश गरिन्। उनी खनालकै निर्वाचन क्षेत्र १ को (क) बाट विजयी भएकी हुन्।

खनालकै क्षेत्रमा पर्ने सूर्याेदय नगरपालिका प्रमुख रणबहादुर राई नेकपा (एस) प्रवेश गरेपछि नगरमा पार्टी गतिविधि तीव्र छन्। यहाँका वडा–वडामा दिनहुँ कुनै न कुनै कार्यक्रम र पार्टी कमिटी गठन भइरहेको मेयर राईले बताए। सूर्याेदयमा कमल गदालको अध्यक्षतामा १ सय १ सदस्यीय नगर कमिटी बनेको छ। युवराज प्रधानको अध्यक्षतामा युवा संघ नगर कमिटी गठन गरिएको छ। विद्यालयहरूमा पनि अनेरास्ववियुको प्रारम्भिक कमिटी गठन भइरहेको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष डिकेन्द्र दाहालले जानकारी दिए।

खनालकै क्षेत्रको माइजोगमाई गाउँपालिकामा जितबहादुर निरौलाको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ। निर्वाचन क्षेत्र १ कै माई नगरपालिकामा अनिल तामाङ, रोङ गाउँपालिकामा शम्भु दाहाल र सन्दकपुर गाउँपालिकामा खगेन्द्र निरौलाको अध्यक्षतामा पालिकास्तरीय कमिटी गठन गरिएको जिल्ला अध्यक्ष केसीले बताए। सबैजसो पालिकामा प्रायः ५१ सदस्यीय कमिटी नै गठन भइरहेको उनको भनाइ छ।

निर्वाचन क्षेत्र २ मा पर्ने इलाम नगरपालिकामा डम्बर गदालको अध्यक्षतामा पालिका कमिटी घोषणा भएपनि अन्य पदाधिकारी र सदस्यको पदपूर्ति हुन बाँकी रहेको पार्टीले जनाएको छ। देउमाई नगरमा केशरबहादुर राई र माङ्सेबुङ गाउँपालिकामा टीकाराम खुलालको अध्यक्षतामा पार्टीका पालिका कमिटी गठन गरिएका छन्।

फाकफोकथुम गाउँपालिकामा नन्दकुमार गुरुङको पहलमा पार्टी कार्यालय स्थापना गरिएपनि कमिटी गठन हुन बाँकी छ। चुलाचुलीमा पनि पार्टी गठन हुन बाँकी नै रहेको अध्यक्ष केसीले बताए।

पार्टीले जिल्ला र केही पालिकामा पार्टी कार्यालय स्थापना गरेको छ। केसीका अनुसार जिल्ला तहमा युवा, विद्यार्थी, शिक्षकका कमिटी गठन भएका छन्। सूर्याेदय र देउमाई नगरमा पिपुल्स भोलेन्टियरसमेत गठन भएको उनले बताए।

जिल्लाका ८१ वटै वडामा पार्टी कमिटी गठन गरिने उनको भनाइ छ। ‘पार्टी केन्द्रको तीन महिने कार्यक्रमको निर्देशनअनुसार संगठन विस्तार र सबै वडा तहसमेतमा कार्यालय स्थापनाको काममा छौं,’ अध्यक्ष केसीले भने, ‘एमालेबाट किन अर्काे पार्टी गठन गर्नुपर्यो भन्नेबारे पनि जनतालाई बुझाउँदैछौं।’
अर्को समाचार
एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिन्छ: झलनाथ खनाल
२३ फागुन २०८०
•
२ मिनेट पाठ
एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिन्छ: झलनाथ खनाल
नेकपा (एकीकृत समाजवादी) का  नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) सँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताएका छन्।




वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका उनले तत्कालका लागि एमालेसँग कार्यगत एकताका साथ अघि बढ्न सकिने सम्भावनाको आँकलन गरेका हुन्। नेता खनालले एमालेसँग एकता गरेर जान नहुने भन्ने नरहेको बताए। उनले नेताहरुमा रहेका आग्रह, पूर्वाग्रह र इगो अन्त्य गर्न सके एमालेसँगको एकीकरण गर्न कुनै गाह्रो नभएको बताए।  

एकता अंकमाल गरेर, रमाईलोसँग भेटघाट गरेर, लड्डु आदि इत्यादी खाएर नहुने सम्मानित नेता खनालको प्रतिक्रिया थियो। उनले वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा कुरा मिल्दै गएपछि एमालेसँग एकीकरण गरेर जान कुनै समस्या नहुने स्पष्ट पारे। सम्मानित नेता खनालले कार्यगत एकताको आधारमा कम्युनिष्टहरु बीच नै एकीकरणको प्रक्रिया शुरु हुने बताए।

उनले भने, ‘अब हामी खास अवस्थामा बिद्रोह गरेर अलग पार्टी बनायौं। यी सबै घटनाक्रमहरुको बारेमा र नेकपा आफैँ एउटा बडो शक्तिशाली पार्टी १० लाख भन्दा बढी पार्टी सदस्यहरु भएको पार्टी थियो। दुई तिहाई बहुमत संघीय संसदमा थियो। देशका ६ वटा प्रदेशहरुमा हामीसँग पर्याप्त बहुमत थियो। र तलपनि पालिकाहरुमा ७५३ वटा पालिकाहरुमा ४५४ पालिकामा हाम्रो बर्चश्व थियो। यत्रो ठूलो पार्टी जुन ढंगले विभाजित भयो। आज हामी जुन ठाउँमा आइपुगेका छौं, यी सबै सिंहालोकनका विषयहरु हुन्। र प्रत्येक पार्टीका नेताहरुले यो छाती छामेर बिल्कुल निष्पक्षताका साथ यी चिजहरुको सिंहावलोकन गर्न जरुरी छ। म त्यो सबैलाई आह्वान गर्छु। कमजोरी सबैका भएका छन्। ककसले कति मात्रामा कमजोरी गरे होलान् भन्ने भिन्नै कुरा हो। तर विगतका कुराहरुको मत भिन्नतामा अल्झेर बस्नु पनि हुन्न। हामीले आजको आवश्यकतामा एकतावद्ध हुँदै क्रमश: विगतका कुराहरुको पनि समिक्षा गर्दै हामी अगाडि बढ्न थाल्यौँ भने  बिस्तारै एकताका आधारहरु फैल्दै जान्छन्, बिस्तार हुँदै जान्छन्। र नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) को बीचमा एकता कहिल्यै हुनुहँुदैन भन्ने छैन। नेताहरुमा भए जुन आग्रह हुन, पूर्वाग्रह हुन। इगोहरु हुन्। यी चिजहरुलाई अन्त्य गर्नुपर्छ। इगो, आग्रह र पूर्वाग्रह भनेको माक्र्सवाद होइन। त्यो निम्न पूँजीवाद हो। निम्न पूँजीवादलाई निर्ममतापूर्वक उखेलेर फ्याँक्ने हो भने हामीसँग एउटा निष्पक्ष क्रान्तिकारी दृष्टिकोण, माक्र्सवादी दृष्टिकोण मात्र बाँकि रहन्छ। अनि त्यो दृष्टिकोणले एकले अर्काको कमजोरीलाई राम्रोसँग देख्न सक्छन्। त्यसले एकले अर्कोलाई रचनात्मक ढंगले आलोचना गर्नसक्छ। र त्यसलाई हटाउनका लागि आग्रह गर्नसक्छ। र हरेक पार्टीले पनि त्यसलाई हटाउन कुनै गाह्रो हुँदैन। अनि त्यस्तो अवस्थामा पुगेर विचारमा, नीतिमा, सिद्धान्तमा एकता भयो भने पार्टी फेरि एकीकरण हुनलाई के गाह्रो हुन्छ र। तर एकता भनेको अंकमाल गरेर चाहीँ हुँदैन। एकता भनेको रमाईलोसँग भेटघाट लड्डु आदि इत्यादी खाएर हुँदैन। एकता भनेको वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा एकता हुनुपर्छ।’
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस