काठमाडौं–सत्तारुढ दल कांग्रेस–एमालेले प्रक्रियामा गएरै भएपनि माघ ८ मा संविधान जारी गर्ने अडान लिइरहेपछि सहमतिबाट संविधान जारी गर्नुपर्ने पक्षमा रहेका एमाओवादीसहित ३० दलको बैठक आवश्यक रणनीति बनाउन सिंहदरवारमा बसिरहेको छ।
एमाओवादी संसदीय दलको कार्यलयमा बसेको बैठकमा संविधानसभामा प्रतिनिधित्व गर्ने १९ र संविधानसभा बाहिर रहेका ११ दलको सहभागीता रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। बैठकमा कांग्रेस–एमालेलगायतका सत्तापक्ष दलले पेलेरै जाने रणनीति अख्तियार गरेको निष्कर्ष निकाल्दै एमाओवादीसहित ३० दलले आवश्यक रणनीति तय गर्न बैठक बसेको हो। बैठकमा प्रक्रियाबाट संविधान जारी गरे आन्दोलनमा जानुपर्नेसहितको सुझाव बैठकमा नेताहरुले राखेका एक नेताले जनाए।
केही दिन अगाडि एमाओवादी नेतृत्वको संघीय गणतान्त्रिक गठबन्धनले आन्दोलनको कार्यक्रम तय गर्न नौ सदस्यीय कार्यदल गठन गरेको थियो। सो कार्यदलले आजको बैठकमा आन्दोलनका खाका पेश गरेको कार्यदलका सदस्य आरके खुम्बुले जनाए। एक सदस्यका अनुसार कार्यदलले जिल्ला, क्षेत्र, अञ्चलगर्दै नेपाल बन्दसम्मको कार्यक्रम तय गरेको छ। बन्दको मार्फत नै संविधान निर्माणको बाधक को हुन भनेर जनतामा जानुपर्ने कार्यदलले प्रस्ताव गरेको छ। आन्दोलनका कार्यक्रम आजै घोषणा गर्ने वा सहमतिकै पहल गर्ने भन्ने विषय बैठकले तय गर्ने एक नेताले जनाए।