राष्ट्रपति किन असन्तुष्ट?
०९ असार २०७२
•
५ मिनेट पाठ
राष्ट्रपति किन असन्तुष्ट?
काठमाडौं– गत सोमबार संविधान निर्माणका विषयमा छलफल गर्न संविधान सभा अध्यक्ष सुवषचन्द्र नेम्वाङ राष्ट्रपति डा. रामवरण यादव भेट्न शीतल निवास पुगे। सर्वोच्च अदालतले १६ बुँदे सहमति कार्यान्वयन नगर्न आदेश दिएको सन्दर्भमा छलफल गर्न उनी शीतल निवास पुगेका थिए। 

नेम्वाङ सर्वोच्चको आदेशपछि पनि संविधान निर्माणको काम नरोक्ने विषयमा राष्ट्रपतिलाई जानकारी दिए। संविधान सभा अध्यक्षको कुरामा राष्ट्रपति यादव प्रशन्न भएनन्। उनले नेम्वाङलाई सम्झाए, 'राज्यका तीनवटै अङ्गबीच सम्बन्ध सुमधुर हुनुपर्छ।' राष्ट्रपतिको अनपेक्षित जवाफ सुनेका संविधान सभा अध्यक्षले जवाफ दिए, 'अर्काको अधिकार क्षेत्र मिच्न पाइँदैन। यो सुझाब मलाई हैन सर्वोच्च अदालतलाई दिनुहोस्।'

राष्ट्रपति र संविधान सभा अध्यक्षबीचको यो भनाभन व्यक्तिगत जस्तो देखिए पनि राष्ट्रिय राजनीतिमा यसको बृहत् अर्थ देखिन्छ।

संविधान छिटो जारी गर्न प्रमुख चार राजनीतिक दलबीच २५ जेठमा भएको १६ बुँदे सहमतिलाई संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय संघसंस्थाले स्वागत गरे पनि सर्वोच्चले त्यसलाई कार्यान्वयन नगर्न आदेश दियो। सर्वोच्चको सो आदेशपछि कार्यपालिका, व्यवस्थापिकासँग न्यायपालिकाको सम्बन्धमा चिसिएको छ। शीतल निवास खुशी छैन।

राष्ट्रपति उचाल्दै मधेसी दल
दलहरुबीच भएको सहमति लत्तगै केही मधेसी दलले प्रमुख चारदलबीच भएको सहमतिको विरोध गरेका थिए। तमलोपा, संघीय समाजवादी फोरम नेपाल, सद्भावना, तमसपाले १६ बुँदे सहमतिको विरोधमा जेठ ३० मा राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएका थिए।

मधेसवादी दलले राष्ट्रपतिलाई चार दलले गैरसंवैधानिक काम गरेकाले संविधानको रक्षक भएका नाताले संविधानको रक्षा गर्न आग्रह गरेका थिए। सो भेटमा राष्ट्रपतिले आजका मितिसम्म संविधानको रक्षा गरेकाले आउँदा दिनमा पनि संविधानको रक्षा गर्ने जवाफ दिएका थिए।

पद खुस्किने प्रावधानले राष्ट्रपति असन्तुष्ट
स्रोतका अनुसार प्रमुख दलबीच भएको सहमतिप्रति राष्ट्रपति पनि सकारात्मक छैनन्। १६ मध्येको एउटा बुँदामा नयाँ संविधान जारी गरेलगत्तै राष्ट्रपतिको नयाँ निर्वाचन गर्ने प्रस्तावप्रति राष्ट्रपति यादब असन्तुष्ट भएका हुन्। 'नयाँ संविधान घोषणा पश्चात राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन रुपान्तरित संसदबाट हुनेछ', सहमतिको ९ नम्बर बुँदामा रहेको यो व्यवस्थाप्रति राष्ट्रपति खुशी छैनन्। सभामुख–राष्ट्रपतिबीचको भनाभनलाई यही पृष्ठभूमिमा बुझ्नुपर्ने एक एमाले नेता बताउँछन्।

पृष्ठभूमिमा स्थिति यस्तो रहे पनि औपचारिक रुपमा राष्ट्रपतिका सल्लाहकारहरु नयाँ संविधान जारी गर्न राष्ट्रपति यादव आतुर रहेको दाबी गर्छन्। 'गणतन्त्र नेपालका पहिलो राष्ट्रपतिलाई संविधान जारी गरेर विदा हुनु पाउनुजस्तो सौभाग्य अरु के हुनसक्छ,' राष्ट्रपतिका कानुनी सल्लाहकार ललित बस्नेत भन्छन्, 'संविधान जारी गर्नु राष्ट्रपतिज्यूको दायित्व र राष्ट्रिय आवश्यकता पनि हो ।' छिटो संविधान जारी गरेर विदा हुने मनस्थितिमा राष्ट्रपति रहेको उनले औंल्याए।

यादब राष्ट्रपति भएको आगामी साउनदेखि ८ वर्ष लाग्छ। उनी २०६५ साउन ८ गते राष्ट्रपति भएका थिए।
अर्को समाचार
निर्वाचन वातावरण नबनेकोमा राष्ट्रपति असन्तुष्ट
२२ पौष २०७३
•
६ मिनेट पाठ
निर्वाचन वातावरण नबनेकोमा राष्ट्रपति असन्तुष्ट
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले अझै पनि निर्वाचनको वातावरण नबनेकोमा प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग असन्तुष्टि जनाएकी छन्। नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई बिहीबार साँझ शीतल निवास बोलाएर राष्ट्रपति भण्डारीले निर्वाचनको वातावरण बनाउन आग्रह गरेकी हुन्।

'निर्वाचन कहिले गराउने हो, अझै चाँजोपाँजो मिलेको छैन,' राष्ट्रपतिलाई उद्धृत गर्दै भेटमा सहभागी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले भने, 'यो संसद्को आयु २०७४ माघ ७ सम्ममात्र छ। त्यसभित्र तीनै तहको चुनाव गराइसक्नुपर्छ।'

राष्ट्रिय सहमतिबिना निर्वाचनको वातावरण नबन्ने दोहोर्‍याउँदै राष्ट्रपतिले संवैधानिक व्यवस्था र त्यसपछि आउन सक्ने संकटप्रति दलका नेताको ध्यानाकर्षण गरिन्। 'राष्ट्रिय सहमति निर्माण गरेर चुनावको वातारण बनाउनुस्,' राष्ट्रपतिले भनिन्, 'संवैधानिक व्यवस्थाअनुसार चुनाव हुन नसके मुलुक संकटमा फस्छ।'

जबाफमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संविधानप्रति असन्तुष्ट राजनीतिक दललाई सम्बोधन नगरी निर्वाचन असम्भव रहेको बताए। उनले संशोधन प्रस्ताव संसद्मा टेबुल गराएपछि चुनावको वातावरण बन्ने आश्वासन राष्ट्रपतिलाई दिए। 'माघको पहिलो साताभित्र निर्वाचनसम्बन्धी कानुन निर्माण गर्न सके जेठको पहिलो साताभित्र स्थानीय निर्वाचन सम्भव छ,' भेटमा सहभागी एक नेताले दाहाललाई उद्धृत गरे, 'संशोधन प्रस्ताव टेबुल गरेर निर्वाचनको वातावरण बनाऊँ।'

निर्वाचन आयोगले चार महिनाको समय मागेको जनाउँदै प्रधानमन्त्री दाहालले सीमांकन समस्या समाधान भए प्रदेशसभाको पनि निर्वाचन गराउन सकिने बताए। निर्वाचनको वातावरण बनाउन संसद्को जारी अवरोध हटाउन प्रतिपक्षीसँग पुन आग्रह गर्दै प्रधानमन्त्रीले भने, 'त्यसो भए निर्वाचनको वातावरण बन्छ।'

कांग्रेस सभापति शेरबहादुर देउवा संविधान संशोधन प्रस्ताव संसद्मा टेबुल गराएर निर्वाचन मिति घोषणा गर्नुपर्ने प्रस्ताव गरेका छन्। संशोधन प्रस्ताव र निर्वाचन कानुन सँगै अघि बढाउनुपर्ने धारणा राख्दै देउवाले भने, 'चुनावमा त हामी जानुपर्छ, त्यसको अर्को विकल्प छैन।' संवैधानिक व्यवस्थाअनुसार तीनै तहको निर्वाचनपछि मात्र संविधान कार्यान्वयन सम्भव हुने उनको भनाइ थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव फिर्ताले मात्र सहमतिको वातावरण बन्ने दोहोर्‍याएका छन्। शुक्रबार हुने एमालेको विरोधसभापछि पुनः छलफलमा बस्न आफू तयार रहेको जनाउँदै ओलीले भने, 'निर्वाचनको विकल्प छैन तर संशोधन प्रस्ताव फिर्ता नलगी सहमति सम्भव छैन।'

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले कैलाली र कञ्चनपुरलाई पनि ५ नम्बर प्रदेशमा राखेर सीमांकन विवाद अन्त्यको नयाँ प्रस्ताव राख्दै भने, 'झापा, मोरङ, सुनसरीमा सप्तरी र उदयपुर जोडेर आठौं प्रदेश बनाउँ्क।'

प्रदेश सीमांकन विवाद समाधान भएमा निर्वाचन सम्भव रहेको दाबी गर्दै उनले भने, 'सीमांकन विवाद अन्त्य गरौं र तीनवटा चुनाव क्रमबद्ध गरौं।'

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई निकास दिन नयाँ शिराबाट सहमति गर्न प्रस्ताव गरे। कांग्रेस नेता रामचन्द्र पौडेलले संसद्को जारी अवरोध हटाएर संविधान संश्ाोधन प्रस्ताव टेबुल गर्नुपर्ने धारणा व्यक्त गरे।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संविधान संश्ाोधन प्रस्ताव टेबुल भएपछि निर्वाचनको वातावरण बन्ने बताए। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले मधेसको मात्र नभई थारु र अन्य समुदायका मुद्दा सम्बोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस