काठमाडौं- नेपालको संविधानको परिमार्जित विधेयकमाथि साता तीन दलका नेताले संशोधन प्रस्ताव दर्ता गराएका छन्। संविधानसभा सचिवालयको विधेयक शाखामा उनीहरुले संशोधन प्रस्ताव दर्ता गराएका हुन्। प्रमुख दलका नेता भने संशोधन गर्नैपर्ने विषयमा सामूहिक प्रस्ताव लैजाने तयारीमा छन्।
राप्रपा संसदीय दलका नेता दीपक बोहोरा, समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह, जनमुक्ति पार्टी नेपालका शिवलाल थापा र सीमा विश्वकर्माले संशोधन प्रस्ताव दर्ता गराएका हुन्। जनमुक्तिका सभासदद्वयले राष्ट्रिय झन्डा र राष्ट्रिय जनावर परिवर्तन गर्नुपर्ने प्रस्ताव दर्ता गराएका छन्।
बोहोराले धर्म निरपेक्षता हटाई सनातन सर्वधर्मसापेक्ष राष्ट्र राख्नुपर्ने प्रस्ताव गरेका छन्। त्यसैगरी प्रदेश सीमांकनमा प्रदेश नम्बर ५ का पहाडी भेगका जिल्ला अर्को प्रदेशमा समावेश गरी नवलपरासीदेखि बर्दियासम्मका जिल्ला रहेको प्रदेश बनाउनुपर्ने उनको प्रस्ताव छ।
प्रमुख दल कांग्रेस, एमाले र एमाओवादीले आफ्ना सभासदलाई अस्वीकृत हुने किसिमले छुट्टाछुट्टै संशोधन प्रस्ताव दर्ता नगराउन निर्देशन दिएका छन्। सामूहिक रूपमा छलफल गरेर आवश्यक विषय संशोधन गर्न सकिने एमाओवादीका नेता बाबुराम भट्टराईले जानकारी दिए। 'संशोधनका विषयमा हामी छलफलकै क्रममा छौं,' उनले भने, 'सकेसम्म चार दल मिलेर संशोधन प्रस्ताव दर्ता गराउनुपर्छ भन्नेमा छौं।'