केही समय अगाडि जनता समाजवादी छोडेर नेपाल कम्युनिष्ट पार्टी एमाले पसेका विजय सरावगीको नाम आसन्न स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको नगरप्रमुखमा सो पार्टीबाट सिफारिस भएको छ।
नेकपा एमालेको वीरगन्ज महानगर कमिटीको पूर्ण बैठकले बुधबार महानगरपालिकाको नगरप्रमुखको उम्मेदवारमा सरावगीलाई सर्वसम्मतले सिफारिस गर्ने निर्णय गरेको महानगर कमिटी उपाध्यक्ष महेश दासले बताए। सरावगी वीरगन्जको बहावलावा नगरप्रमुख हुन। गत निर्वाचनमा उनी तत्कालीन संघीय समाजवादी फोरमबाट जितेका थिए।
मेयरमा निर्वाचित भएपछि पार्टीबाट असहयोग भएको गुनासोसहित पछिल्लो समयमा उनी एमाले पसेका थिए। असहयोग सुरु भएपछि आफुले सुरुमैं पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा बुझाउन गए पनि सहयोगको अश्वासनसहित पार्टीमा रोकिए पनि पछिसम्म पार्टीकै नेताबाट दुख दिने काम हुदै आएको उनले आरोप लगाउदै आएा छन्। पहिले नेपाली काँगेसमा प्रवेश गर्ने प्रयास गरेका सरावगीलाई काँग्रेसका नेताहरुले मेयरको टिकट ग्यारान्टी नर्ग नसकिने भनेपछि उनले एमालेको अफर स्विकार गरेका थिए।
त्यसपछि गत फागुन २८ मा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीको हातबाट टिका माला लगाई सरावगी एमाले प्रवेश गरेका थिए। एमाले अध्यक्ष ओली नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक तथा एमालेका स्थानीय नेता बसरुदीन अन्सनरीको घरमा वैवाहिक समारोहमा वीरगन्ज आएको बेला सरावगी एमाले प्रवेश गरेका थिए।
नगरप्रमुखमा टिकट पाउने तय गरेर सरावगीले पार्टी फेरेको चर्चा चलेको थियो। चर्चा गरिए अनुसार एमाले महानगर कमिटिले उनलाई नगरप्रमुखमा उम्मेदवारको रुपमा सर्वसम्मत सिफारिस गरेको हो। उपप्रमुख र वडाध्यक्षका उम्मेदवारको नाम बिहीबार टुंगो लगाउने गरी बैठकले महानगर कमिटीको पदाधिकारीलाई जिम्मा दिएको दासले बताए।