संवाद समितिको प्रतिवेदन संविधानसभामा पठाउने सहमति
१६ मंसिर २०७१
•
१ मिनेट पाठ
संवाद समितिको प्रतिवेदन संविधानसभामा पठाउने सहमति
काठमाडौं- संवैधानिक- राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन संविधानसभामा पठाउने सहमति भएको छ। आज सिंहदरबारमा बसेको तीन दलको बैठकले प्रतिवेदन पठाउने सहमति गरेको हो।
संवाद समितिको म्याद थप भएको १ महिना भए पनि दलहरुबीच सहमति नहुँदा प्रतिवेदनबारे सहमति हुन सकेको थिए। सभापतिले स्वविवेक प्रयोग गरेर प्रतिवेदन संविधानसभामा पठाउने सहमति भएको एमाओवादी नेता नारायणकाजी श्रेष्ठले बताए। दलहरुबीच कांग्रेस एमालेको प्रस्ताव अनुसूचीमा राख्ने की प्रस्तावमा नै समेट्ने भन्ने विवाद रहँदै आएको थियो। समितिका सभापति बाबुराम भट्टराईलाई निष्पक्ष भएर प्रतिवेदन पठाउन आग्रह गर्ने सहमति भएको कांग्रेस नेता कृष्ण सिटौलाले बताए।
अर्को समाचार
माओवादीको फेरि अर्को सर्त : प्रक्रियामा सहमतिपछि मात्र प्रतिवेदन
१८ मंसिर २०७१
•
७ मिनेट पाठ
माओवादीको फेरि अर्को सर्त : प्रक्रियामा सहमतिपछि मात्र प्रतिवेदन
काठमाडौं- सर्तपछि सर्त अघि सार्दै संविधान निर्माण प्रक्रिया अवरुद्ध गरिरहेको संविधानसभामा विपक्षी दल एकीकृत माओवादीले फेरि अर्काे सर्त अघि सारेको छ। सभापतिको स्वविवेकमा संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन संविधानसभामा पठाउने दलीय सहमति अवरुद्ध गर्दै उसले 'प्रतिवेदन पठाइसकेपछि संविधानसभामा कसरी अघि बढाउने?' भन्ने पहिल्यै सहमति गर्नुपर्ने सर्त अघि सारेको हो।संवाद समिति सभापति बाबुराम भट्टराईलाई स्वविवेक प्रयोग गरेर समितिको प्रतिवेदन संविधानसभामा पाउने सहमति गरेको २४ घन्टा बित्न नपाउँदै संविधानसभा अध्यक्षसहित प्रमुख तीन दलको बैठकमा बिहीबार एमाओवादीले नयाँ सर्त ल्याएको हो।
प्रधानमन्त्री निवास, बालुवाटारमा बिहान नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादी शीर्ष नेता बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रतिवेदन बुझाएपछि कसरी अघि बढ्ने भन्ने सहमतिपछि मात्र संविधानसभामा बुझाउनुपर्ने प्रस्ताव गरे। बिनासहमति प्रतिवेदन बुझाउँदा थप जटिलता आउने दाबी गर्दै उनले प्रक्रियामा दलीय सहमति जुटाउनुपर्ने अडान दोहोर्यावएका थिए।
सभापति भट्टराईले पनि उक्त बैठकमा दाहालकै सर्तमा बल पुग्ने गरी 'मलाई अधिकार दिए पनि कसरी अघि बढ्ने भन्ने तपाईंहरुले बताइदिनुपर्योब' भनेका थिए।
समितिले बुझाएको प्रतिवेदन कसरी अघि बढाउने भन्ने दलीय सहमति कायम नभए पुनः प्रतिवेदन समितिमा नै पठाउनुपर्ने लिखित सहमतिको प्रस्ताव बैठकमा गरेका छन्। तर कांग्रेस, एमालेले माओवादी प्रस्ताव अस्वीकार गर्दै प्रतिवेदन बुझाउनु पहिले नै प्रक्रियामा सहमति गर्न नसकिने स्पष्ट पारेका छन्। 
'संविधानसभामा प्रतिवेदन कसरी अघि बढाउने भन्ने सहमति गर्नुपर्ने वा प्रतिवेदन पुनः समितिमा नै फिर्ता पठाउने सहमति गर्नुपर्ने कुरा आएको छ,' बैठकमा सहभागी एक नेताले भने, 'प्रतिवेदन र प्रक्रियामा दलीय सहमति नजुटेर नै सभापतिलाई अधिकार दिएका हौं।' 
'आज (बिहीबार) फेरि प्रतिवेदन बुझाएपछि के गर्ने, सहमति गर्नुपर्यो' भन्नु राजनीतिक बेइमानी हो,' कांग्रेसका ती नेताले थपे।
दलीय सहमतिमा नै आगामी बाटो तय गर्ने बताउँदै कांग्रेस एमाले शीर्ष नेताले प्रमुख दलबीचको सहमतिअनुसार समिति सभापति भट्टराईलाई प्रतिवेदन बुझाउन आग्रह गरेका छन्।
बैठकमा सहभागी संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमुख दलबीच सहमतिको प्रयास जारी रहेको बताउँदै भने, 'दलहरुबीच अझै आशंका विद्यमान रहेजस्तो देखिएको छ।' 
उता, स्वविवेक प्रयोग गरी प्रतिवेदन बुझाउने अधिकार पाएका समिति सभापति भट्टराईले प्रमुख तीन दलका शीर्ष नेतालाई प्रमुख तीन दल र मधेसवादी दललाई समेत मान्य हुने साझा धारणा ल्याउन आग्रह गरेका छन्। प्रमुख तीन दलको साझा धारणाकै आधारमा नै शुक्रबार संविधानभसामा प्रतिवेदन बुझाउने बताउँदै भट्टराईको सचिवालयले भनेको छ, 'उहाँहरु (प्रमुख तीन दल) को साझा सुझावअनुसार संविधानसभामा प्रतिवेदन पठाइनेछ, ता कि भोलिका दिनमा संविधानका अन्तर्वस्तुमा छिट्टै सहमतिमा पुग्न मद्दत पुगोस्।'
उता, प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणमा देखिएको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री कार्यालयमा बिहीबार सहकारी ऐनको मस्यौदा ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले भने, 'तपाईं (भट्टराई) ले जुन विश्वास पाउनुभएको छ, त्यसलाई सबैको विन–विन पोजिसन हुने गरी मिलाउनुपर्छ।'
दलीय सहमतिका लागि बिहीबार बिहान संविधानसभा अध्यक्ष, एमाले अध्यक्ष, माओवादी अध्यक्षका साथै राजनीतिक सहमति तथा संवाद समितिका सभापतिसँग छलफल भएको बताउँदै कोइरालाले भने, 'सभापति (बाबुराम भट्टराई) जीलाई प्रतिवेदन बुझाउने अधिकार दिएका छांै, त्यसपछि नयाँ ढंगाबाट संविधान निर्माण प्रक्रिया अघि बढ्छ।'
कांग्रेस, एमालेसहित दलले सहमति जुट्न बाँकी संविधानका अन्तर्वस्तुमा दलीय धारणा संवाद समितिमा पेस गरेपछि त्यसलाई कसरी प्रतिवेदनमा समेट्ने भन्ने प्रमुख दलबीच एक महिनादेखि विवाद जारी थियो। सत्तासाझेदार दल पूर्व अडानबाट पछि हट्दै बुधबार सभापतिलाई स्वविवेक प्रयोग गरेर तत्काल प्रतिवेदन बुझाउने अधिकार दिन सहमत भएका थिए। 
संविधानसभाले भट्टराई नेतृत्व समितिलाई अन्तर्वस्तुमा सहमति जुटाउन दिएको अन्तिम म्याद कात्तिक १५ गते नै सकिएछ। समितिले अझै प्रतिवेदन नबुझाउँदा संविधानसभा एक महिना देखि अनिर्णयको बन्दी बनेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस