काठमाडौं-महाभूकम्पपछि काठमाडौं उपत्यकाका करिब १० प्रतिशत सरकारी भवनमा तत्कालै काम गर्न नहुने र बस्न नहुने प्रारम्भिक जाँचले देखाएको छ। सहरी विकास तथा भवन निर्माण विभागले भूकम्पपछि जाँच गरेको २ सय २० सरकारी भवनमध्ये २१ वटा भवनमा तत्काल बस्न र काम गर्न नमिल्ने भन्दै रातो चिह्न लगाइएको हो।विभागका उपमहानिर्देशक शिवहरि शर्माका अनुसार रातो चिह्न लगाइएका सरकारी कार्यालयका पनि सबै भवनमा नभई केही भाग र कोठामा मात्र जान र बस्न निषेध गर्दै चिह्न लगाइएको छ। रातो लगाइएका भवन तथा भाग धेरै बिग्रेको र सामान्य हलचलले पनि भत्कने सम्भावना भएकाले काम नगर्न र नबस्न भनिएको हो।
‘ठूलो भूकम्पपछि आइरहेका ससाना कम्पनले धेरै क्षति भएका भवन लड्न सक्ने तथा थप क्षति हुनसक्ने भएकाले त्यस्ता भवन तथा भत्केका भाग र कोठामा रातो चिह्न लगाइएको हो,' उनले भने, ‘अहिले हामीले कुनै मेसिनको प्रयोगबिना नै आँखाले हेरेर चिह्न लगाउने काम गरिरहेका छौं। पछि ती भवनको विस्तृत अध्ययन हुनेछ।'
शर्माले भूकम्पलगत्तै गरिएको ‘पोस्ट डिजास्टर र्यांपिड भिजुअल एसिस्मेन्ट' का क्रममा करिब १० प्रतिशतमा रातो २० प्रतिशतमा पहेँलो र ७० प्रतिशत सरकारी कार्यालयमा बस्न मिल्ने अवस्था देखिएकाले हरियो चिह्न लगाइएको बताए। पहेँलो चिह्न लगाइएको भवनमा केही समय बस्न र सामान झिक्न मिल्ने तर लामो समय सुत्न भने मिल्दैन।
उपमहानिर्देशक शर्माका अनुसार हाल रातो चिह्न लगाइएका भवनमा राष्ट्रपति कार्यालय शीतल निवासका केही भाग र प्रधानमन्त्री कार्यालयका केही भागसमेत छन्। शीतल निवासको उत्तरतिरको भाग, टिभी कोठामा रातो चिह्न लगाइएको छ। भवनको रुफटपमा समेत जान रोक लगाइएको छ। तर, अन्य भागमा भने हरियो चिह्न नै लगाइएको छ। यस्तै, प्रधानमन्त्री कार्यालयको केही भागमा रातो लगाइए पनि धेरै स्थानमा हरियो चिह्न छ।
सिंहदरबारभित्रकै रक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालयको भवनमा पनि रातो चिह्न लगाइएको छ। भूकम्पले सर्वोच्च अदालतको भवन र महान्यायाधिवक्ता कार्यालयको क्यान्टिनमा समेत धेरै क्षति गरेपछि रातो स्टिकर टाँसिएको विभागले जनाएको छ।
यस्तै, बबरमहलस्थित सडक विभागको भवनमा रातो चिह्न लगाइएपछि त्यहाँका कर्मचारी बाहिर पाल टाँगेर काम गरिरहेका छन्। थापाथलीस्थित नेपाल राष्ट्र बैंकका दुई भवन, बबरमहलको आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालय भवन, हरिहर भवनस्थित कृषि विभागका दुई भवन, निजामती किताबखाना र भक्तपुरको राष्ट्रिय कला संग्रहालयका दुई वटा भवनमा समेत रातो स्टिकर टाँसिएको छ।
भूकम्पका कारण उपत्यकाका अस्पतालका केही भवन र भागमा समेत क्षति पुगेको छ। विभागले प्रारम्भिक निरीक्षणका आधारमा पाँच वटा अस्पतालका केही भवनमा समेत रातो स्टिकर टाँसेको छ। रातो टाँसिएका अस्पतालमा थापाथलीस्थित प्रसूति गृहको मुख्य भवन, वीर अस्पतालको पुरानो भवन, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको स्टोर भवन, पाटन अस्पतालको निर्देशक कक्ष र केही भाग र भक्तपुर अस्पतालको पुरानो भवन छन्।
शर्माका अनुसार करिब डेढ सय भवनमा भने बस्न मिल्ने गरी हरियो स्टिकर टाँस गरिएको छ। त्यस्तै, ४० वटा भवनमा पहेँलो स्टिकर लगाइएको छ। संसद सचिवालय, संस्कृति तथा पर्यटन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य मन्त्रालय लगायतका एक सय ५० कार्यालयमा हरियो चिह्न लगाइएको हो।