नेकपा (माओवादी केन्द्र) को ८औं राष्ट्रिय महाधिवेशनअन्तर्ग बन्दसत्र सुरु भएको छ। काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा सोमबार बिहानदेखि बन्दसत्र सुरु भएको हो।
बन्दसत्रका लागि ७ सदस्यीय अध्यक्षमण्डल गठन भएको छ। अध्यक्षमण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रूपा श्रेष्ठ महर्जन रहेका छन्।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लेखेको राजनीतिक प्रतिवेदन, विधानलगायत विभिन्न प्रतिवेदन पेस हुनेछन्।
बन्दसत्रमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ। महाधिवेशनको बन्दसत्रमा १७ सय प्रतिनिधि सहभागी हुने माओवादी केन्द्रले जनाएको छ।