काठमाडौं-काठमाडौंको माइतीघर र बानेश्वरमा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ। बन्दकर्ताले सिंहदरबार र बानेश्वरको निषेधित क्षेत्र तोडेपछि झडप भएको हो। झडपमा प्रहरीको लाठ्ठी चार्जबाट केही बन्दकर्ता घाइते भएका छन्।
बन्द गराउन एमाओवादी र मधेसी नेताहरु पनि सडकमा आएका छन्। माइतीघरमा एमाओवादी नेता शक्ति बस्नेतले कार्यकर्तालाई झडप नगर्न सम्झाइरहेका छन्।
त्यस्तै, बन्दको विरोधमा माइतीघरदेखि भद्रकाली हुँदै बसन्तपुरतर्फ जाँदै गरेका युवालाई बन्दकर्ताले आक्रमणको प्रयास गरेका छन्।