वीरगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसका नेताहरुले मधेशका नाममा राजनीति गर्न समाजलाई विभाजित गरेका दल र उनीहरुका नेतासंग विगतका प्रतिबद्धता र नाराहरुका बारेमा सवाल गर्न अह्वान गरेका छन्।
नेपाली कांग्रेस वीरगन्ज महानगरपालिका १६ समितिका सभापति बाबुनन्द प्रसाद चौरसियाको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका जिल्ला सभापति प्रम्ख अतिथि जनार्दनसिंह क्षेत्रीले १८ वर्षदेखि ३० वर्षसम्म उमेर समूहका युवाहरुलाई एक सयभन्दा बढी युवाहरु प्रवेश गराउदै यस्तो सवाल गर्न अह्वान गरे।
‘मधेशको नारा दिएर युवाहरुलाई दुरुपयोग गर्ने, आन्दोलनमा मारिएपछि पचास लाख दिन्छु भनेर उक्साउने र जातीय नारा दिएर समाजलाई विभाजित बनाउने कथित मधेसी दलका नेताहरुसँग उनीहरुले गरेको प्रतिबद्धता बारेमा सवाल गर्नुस्,’ नेता क्षेत्रीले भने, ‘किन धोका गरेको सोध्नुस्, भ्रष्टाचारमा डुबेका उनीहरुको विगतका नाराका बारेमा सवाल गर्ने समय आइसकेको छ।’ उनले आसन्न निर्वाचनतिर इशारा गरे। कार्यक्रमा जिल्लाका नेताहरुले फूलमाला र टिका लगाएर युवाहरूलाई कांग्रेस पार्टीमा प्रवेश गराए।
नेता क्षेत्रीले विकास, रोजगारी, समृद्धी र राजनीतिक स्थिरता नेपाली कांग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको बताए। नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य अनिल रुँगटाले नेपाली कांग्रेस पार्टीले मात्र युवाहरुको वर्तमान र भविष्य सुरक्षित गर्ने पार्टी भएको दाबी गर्दै यसमा समाहित हुने युवाहरु कहिल्यै निराश हुनु पर्दैन भने।
नेपाली कांग्रेसका पर्सा उपसभापति रामनारायण कुर्मीले आगामी सबै तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउनमा सबैले भूमिका खेल्नुपर्ने बताए। कांग्रेसका जिल्ला सचिव इम्तियाज आलम, पार्स २ का क्षेत्रीय सभापति मोहमद शहाबुद्दीन, वीरगन्ज महानगरपालिकाका नगर सभापति मणिन्द्रलाल नेपाली, नेता विजय सर्राफ लगायतले मन्तब्य राखेका थिए।