पर्सामा गठबन्धनको गाँठो फुक्यो, मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति
०३ वैशाख २०७९
•
३ मिनेट पाठ
पर्सामा गठबन्धनको गाँठो फुक्यो, मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति
आसन्न स्थानीयतह निर्वाचनमा अरु दलसंग पर्सामा चुनावी गठबन्धनको लागि केन्द्रीय स्तरको सहमति जिल्लामा कार्यान्वयन गर्न सकसमा फसेका नेपाली काँग्रेस पार्टी र जनता समाजवादी पार्टी (जसपा) नेपालले गाँठो फुकाएका छन्।  




जनता समाजवादी पार्टीले यसअघि वीरगन्ज महानगरपालिका जितेको भन्दै यहाँ मेयर पाउनु पर्ने दावी गरिरहेको थियो। यता नेपाली काँग्रेसमा वीरगन्ज महानगरपालकाको मेयरका लागि १० जना आकाँक्षी भएर मात्र सकसमा थिएन, यहाँका स्थापित नेताहरुको स्थान सुरक्षित नगरे आगामी संसदीय निर्वाचनमा समस्या पर्ने काँग्रेसी जनका लागि ठूलो चुनौती थियो।

यसैबीच चुनाव आउन २७ दिन मात्र बाँकी रहँदा नेपाली काँग्रेसका पर्सा सभापति जनार्दन सिंह क्षेत्री र जसपा नेपालका पर्सा अध्यक्ष रामनरेश यादवबीच आसन्न निर्वाचनमा मित्रवत् प्रतिस्पर्धामा जाने सहमतिमा हस्ताक्षर भएको छ।  

पाँच दलीय गठबन्धनमा रहेका दलहरुमध्ये यि दुई दल पर्सा जिल्लामा मुख्य रुपमा प्रतिस्पर्धामा रहेका छन्। बिश्लेषकहरुका अनुसार नेकपा समाजवादी र नेकपा माओवादी केन्द्रको अवस्था यहाँ तुलनात्मक रुपमा बलियो छैन। ‘जे जस्तो भए पनि हामीले नेकपा एस र माओवादीलाई पनि छलफलमा बोलाएका थियौं, उहाँहरु आउनु भएन। खासमा यहाँ प्रतिस्पर्धामा रहेका पार्टी काँग्रेस र जसपा भएकोले हामीबीच एउटा निश्कर्ष निस्किन जरुरी थियो, अब समय पनि छैन,’ काँग्रेस नेता क्षेत्रीले भने, ‘हामीले गठबन्धन नगरेर मित्रवत् प्रतिस्पर्धामा पर्साका १४ वटा पालिकामा चुनावमा जाने सहमति गरेका छौं।’

जसपाका पर्सा अध्यक्ष यादवले दुबै दलमा पालिकास्तरमा उम्मेदवार बन्न चाहने नेता/कार्यकर्ताहरुलाई फिर्ता गराएर अरु दलको लागि छोड्ने अवस्था नरहेकोले मित्रवत् प्रतिस्पर्धाको सहमति गर्नु परेको बताए। गठबन्धन बन्न नसकेर एक/एक दिन समय खस्किँदै गएको र यसबाट अरु पार्टीलाई पर्सामा फाइदा पुगी रहेकोले आफूहरुसंग यस्तो निर्णय बाहेक विकल्प नरेहको यादवले भने। आफूहरु गठबन्धनको झमेलामा अड्किँदा एमालेलाई फाइदा पुगीरहेको उनको इशारा थियो।

यसअघि चैत ३० मा नेपाली काँग्रेसले जिल्लाका प्रभावशाली नेताहरुको उपस्थितीमा जिल्ला कार्यसमितिको बृहत्तर बैठकले ‘आसन्न स्थानीयतह निर्वाचनमा अरु दलसंग पर्सामा चुनावी गठबन्धन नगर्ने’ निर्णय गरेको थियो। काँग्रेसको महानगर समिति र पर्सा क्षेत्र नम्बर १ र २ ले पनि गठबन्धन अस्वीकार गरेका थिए।

पर्सामा मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्ज, ३ वटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन्। वीरगन्जमा यसअघि चुनाव जितेका जसपाका मेयर विजय सरावगी नेकपा एमाले प्रवेश भएर उताबाट मेयरका उम्मेदवारमा औपचारिक स्तरबाट प्रस्तावित भइसकेका छन्। चर्चित नेता राजेशमान सिंह अहिले जसपाबाट मेयरको उम्मेदवार रहेको भन्दै उक्त पार्टीका नेता रहेका प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र प्रभावशाली नेता पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको सहमतिमा अगाडि सारिसकेको जनाएका छन्।

नेपाली काँग्रेसले वीरगन्जमा पार्टीका पूर्व पर्सा सभापति संविधान सभा सदस्य राजेन्द्रबहादुर अमात्यवा यसअघि मेयरमा चुनाव लडेर निकटतम प्रतिद्वन्द्वी भएका निवर्तमान पर्सा सभापति अजयकुमार द्विवेदीमध्ये एकजनालाई मेयरको पदमा चुनाव लडाउने करिब पक्का भएको पार्टी स्रोतले बताएको छ। शनिबार भएको निर्णयपछि वीरगन्जमा नेपाली काँग्रेस, जसपा र नेकपा एमालेबीच त्रिपक्षीय भिडन्त हुने करिब पक्का भएको छ।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
१५ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस