वन्यजन्तुमैत्री पूर्वाधार निर्माण कार्यविधि स्वीकृत हुँदैछ: वनमन्त्री यादव
२९ माघ २०७८
•
२ मिनेट पाठ
वन्यजन्तुमैत्री पूर्वाधार निर्माण कार्यविधि स्वीकृत हुँदैछ: वनमन्त्री यादव
वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न कार्यविधि तयार भई स्वीकृतिको चरणमा रहेको बताएका छन्।




आज कञ्चनपुरको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित शुक्लाफाँटा, जोगबुढा र लालझाँडी कम्प्लेक्समा बाघ गणनाको उद्घाटन समारोहमा मन्त्री यादवले बाघ पाइने संरक्षित क्षेत्र र जैविक मार्गमा बन्ने संरचना वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गरेर वन्यजन्तु संरक्षणलाई विशेष प्राथमिकतामा राख्न लागिएको जानकारी दिए।

उनले मुलुकमा बाघ पाइने निकुञ्ज तथा वनलाई तीनवटा कम्प्लेक्समा विभाजन गरेर गत मंसिर १९ गते चितवनबाट गणना थालिएको बताए। मुलुकको पर्यटन वन्यजन्तु पर्यटनमा केन्द्रित रहेको हुँदा आगामी दिनमा बाघको बासस्थानको गुणस्तरमा सुधार, निकुञ्ज बाहिर रहेका बाघको बासस्थान अतिक्रमणबाट जोगाउनेमा जोड दिइएको बताए।

“बाघ, गैँडा, हात्तीलगायतका महत्वपूर्ण वन्यजन्तुको विचरण तथा आनाबानीमा असर नपर्ने गरी पर्यटकीय गतिविधि सञ्चालन गर्ने र सरोकारवालबीच समन्वयलाई प्रभावकारी बनाइने बताए। सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने लक्ष्य यस सर्वेक्षणले  यकिन गर्ने बताए।

“मानव र बाघबीचको सदयौँदेखि अन्तरसम्बन्ध रहँदै आएको छ”, मन्त्री यादवले भने, “बाघको सांस्कृतिक महत्वसमेत छ।” प्रकृतिको बरदानका रूपमा रहेको बाघ मानवीय क्रियाकलापबाट लोप हुने अवस्थामा पुगेको उनको भनाइ थियो।

“बासस्थान मासिनु, आहारा प्रजातिको कमी र चोरी शिकारी बाघ संरक्षणका मुख्य चुनौती हुन्”, उनले भने, “बाघको बासस्थानमा भौतिक संरचना निर्माणकार्यले थप चुनौती थपिएको छ।” बाघ संरक्षण कार्ययोजना तयार गरी बाघ संरक्षण एकीकृत एवं व्यवस्थित गरिँदै लगेको मन्त्री यादवको भनाइ थियो।

पर्यापयर्टनसित प्रत्यक्षरूपमा जोडिएको बाघको संरक्षण गरी यसबाट पाउने लाभलाई धेरैभन्दा धेरै समुदायमा पुर्‍याउने गरी कार्यक्रम सञ्चालन गर्न मन्त्री यादवले निर्देशन दिए। आफू वन मन्त्रालयको कार्यभार सम्हालेपछि वन्यजन्तुको चोरी शिकारी नियन्त्रण, नदीजन्य पदार्थको दोहनमाथि नियमन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणलगायत वन्यजन्तुको बासस्थान संरक्षण तथा व्यवस्थापनका कार्यमा जोड दिएको बताए।

त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बाघ गणना २१ दिनसम्म सञ्चालन हुने बताए। उनले गणनामा ५२० वटा स्वचालित क्यामेरा जडान गरिनुका साथै ७० प्राविधिकसहितको कर्मचारी टोली परिचालित हुने बताए।

शुक्लाफाँटामा १९०, लालझाँडी–ब्रह्मदेव क्षेत्रमा २१४ र डडेल्धुराको जोगबुढा क्षेत्रमा ११६ वटा स्वचालित क्यामेरा जडान हुने प्रमुख संरक्षण अधिकृत मेहताले बताए। राष्ट्रिय बाघ गणनाअन्तर्गत यहाँ हुन लागेको गणना उद्घाटन समारोहमा मन्त्री यादवसँगै वन मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेललगायतका व्यक्तिको सहभागिता थियो। रासस
अर्को समाचार
तेस्रो मुख्यमन्त्री कप भलिबल : गण्डकी र एपिएफ खेल्दै
२० माघ २०८०
•
१ मिनेट पाठ
तेस्रो मुख्यमन्त्री कप भलिबल : गण्डकी र एपिएफ खेल्दै
कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच आज फाइनल खेल हुँदै छ।




शुक्रबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–२ सेटले पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको हो। यस्तै त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटले नै हराएर एपिएफ क्लबले फाइनलमा स्थान बनाएको हो। फाइनल खेल हुनुअघि आजै पुलिस क्लब र आर्मी क्लबबीच तेस्रो स्थानका लागि प्रतिस्प्रर्धा हुनेछ।

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना र कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापन तथा समन्वयमा यही माघ १४ गतेदेखि महेन्द्रनगरमा मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताका विजेताले चार लाख, उपविजेताले दुई लाख र तृतीयले एक लाख पुरस्कार प्राप्त गर्ने भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए। प्रतियोगितामा तीन विभागीय तथा सात प्रदेशका टोली सहभागी थिए। –रासस
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस