काठमाडौं- राजधानीमा आयोजना हुने १८औं सार्क शिखर सम्मेलनमा सहभागी हुने विशिष्ट पाहुनाका लागि सुरक्षाकर्मीले पूर्वअभ्यास सुरु गरेका छन्। कडा सुरक्षाबीच सुरक्षाकर्मीहरु विशिष्ट पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोल्टी होटलसम्म पुर्याउनका लागि पूर्वअभ्यासमा जुटेका हुन्।
सोही क्रममा अहिले विमानस्थलदेखि सोल्टी होटलसम्म पर्ने तीनकुले, बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु, कालीमाटीलगायत क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ। त्यस वरिपरि मानिसको अाउजाउमा पनि रोक लगाइएको छ। प्रत्येक ५० मिटरमा सुरक्षाकर्मी तैनाथ छन्।
सम्मेलनका लागि बुधबार सार्क राष्ट्रका राष्ट्रप्रमुख र विशिष्ट पाहुनाहरु आउनेछन्।