कपिलवस्तुको ३ पालिकामा मतगणना जारी
३१ वैशाख २०७९
•
१ मिनेट पाठ
कपिलवस्तुको ३ पालिकामा मतगणना जारी
कपिलवस्तुको ३ पालिकामा मतगणना जारी छ। कपिलवस्तु, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा मतगणना जारी छ। कपिलवस्तु नगरपालिकामा जनता समाजवादी  शिवराज नगरपालिकामा राप्रपा र विजयनगर गाउँपालिकामा भने एमालेको अग्रता रहेको छ।




कपिलवस्तु नगरपालिकामा ६ सय १७ मत गन्दा जनता समाजवादी पार्टीका सुदीप पौडलेले अग्रता कायम राखेका छन्। सुदीप पौडलले ३ सय २८ मत पाएर अग्रता लिइरहेका छन्।

यस्तै एमालेका राजेश गुप्ताले १ सय ३१ र कांग्रेसका किरण सिंहले ० मत पाएका छन्। उपमेयरमा जनता समाजवादी पार्टीकी सुनिता गुप्ताले १ सय ९२, एमालेका तुलसा गैरे पाण्डेयले १ सय ४ र कांग्रेसकी नसरिन खातुनले १ सय ३४ मत पाएका छन्। उता शिवराज नगरपालिकामा ११ सय १ मतगण्ना हुँदा राप्रपाका अजय थापाले ४ सय ४० एमालेका महादेव पोख्रेल ३ सय ७२ मत पाएका र कांग्रेसका हुमकान्त खनालले ५२ मत पाएका छन्।

उपप्रमुख पदमा एमाले (सूर्य) मा ४ सय ३२ कांग्रेस (रुख) मा ५६ राप्रपा (हलो) मा २ सय ९ गठबन्धन (हँसिया-हथौडा) मा १ सय ७ जसपा (छाता) मा  ८१ मत पाएका छन्। कपिलवस्तु विजयनगर गाउँपालिकामा ८२० मतगणना हुँदा  गाउँपालिका अध्यक्ष पदमा सूर्यमा ३ सय ५२ कांग्रेस (रुख) मा १ सय ६ जसपा (छाता) मा  २ सय १ मत आएको छ।

कपिलवस्तुको १० मध्ये ९ पालिकामा शुक्रबार मतदान सम्पन्न  भएको छ। अन्य ६ पालिकामा समेत मतगणना अब केहीबेरमा गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताए।
अर्को समाचार
इलाम उपनिर्वाचन : माङ्सेबुङ– ५ मा स्वतन्त्रले एक हजार ३२ मत पाउँदा ठूला दलको ६९ कटेन
१७ वैशाख २०८१
•
१ मिनेट पाठ
इलाम उपनिर्वाचन : माङ्सेबुङ– ५ मा स्वतन्त्रले एक हजार ३२ मत पाउँदा ठूला दलको ६९ कटेन
प्रतिनिधिसभा सदस्यका लागि इलाम– २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ। हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।




पछिल्लो नतिजाअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार सुहाङ नेम्बाङले अग्रता बढ्दो क्रममा छ। सत्ताइस हजार ६ सय १५ मतगणना गर्दा सुहाङ तीन हजार सात सय ५४ मतान्तरले अगाडि छन्।

नेम्बाङले ११ हजार ७८ मत प्राप्त गर्दा कांग्रेसका डम्बरबहादुर खड्काले सात हजार तीन सय २४ मत मात्र प्राप्त गरेका छन्।

त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्ब’ थेगिमले ६ हजार नौ सय एक मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू एक हजार पाँच सय १२ मत पाएका छन्।

माङ्सेबुङ गाउँपालिका– ५ को भने अप्रत्याशित मतपरिणाम आएको छ। पहिचानवादी स्वतन्त्र उम्मेदवारले एक हजार ३२ मत ल्याउँदा ठूला दल एमाले र कांग्रेसले ६९ मत कटाएनन्।

सो वडामा एमालेका नेम्बाङले ६९ र कांग्रेसका खड्काले ४९ मत मात्र प्राप्त गरे। रास्वपाका लिम्ब’ले तीन मत पाए। सो वडामा किराँत धर्मगुरु आत्मानन्द लिङ्देन बसोबास गर्दै आएका छन्। अहिले माई नगरपालिका– ६ र ७ मा मतगणना भइरहेको छ।  

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। इलाम– २ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो। –रासस
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस