वीरगन्जमा गठबन्धनको विजय जुलुस
११ जेष्ठ २०७९
•
२ मिनेट पाठ
वीरगन्जमा गठबन्धनको विजय जुलुस
वीरगन्जमा पाँचदलीय गठबन्धनबाट बुधबार निकालिएको विजय जुलुसमा नवनिर्वाचित नगर प्रमुख र उपप्रमुख नेताहरुको साथमा। तस्बिरः रितेश त्रिपाठी
वीरगन्ज महानगरपालिकामा पाँचदलीय गठबन्धनबाट निर्वाचित नगरप्रमुख जसपाका राजेशमान सिंह र नगर उपप्रमुख नेपाली काँग्रेसका इम्तियाज आलमको विजय जुलुस बुधबार यहाँ आयोजन गरिएको छ। गाडीको लस्कर, मोटरसाइकलको ताँती र बाजागाजासहित निकालिएको विजय जुलुस महानगरपालिकाका अधिकांश वडामा पुग्ने गरी भब्यताकासाथ निकालिएको छ।  




अगाडिअगाडि ‘डिजे’ बाजा घन्किदै, त्यसको पछाडि मोटरसाइकलमा हजरौं समर्थकहरु त्यसपछाडि ‘स्पेसल’ रुपमा तयार गरिएको खुल्ला मिनी ट्रकमा ठूला नेताहरुका साथमा नवनिर्वाचित नगरप्रमुख सिंह र नगर उपप्रमुख आलमले नगरको बिभिन्न भागमा परिक्रमा गरेका छन्। उनीहरुले हात हल्लाएर र नमस्कार गरेर सर्वसधारणलाई अभिवादन गर्दै अघि बढिरेहका थिए। नवनिर्वाचित नगरप्रमुख सिंह र नगर उपप्रमुखको गाडी पछाडि दर्जनौं चारचक्के सवारीहरुको ताँती देखिएको थियो।  

यसअघि मंगलबार नवनिर्वाचित नगरप्रमुख सिंहको र्‍याली उपप्रमुखले प्रमाणपत्र नपाउँदै वीरगन्ज १४ मा रहेको नृसिंह उच्च माबिबाट निस्किएको थियो। मतगणनामा परिणाममा नगर उपप्रमुख पदको अन्तिम नतिजा आउन केही ढिलाई भएकोले काँग्रेसको समूहलाई छोडेर जसपाको टोली पहिल्यै बाहिरिएको थियो। जसपाले विजय जुसलसमार्फत एकल वर्चश्व प्रदर्शन गर्न खोजेको भनि अर्थ्याएका आफ्ना कार्यकर्ताहरुलाई काँग्रेस नेताहरुले अर्को दिन अर्थात बुधबार संयुक्त विजय जुलुस राखिएको भनेर सम्झाईबुझाई गरेका थिए। केही समयपछि नवनिर्वाचित उपप्रमुख आलमले काँग्रेस नेताहरुको घरमा मात्र पुगेर शुभकामना लिएका थिए। काँग्रेस समर्थकहरु जुलुसकै स्वरुप उनीसंगै हिँडेका थिए।

मंगलबार साँझ गठबन्धनका नेताहरुले बैठक बसी बुधबारको लागि तय कार्यक्रमको तयारी गरेका थिए। बैठकबाट नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, जनता समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादव, नेकपा माओवादी केन्द्रका पर्सा अध्यक्ष रामदरश कुशवाहा र नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य चिरिञ्जिवी आचार्यले एउटा संयुक्त बक्तब्यमार्फत निर्वाचनमा पाँचदलीय गठबन्धनका उम्मेदवारलाई निर्वाचित गरेकोमा वीरगन्जबासीलाई धन्यवाद दिएका छन्। उनीहरुले बुधबारको विजय जुलुसमा सहभागिताका लागि र सफल बनाउनका लागि अह्वान पनि गरेका छन्।  

गठबन्धनमा आबद्ध दलका नेताहरुले विजय जुलुसको रुट पनि निर्धारण गरेका थिए। मंगलबार बिहान प्रमुख निवाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार वीरगन्जमा जसपाका सिंह नगरप्रमुखमा र काँग्रेसका आलम नगर उपप्रमुखमा विजयी भएको घोषणा गरेको थियो। बिहीबार नगर प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा सदस्यहरुका लागि आदर्शनगरस्थित पुरानो बसपार्कको मैदानमा वीरगन्ज महानगरपालिकाको कार्यालयले आयोजन गर्न लागेको छ।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
११ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस