नेम्वाङलाई प्रश्न– अब के हुन्छ?
२१ भदौ २०७२
•
१२ मिनेट पाठ
नेम्वाङलाई प्रश्न– अब के हुन्छ?
काठमाडौं- संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार बिहान सोधे, 'अबको प्रक्रिया के हुन्छ? संविधान निर्माण प्रक्रिया सक्न कति दिन लाग्छ?' आफ्नै निवास आइपुगेका दाहाललाई नेम्वाङले संविधानसभा नियमावलीअनुसार प्रक्रियाबारे बेलिविस्तार लगाए। 'नियमावलीअनुसार अघि बढ्दा हामीले भदौ मसान्तभित्र संविधान जारी गरिसक्छौं,' उनले भने।

त्यसपछि दाहालले सभाध्यक्ष नेम्वाङलाई भने, 'अब संविधान निर्माण प्रक्रिया रोक्नु हुन्न।'

नेम्वाङलाई अपराह्न एमाओवादी नेता एवं संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईले पनि टेलिफोन गरेर सोधे, 'संविधानसभामा अब भोलि (मंगलबार) देखिको प्रक्रिया के हुन्छ?'

नेम्वाङले जवाफ दिए, 'भोलि संविधानको परिमार्जित विधेयकमाथि संशोधन दर्ता गराएका सभासदलाई क्रमैसँग आफ्नो प्रस्ताव अघि सार्दै धारणा राख्न समय दिइन्छ। त्यसपछि बुधबार संसदीय दलका नेताहरूलाई संविधानको परिमार्जित विधेयक र संशोधनबाहेकका केही विषयमा फरक मत राख्नुपर्ने अवस्था भए बोल्न समय दिइन्छ। त्यसपछि बोल्नका लागि नाम टिपाएका सभासदलाई समय दिइन्छ। अनि संविधान पारितको प्रक्रिया सुरु हुन्छ।'

नेम्वाङलाई कांग्रेस र एमालेका प्रभावशाली र शीर्ष नेताहरूले नै यसै गरी 'अब संविधान निर्माणको प्रक्रिया के हुन्छ? भनी भेटेर वा टेलिफोनमा सोधिरहेका छन्।

नेम्वाङले सोमबार अपराह्न नै आफ्नो कार्यकक्ष सिंहदरबारमा कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल लगायतका दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए।

'अब कसरी छलफल अघि बढ्छ? संविधान पारित प्रक्रिया कस्तो हुन्छ? संविधान निर्माणको प्रक्रिया अब के हुन्छ? अहिले धेरैजसोको जिज्ञासा यस्तै छ,' ' नेम्वाङले पत्रकारहरूसँग भने।

धेरैजसोले १६ बुँदे सहमति कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको माग सम्बोधन गर्ने कुनै बाटो छ कि? भनेर लगातार नेम्वाङसँग जिज्ञासा राखिरहेका छन्।

नेम्वाङको जवाफ छ, 'अझै पनि एउटा अवसर छ। ५६ जना सभासदले राखेका संशोधन प्रस्ताव तपाईंहरूले ध्यान दिएर हेर्नुस्, कुनै न कुनैमा गच्छदारजीले अघि सारेका धारणा समावेश गर्न सकिने गरी संशोधन प्रस्ताव दर्ता भएको हुन सक्छ। त्यो प्रस्तावलाई तपाईंहरूले सहमति गरेर पारित गर्न सक्नुहुनेछ।'

'त्यो प्रक्रियामा सहमत नभए के हुन्छ?' नेम्वाङलाई ती दलका शीर्ष नेताको एउटै प्रश्न छ। नेम्वाङले उनीहरूलाई सोझो जवाफ दिन्छन्, 'अहिलेदेखि नै वार्ता र छलफललाई तीव्रता दिनुस्। संविधान जारी भएको भोलिपल्टै संशोधन गरेर माग सम्बोधन गर्न सकिन्छ।'

नेम्वाङले सोमबार अपराह्न आफ्नै कार्यकक्ष सिंहदरबारमा पनि पत्रकारहरूको जिज्ञासा मेटाउँदै भने, 'संविधानको परिमार्जित विधेयक संशोधनको समयावधि पनि समाप्त भएर हामी संविधान निर्माण प्रक्रिया टुंगो लगाउने अवस्थामा आइपुगेका छौं। भोलि (मंगलबार) देखि नै हामी त्यो प्रक्रियालाई अघि बढाउँछौं। यसबेला अझै पनि हामीसँग एउटा अवसर छ। सभासदहरूका संशोधन प्रस्ताव हेरौं केही सम्बोधन गर्न सकिने भए गरौं। अहिले सम्बोधन गर्न नसकिने खालका रहेनछन् भने रूपान्तरित संसदबाट सम्बोधन गर्ने गरी अहिलेदेखि नै वार्ता र छलफल थालौं।'

नेम्वाङले यी दुईबाहेक कुनै संवैधानिक बाटो देखेका छैनन्। 'संविधान निर्माणको हामी अन्तिम चरणमा छौं,' नेम्वाङले भने, 'संविधानसभाले आफ्नो तयारी पनि तीव्र गरिरहेको छ। मैले पनि निरन्तर तयारी जारी राखेको छु। सदनमा मंगलबारै दफाबार छलफल सुरु हुन्छ। छलफल टुंगिएपछि मतदान प्रक्रियामा जान्छौं। भदौ मसान्तभित्रै संविधान दिने गरी मैले तयारी गरिरहेको छु।'

प्रमुख सचेतकहरूसँगको छलफलमा एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले संविधानसभा सार्वभौम भएकाले कुनै न कुनै बीचको बाटो निकालेर पनि फोरम लोकतान्त्रिकको माग सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए।

प्रमुख दलहरू भने अन्तिम समयमा अब कसरी असन्तुष्टिलाई सम्बोधन गर्न सकिन्छ भन्नेमै केन्द्रित रहेका छन्। 'अहिलेका सम्पूर्ण छलफल अन्तिम विन्दुमा असन्तुष्टिलाई कसरी सम्बोधन गर्न र स्थिति सहज गर्न सकिन्छ भन्नेमा केन्द्रित छन्,' नेम्वाङले भने, 'मैले पनि त्यसैमा ध्यान दिएको छु।'

दफावार छलफल आजबाट

संविधानको परिमार्जित विधेयकमाथि मंगलबारदेखि संविधानसभामा छलफल हुँदैछ।

केही राजनीतिक दलका नेताले छलफल प्रक्रिया रोकेर असन्तुष्टिलाई सम्बोधन गर्न सुझाव दिए पनि प्रक्रिया नरोकिने भएको छ। 'प्रक्रिया रोक्नै पर्दैन,' संविधानसभा सचिवालय स्रोतले भन्यो, 'संशोधनकर्ताले आफ्नो प्रस्ताव पेस गर्न थप अध्ययन आवश्यक पर्दैन। त्यसका लागि एकदिन लागिहाल्छ। भोलिपल्ट दलका नेताहरूले धारणा राख्ने क्रमसम्म पनि केही बाटो भए सहमति कायम गर्न सकिन्छ। दुई दिनको समय अझै पनि त्यसबाट निकाल्न सकिन्छ। संविधान निर्माण प्रक्रिया पनि नरोकिने, सहमतिको लागि गृहकार्य पनि जारी राख्न सकिने।'

संशोधन प्रस्तावहरूलाई एकीकृत गर्ने काम सोमबार राति अबेरसम्म पनि जारी थियो। एकीकृत संशोधन प्रस्ताव बिहान ११ बजे बस्ने संविधानसभा बैठकमा पेस गरिनेछ।

संविधानसभा बैठकमा मंगलबारदेखि नै संशोधनकर्तालाई संशोधन प्रस्तावसहित संविधानको परिमार्जित विधेयकमाथिको छलफलमा भाग लिन समय दिइनेछ।

५६ वटा संशोधन प्रस्ताव संविधानसभा सचिवालयमा दर्ता भएका छन्। तीमध्ये फिर्ता भएका ४ बाहेक अन्य संशोधनकर्ताले पालैपालो आफ्नो संशोधन प्रस्ताव संविधानसभाको पूर्ण बैठकमा पेस गर्नेछन्। सो क्रममा उनीहरूले विधेयकको दफामा रहेर छलफलमा भाग लिन सक्नेछन्।

संशोधनकर्ता सबैले प्रस्ताव पेस गरिसकेपछि संसदीय दलका नेताहरूलाई संविधानको विधेयकमा धारणा राख्न समय दिइनेछ। छलफल सकिएपछि संशोधन प्रस्तावहरू क्रमैसँग निर्णयार्थ पेस गरिनेछन्। संशोधनकर्ताले आफ्नो प्रस्तावमा दुई तिहाइ मत प्राप्त गर्न सके संविधानको विधेयकमा रहेको व्यवस्थालाई प्रतिस्थापित गर्नेछ। नभए प्रस्ताव अस्वीकृत हुनेछ।

प्रत्येक संशोधन प्रस्ताव र संविधानका धारा ध्वनि मतले पनि पारित गर्न सक्नेछ। अन्तरिम संविधानको धारा ७० ले संविधानका धारा संविधानसभामा कायम सदस्य संख्याको दुई तिहाइले पारित गर्न सक्ने गरी घुमाउरो व्यवस्था गरेकाले पारित गर्न कुनै समस्या नपर्ने स्रोत बताउँछ।

सबै प्रस्ताव निर्णयार्थ पेस गरेपछि संविधानका धारा निर्णयार्थ पेस गरिनेछ। संशोधन प्रस्ताव नपरेका धारा एकमुष्ट निर्णयार्थ पेस गर्ने कि छुट्टाछुट्टै भन्नेमा संविधानसभा सचिवालय निर्णयमा पुगेको छैन। नियमावलीअनुसार एकमुष्ट निर्णयार्थ पेस गर्न सकिनेछ। त्यसपछि सिंगो संविधान पारित प्रक्रियामा जानेछ।

चार जनाद्वारा प्रस्ताव फिर्ता

नेकपा एमालेका तीन र नेपाली कांग्रेसका एक सभासदले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका छन्। एकीकृत संशोधन प्रस्तावहरू सभाध्यक्ष नेम्वाङले स्वीकृत नगर्दै विधेयक शाखामा पुगेर उनीहरूले संशोधन प्रस्ताव फिर्ता लिएका हुन्।

कांग्रेसका शंकर भण्डारीले संशोधन प्रस्ताव फिर्ता लिएको संविधानसभा सचिवालयले जानकारी दियो। पार्टीको निर्देशनपछि एमालेका दलित र जनजाति सभासदले संविधानको मस्यौदामाथि दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिएका हुन्।

एमालेका तीन सभासद दलबहादुर सुनार, जितु गौतम दर्जीले दलित अधिकार र जनजाति महासंघका महासचिवसमेत रहेका सभासद पेम्बा भोटेले जनजातिको विषयमा संशोधन प्रस्ताव दर्ता राएका थिए।

'तत्काल संविधान जारी गरेर देशको संक्रमणकालीन अवस्था अन्त्य गर्न आवश्यक छ,' सभासद दर्जीले भने, 'पार्टी नेतृत्वसँग छलफल भएपछि संशोधन प्रस्ताव फिर्ता लिएका हौं। हामीले उठाएका मागलाई संविधान संशोधनमार्फत सम्बोधन गर्ने नेतृत्वले आश्वासन दिएको छ।'

भोटेले जनजाति महासंघका अध्यक्षसमेत रहेका कांग्रेस सभासद नगेन्द्र कुमालसँग संशोधन प्रस्ताव दर्ता गरेका थिए। कुमालले पनि फिर्ता लिने बताइएको भए पनि सोमबार अबेरसम्म फिर्ता लिएका थिएनन्।
अर्को समाचार
खनाल र नेम्वाङलाई प्रश्न : तपाईहरूले इलामलाई के दिनुभयो?
०४ जेष्ठ २०७८
•
४ मिनेट पाठ
खनाल र नेम्वाङलाई  प्रश्न : तपाईहरूले इलामलाई के दिनुभयो?
महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहर केही सातायता इलाममा पनि जोखिमपूर्ण बन्दैछ। दिनहुँ जिल्लामा कोरोनाका नयाँ बिरामी थपिने क्रम तीव्र छ भने युवाको समेत निधन भइरहेको छ।

यही गतिले संक्रमितको संख्या थपिँदै जाने हो भने केही सातापछि जिल्लाले धान्नै नसक्ने अवस्था आउनेमा स्वास्थ्यसँग सरोकारवालासमेत जानकार छन्।

यति हुँदा पनि जिल्लाकै केन्द्र इलाम अस्पतालमा न पर्याप्त जनशक्ति छ, न उपकरण नै। भएको महत्वपूर्ण उपकरणसमेत जनशक्ति अभावले थन्किएको खबरले जिल्लाबासी आक्रोशितसमेत बनिरहेका हुन्।  

कोभिडकै कारण केही समयपछि आउनसक्ने ‘भयावह’ अवस्थाको आँकलनले जिल्लाबासीलाई चिन्तित बनाइरहेको छ। त्यतिमात्र होइन, जिल्लाबासीले तीनै तहका सरकारले विकास बजेटलाई समेत अब कोरोना नियन्त्रणमै खर्च नगरे थेगिनसक्नुको जोखिम बढ्नेमा सचेत गराइरहेका छन्। उनीहरूले बरु, भौतिक विकास रोकेर भएपनि कोरोना नियन्त्रणमा केन्द्रित हुन सरकारलाई आग्रह गरिरहेका छन्।  

सदरमुकामका युवक निरोज खड्गीले जिल्लाबाट निर्वाचित भई प्रधानमन्त्री, मन्त्री, पटक–पटक सभामुख र सांसद भइसकेका जनप्रतिनिधिले बढ्दो स्वास्थ्य जोखिम कम गर्नका लागि केही नगरेको गुनासो गरे। उनले मात्र नभएर अहिले धेरै इलामबासीले प्रधानमन्त्री भइसकेका झलनाथ खनाल र पूर्व सभासद् सुवासचन्द्र नेम्वाङप्रति गुनासो गरेका छन्।  

पटक–पटक निर्वाचित भएर सरकारको महत्वपूर्ण स्थानमा रहिसकेका खनाल, नेम्बाङ र जिल्लाबाटै निर्वाचित भएर मन्त्री बनेका कुलबहादुर गुरुङलाई जिल्लाकै स्वास्थ्यसेवाको केन्द्रबिन्दु मानिएको इलाम अस्पताललाई समेत आधारभूत हिसाबले सुविधा सम्पन्न बनाउन नसकेको आरोप छ।  

खनाल, नेम्वाङ र कांग्रेस नेता गुरुङले इलामेलाई मतदातामात्र सम्झिएको आरोप लगाए । उनले सामाजिक सञ्जालमा लेखे: ‘तपाइँहरूलाई इलामेले पटक–पटक जिताएर उच्च ओहोदामा पुर्याए तर तपाइँहरूले इलामलाई के दिनुभयो? यो महामारीको बेला इलाम अस्पतालमा भएको भेन्टिलेटरसमेत सञ्चालन हुनसक्ने बनाउन तपाइँहरूको कुनै दायित्व रहँदैन ? इलामबासीले जिल्लामै उपचार नपाएर कहिलेसम्म बाहिरी जिल्ला पुगेर मर्नुपर्ने हो ?’ उनले बरु इलामका लागि केही गर्न सक्दैनौं भनेर आत्मसमर्पण गर्नसमेत जिल्लाबाट निर्वाचित जनप्रतिनिधिलाई सचेत गराएका छन् ।  

५० शड्ढया क्षमताको इलाम अस्पतालमा संघीय सरकारले दिएको भेन्टिलेटर छ । सँगै इन्सेन्टिभ केयर युनिट (आइसियु) पनि छ । तर, स्थापना गरेदेखि (करिब ३ महिनायता) जनशक्ति अभावमा भेन्टिलेटर थन्किएको छ। अस्पतालले पटक–पटक मन्त्रालयलाई पत्र लेखेर अस्पतालको समस्या जानकारी दिएको पनि बताइरहेको छ। तर, मन्त्रालयबाट समस्या सोध्नेबाहेक समाधानको लागि कुनै पहल नभएको अस्पताल बताउँछ।  

दोस्रो लहरको कोरोना संक्रमण बढेर देशमा कतै उपकरण र कतै जनशक्ति अभाव भइरहेका बेला इलाममा करिब ४० लाख रुपैयाँ खर्चेर ल्याएको भेन्टिलेटर नै थन्किएपछि जिल्लाबासी आक्रोशित बनेका हुन्। कोरोनाले स्वासप्रश्वासमा समस्या भएर गम्भीर बिरामीलाई चाहिने भेन्टिलेटर नै कामविहीन भएपछि जिल्लाबासीले उपचारका लागि अन्य जिल्ला धाउनु परिरहेको छ। आफ्नै दलले लामो समयदेखि सरकारको नेतृत्व गरिरहे पनि खनाल र नेम्बाङले अस्पतालको उपकरण र जनशक्ति व्यवस्थापनमा पहल नगरेको गुनासो इलामबासीको छ।

नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्वसभापति धिरेन चेम्जोङले जिल्लाबाट निर्वाचित जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रमा ठोस काम गर्न नसकेको आरोप लगाए। उनले इलाम अस्पताललाई यसअघि अक्सिजन प्लान्टका लागि बजेट आएपनि सदुपयोग हुन नसक्दा स्वास्थ्यसेवा प्रभावकारी हुन नसकेको जनाए । ‘दिनानुदिन मृत्युको खबरले सामाजिक सञ्जाल रंगिएका छन्, अब पनि आँकलन गर्न सकिएन भने थप क्षति बेहोर्नुपर्ने दिन आउँदैछ,’ उनले सामाजिक सञ्जालमा स्थानीय सरकारलाई केन्द्रित गरी लेखेका छन्, ‘हामीसँग स्रोत छ, साधन छ, अहिले थप विकासभन्दा ज्यान जोगाउन हम्मे परिरहेको छ ।’ चेम्जोङले जिल्लामै अक्सिजन प्लान्ट स्थापना गर्न स्थानीय सरकार र सरोकारवालाको ध्यानाकर्षण गरेका छन्।

गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष कमल नेपालले जनशक्तिबिनाका सामग्री अस्पतालमा थन्क्याउनुभन्दा बरु प्रयोग हुनसक्ने अरू ठाउँमा पठाइदिन व्यंग्यात्मक सुझाव दिए। उनले अस्पतालमा आउन खोज्ने प्राविधिक जनशक्ति आउनै नदिने र आएकालाई पनि धपाउने ‘खेल’ले स्वास्थ्यसेवा कमजोर भइसकेको जनाए।

इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जनशक्ति अभावकै कारण भेन्टिलेटर प्रयोग हुन नसकेको बताए। उनले भेन्टिलेटर सञ्चालन गर्ने एनेस्थेसियोलोजिस्ट भएपनि आवश्यक अन्य विशेषज्ञ नहुँदा त्यसको सुविधा लिन नसकेको जनाए । १४ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा स्थायी डाक्टर एकजना (स्त्री रोग विशेषज्ञ) मात्रै छन् । २ मेडिकल अधिकृत, ३ कन्सल्ट्यान्ट र ३ डेन्टल सर्जन अस्पतालमा कार्यरत छन् । ५९ स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा २७ दरबन्दी पदपूर्ति भएको अस्पतालले जनाएको छ ।  

जिल्लाको मंगलबारे, फिक्कल, पशुपतिनगर र प्याङमा प्राथमिक स्वास्थ्य केन्द्र छन्। ती केन्द्रमा जनशक्ति पनि भएकाले उपचारमा खास समस्या नभएको स्वास्थ्य कार्यालयले जनाएको छ। सूर्याेदय, माई नगरपालिका र रोङ गाउँपालिकालगायत स्थानीय तहमा ५ देखि १५ शड्ढयासम्मका कोभिड अस्पताल छन्।  

जिल्लामा सोमबार साँझसम्म ३ सय ५१ जनामा दोस्रो लहरको कोभिड–१९ पुष्टि भइसकेको छ। ११ जनाको निधन भएको छ भने ३ सय ७ संक्रमित होम आइसोलेसन र उपचारमा छन्। ३३ जना उपचारपछि निको भएको तथ्यांक छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस