राष्ट्रिय सभाका नवनियुक्त सदस्य नारायण दाहालले देशको राष्ट्रियता, स्वाधिनता र राष्ट्रिय अखण्डताको लागि आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्ने बताएका छन्।
मंगलवार राष्ट्रिय सभाको सदस्यको रुपमा सपथ ग्रहण गरिसकेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ राष्ट्रिय सभा सदस्य दाहालले आफूले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र रहेर देशको राष्ट्रियता, स्वाधिनता र राष्ट्रिय अखण्डताका लागि भुमिका खेल्ने बताएका हुन्।
उनले नेपाली जनताको भावना र चाहानालाई सम्बोधन गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले बजेटको प्रक्रिया नजिकिन लागेको उल्लेख गर्दै बजेटलाई देशको समृद्धिको पक्षमा लगाउन लाग्ने पनि बताए।
राष्ट्रिय सभा सदस्य दाहालले अहिले पार्टीहरु र जनप्रतिनिधिहरुप्रति आम जनतामा वितृष्णा पैदा हुदै गएकाले आफ्नो व्यवहारबाट ति धारणाहरुलाई बदल्ने पनि बताए। उनले शान्ति प्रक्रियाका बाँकी रहेका कामहरुलाई निष्कर्षमा पुर्याउनुपर्ने महत्वपूर्ण काम रहेको पनि बताए।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफू एकैदिन पार्टीमा पूर्णकालिन भएर हिडेको बताए। आफू निरन्तर पार्टी काममा रहेको उल्लेख गर्दै उनले आफ्नो विरोध हुने गरेका कारण आफूले पार्टीबाट धेरै अवसरहरु गुमाउनु परेको बताए।