इलाम एमाले अधिवेशनको तयारी तीव्र
११ पौष २०७८
•
२ मिनेट पाठ
इलाम एमाले अधिवेशनको तयारी तीव्र
इलामस्थित नेकपा (एमाले) जिल्ला कमिटीको १०औं अधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्बिर: भीम/नागरिक
नेपाल कम्युनिस्ट पार्टी एमालेको आउँदो २३ गते हुने १०औं जिल्ला अधिवेशनका लागि ४५ संगठित सदस्य बराबर एक प्रतिनिधि छानिने भएका छन्। एमालेले २२ महिला बराबर एक र ११ दलित सदस्य भएमा पनि एक प्रतिनिधिको संख्या निर्धारण गरेको छ।  




आउँदो १४ गते जिल्लाका ८१ वटै वडा र इलाकामा जिल्ला अधिवेशनका लागि प्रतिनिधि छानिने पार्टीले पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ। ‘जिल्ला कमिटीले भूगोलबाट छानिने प्रतिनिधिको संख्या तय गरेको छ,’ अधिवेशन प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष महेश बस्नेतले भने, ‘आयोजक कमिटी, इलाका, सल्लाहकार कमिटी, मनोनितलगायत सबैबाट करिब साढे ६ सय प्रतिनिधि जिल्ला अधिवेशनमा सहभागी हुनेछन्। तर, प्रतिनिधिको यकिन संख्या चाहिँ केही दिनपछि मात्र टुंगो लाग्छ।’

जिल्लामा एमालेका १३ हजार ३ सय २ संगठित सदस्य छन्। उनीहरूबाट छानिएर आएका प्रतिनिधिले जिल्ला अधिवेशनका लागि नेतृत्व चुन्न र विभिन्न पदमा उम्मेदवारी दिन पाउँछन्। जिल्लाका १० वटै पालिका र सबै वडा कमिटीलाई आउँदो १८ गतेभित्रमा सदस्यताको यकिन विवरण अद्यावधिक गरी उपलब्ध गराउन सर्कुलर गरिएको छ।

जिल्लामा सहमतिमै नयाँ कमिटी बन्ने सम्भावना रहेको पार्टीले जनाएको छ। ‘१०औं केन्द्रीय महाधिवेशन जसरी, शालीन, शिष्ट र शान्त वातावरणमा सम्पन्न भयो, जिल्लामा पनि त्यसरी नै अधिवेशन सम्पन्न हुने विश्वासमा छौं,’ उनले भने, ‘सहमतिमै जिल्ला कमिटी निर्माण गर्न केन्द्रकै निर्देशन छ। नभए मात्र स्वच्छ निर्वाचन प्रक्रियामा जानुपर्ने हुन्छ।’

आसन्न अधिवेशनका लागि विभिन्न उपसमिति गठन गरिएको छ भने सदस्यताको अन्तिम विवरण टुंगो लगाउन मातहतका कमिटी सक्रिय बनाइएको छ। पार्टीको राजीनीतिक र सांगठनिक प्रतिवेदन तयारीका लागि बेग्लाबेग्लै उपसमिति गठन गरिएको छ। अर्थ तथा स्रोत व्यवस्थान–परिचालन, आवास तथा खाद्य, प्रचारप्रसार, स्वयंसेवक, प्रतिनिधि नामदर्ता, स्वास्थ्य तथा आकस्मिक सेवालगायत बेग्लाबेग्लै समिति गठन गरिएको एमालेले जनाएको छ।

सदरमुकामस्थित सिटी हलमा हुने अधिवेशनबाट १ सय ५ सदस्यीय जिल्ला कमिटी बन्नेछ। त्यसपछि विभिन्न क्षेत्रबाट सदस्य मनोनित हुने भएकाले इलामको जिल्ला कमिटी १ सय २५ देखि एक सय ३० सदस्यीय हुने अध्यक्ष बस्नेतले बताए। कमिटीमा कम्तीमा ३५ महिला रहनेछन्। अध्यक्ष बस्नेतका अनुसार कमिटीमा रहने समावेशी समुदायका सदस्यको संख्या तय गर्न बाँकी नै छ। अधिवेशनमा नयाँ कमिटीका लागि मनोनयन शुल्क निर्धारण गर्न बाँकी छ। प्रत्येक प्रतिनिधिबाट पाँच सय रूपैयाँ लिएर प्रतिनिधिको नाम दर्ता गरिने प्रचारप्रसार समिति संयोजक प्रकाश अधिकारीले जानकारी दिए।

‘पार्टीका गाउँपालिका कमिटीलाई १५ हजार र नगरपालिका कमिटीलाई २५ हजार रूपैयाँ शुल्क तोकिएको छ,’ उनले भने, ‘अधिवेशन सम्पन्न गर्न १५ लाख रूपैयाँ खर्च हुने अनुमान छ।’
अर्को समाचार
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
२३ मिनेट अघि
•
१ मिनेट पाठ
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले पार्टीको आधिकारिक सभापति आफू नै रहेको दाबी गर्दै आगामी महाधिवेशनपछि नयाँ नेतृत्व आउने बताएका छन्।




आइतबार वीरेन्द्रनगरमा आयोजित देउवा पक्षीय कांग्रेसको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिकताबारे आफू विश्वस्त रहेको बताएका हुन्।

‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि अर्को नयाँ साथी सभापति बन्नुहुन्छ,’ देउवाले भने।

उनले नेपालको संविधान र नेपाली कांग्रेसको विधानअनुसार पार्टीको आधिकारिकता आफूले नै प्राप्त गर्ने विश्वास व्यक्त गरे। आधिकारिकतासम्बन्धी विवादमा न्यायालयप्रति आफ्नो पूर्ण विश्वास रहेको उनको भनाइ थियो।

‘न्यायालयप्रति मेरो पूर्ण विश्वास छ, हामीले नै पार्टीको आधिकारिकता पाउँछौँ,’ उनले भने।

देउवाले अब आफू पार्टी सभापति र प्रधानमन्त्री दुवै पदमा नआउने स्पष्ट पार्दै राजनीतिक जीवनको आगामी चरणमा अरूलाई अवसर दिने संकेत गरे। मुलुकबाट आफूले लिनुपर्ने केही बाँकी नरहेको उल्लेख गर्दै उनले जीवन रहुन्जेल देशका लागि सकेको योगदान गर्ने बताए।

‘अब म फेरि न त पार्टी सभापति हुन्छु, न त प्रधानमन्त्री नै। यो मुलुकबाट मैले लिनुपर्ने केही पनि छैन, बाँचुन्जेल सकेको दिने हो,’ देउवाले भने।
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
पर्यटनको राजधानी पोखरामा आगामी पुस दोस्रो साता रात्रिकालीन सडक दौड ‘पोखरा नाइट स्ट्रिट रेस–२०२६’ आयोजना हुने भएको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा नेपाल आर्मी दोस्रो चरण प्रवेश गर्दा एनआरएनए टोली भने लिग चरणबाटै बाहिरिएको छ ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
दशौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको उपाधि एपीएफ र नेपाल आर्मीले आइतबार हात पारेका छन् ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
विभागीय टोली नेपाल पुलिस क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिलातर्फ फाइनल प्रवेश गरेको छ।
Whatsapp
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
देउवा पक्षीय कांग्रेसको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिकताबारे आफू विश्वस्त रहेको बताएका हुन्।
Whatsapp
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ।
Whatsapp
यो पनि पढौँ
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
नेपाल सरकारले म्याद थपको औपचारिक अनुरोध एमसीसी बोर्डमा पठाउने तयारी गरेको छ। आगामी डिसेम्बरमा बस्ने बोर्ड बैठकले प्रस्तावलाई स्वीकृति दिएमा आयोजनाले थ...
Whatsapp
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ ।
Whatsapp
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
बंगलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले आफ्नो देशको वर्तमान तारेक रहमान सरकारको आलोचना गर्दै स्वतन्त्रता प्राप्त नभएको भए...
Whatsapp
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
पार्टी सभापति गगनकुमार थापाले ‘एनसी फर एनसी’ (राष्ट्रिय मामिलामा नेपाली कांग्रेस) अभियानमार्फत पार्टीलाई राजनीतिक गतिविधिसँगै सामाजिक सेवा...
Whatsapp
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Whatsapp
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
कर्पोरेट
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस