वीरगन्ज महानगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागि पत्रकार तथा लेखक गिरिश गिरीले उम्मेदवारीको घोषणा गरेपछि चुनावी महोलमा नयाँ मोड आएको छ। यसअघि नेपाल कम्युनिष्ट पार्टी एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच आसन्न स्थानीय तह निर्वाचनका लागि औपचारिक घोषणा भएर उक्त समूहबाट विजय सरावगीलाई उम्मेदवार बनाउने करिब पक्का भएको छ।
सत्तारुढ दलहरुको गठबन्धनमा वीरगन्ज महानगरपालिकाको मेयर जनता समाजवादी पार्टी, नेपालको भागमा परेपछि त्यसतर्फको उम्मेदवार जसपा नेता राजेशमान सिंहको नाम पनि पक्काजस्तै छ। यसैबीच शनिबार पत्रकार गिरीले समाजिक संजालमार्फत नै आफू वीरगन्जको मेयरमा उम्मेदवार बन्न लागेको घोषणा गरेर नयाँ तरंग सिर्जना गरेका हुन्।
‘जय जन्मभूमी। वीरगन्ज महानगरपालिकाको मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट आफ्नो उम्मेदवारी प्रस्तुत गर्दैछु, गिरीले हलो चिन्हसहित समाजिक संजालमा लेखेका छन्, ‘म लगायत मेरो टिमका पक्षमा गरिने प्रत्येक मतदानले नवीन वीरगन्जका पक्षमा आफूलाई पंक्तिबद्ध गर्ने विश्वास दिलाउँछु।’ सत्तारुढ दलहरुको गठबन्धनको अन्यौलता चलिरहँदा यहाँ काँग्रेस, जसपा र एमालेको त्रिपक्षीय लडाई हुने आँकल गरिएको थियो। केन्द्रमा गठबन्धन घोषणा भएपछि स्थानीय काँग्रेसी नेताहरुले त्यसलाई स्वीकार गर्न सकेका थिएनन्।
बागी उम्मेदवार उठाउने प्रस्तावमा शुक्रबार काँग्रेसी नेताहरुको बैठक नै चल्यो। तर, केन्द्रको निर्देशनलाई प्रतिबाद गर्ने निश्कर्षसम्म बैठक पुग्न नसकेपछि जसपाका नेता राजेशमान नै गठबनधनको साझा उम्मेदवार हुने संकेत देखा परेको छ।
यसैबीच गिरीको उम्मेदवारी घोषणा भएको छ। वीरगन्जमा मेयरको सानो कार्यकालमा राम्रो छाप छोडेर गएका दिवांगत गोपाल गिरीका छोरा हुन पत्रकार गिरी। त्यस कारणले बाबुको पदचिन्ह पछ्याउदै गिरीले पनि राम्रो गर्न सक्ने सम्भावना भएको एकखाले स्थानीयको प्रतिक्रिया छ। चुनावको मुखैमा आएर उम्मेदवारी दिँदा उनले अजेण्डा लिएर जनतामाझ पुग्न समय अपुग हुने स्थानीयको विश्लेषण पनि भेंटिएको छ। उनको उम्मेदवारी घोषणाले दुई पक्षको प्रतिस्पर्धालाई त्रिपक्षीय बनाउन सक्छ कि सक्दैन भनी धेरैको चाँसो छ।
वीरगन्जमा अघिल्लो तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित भएको अनि पार्टीबाट असहयोग भएको गुनासो गर्दै आएका सरावगी गत फागुन २८ मा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीको हातबाट टिका माला लगाई एमाले पसेका थिए। एमालेको साबिक अवस्था यहाँ कमजोर रहेकोले बलियो उम्मेदवारको खोजीमा काँग्रेस जाने सुरसार गरेका सरावगीलाई एमालेले आफूतिर तान्यो। वीरगन्ज महानगरपालिकामा अघिल्लो निर्वाचनमा एमालेका मेयर उम्मेदवार मोहमद बसरुदीन अन्सारी पाँचौं स्थानमा रहेका थिए। सो पार्टीले भारी उम्मेदवारको खोजीमा निर्वाचित मेयर बिजयकुमार सरावगीलाई नै पार्टी प्रवेश गराएपछि र महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालसंग यहाँ तालमेल गरेपछि पाँचौं स्थानको छविबाट उक्लिएर प्रतिस्पर्धी पार्टी बनेको छ।
वीरगन्जमा माहेर राजनीतिक खेलाडि यहाँ ३ पटक मेयर भइसकेका र अहिलेका पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य रहेका बिमल श्रीवास्तव लगायतका नेताहरुको साँथले सरावगीलाई बलियो उम्मेदवार बनाएको छ। गठबन्धनलाई नेपाली काँग्रेसका स्थानीय नेता कार्याकर्ताहरुले जसपाको राजेशमानलाई सहजै स्वीकार गरिरहेका छैनन्।
काँग्रेसहित गठबन्धनका सथानीय प्रभावशाली नेताहरुले असन्तुष्ट नेता कार्यकर्तालाई थामथुम पार्न सक्रिय भएका छन्। उनीहरु सफल भएको खण्डमा अघिल्लो निर्वाचनमा पहिलो पार्टी भएको जसपा, दोस्रो भएको काँग्रेस र तेस्रो बढी मत ल्याएका राजेशमान सिंह एक ठाउँमा हुँदा गठबन्धन यहाँ भारी पर्ने धेरैको बुझाई छ। तर जसपाबाट जितेका मेयर एमालेमा, नेता सिंहको पुरानो पार्टी त्यतैतिर भएपछि स्थानीय काँग्रेसजनले गठबन्धलाई कति सघाउछन भन्ने कुरा अधिक महत्वपूर्ण भएको दुबैतिरका नेताहरुको बुझाई छ। यसैबीच गिरीको उम्मेदवारी परेपछि उनले कतातिरको भोट आफूतिर तान्ने हुन भन्ने अटकल पनि चल्न थालेको छ।