ओली–यादव भेटघाटः सत्ता गठबन्धन फुटाउने एमाले दाउ
१२ जेष्ठ २०७९
•
६ मिनेट पाठ
ओली–यादव भेटघाटः सत्ता गठबन्धन फुटाउने एमाले दाउ
स्थानीय तहको निर्वाचनपछि प्रमुख प्रतिपक्षी दल एमाले पाँचदलीय सत्ता गठबन्धन फुटाउने खेलमा लागेको छ।

निर्वाचनमा एकअर्काप्रति भएको असहयोगलगायत विषयलाई लिएर सत्तारूढ दलहरूमा असन्तुष्टि प्रकट भइरहेका बेला एमाले यस्तो दाउमा लागेको हो। सुरुमा गठबन्धनको एक दल जनता समाजवादी पार्टी (जसपा) लाई सत्ता गठबन्धनबाट अलग बनाएर सरकारलाई प्रहार गर्ने प्रयासमा एमाले छ। यसैक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेटघाटसमेत भइसकेको छ ।

जसपा नेताहरूले स्थानीय निर्वाचनमा आफ्नो पार्टीलाई सत्तारूढ गठबन्धनकै प्रमुख घटक कांग्रेसले धोका दिएको निष्कर्ष निकालेका छन्। जसपाले कांग्रेसबाट बढी धोका पाएको महसुस गरेका बेला बुधबार ओली र यादवबीच भेटघाट भएको हो।

कांग्रेस र माओवादी केन्द्रले धोका दिँदा जसपाले स्थानीय तह निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकेको भन्दै ओलीले यादवसमक्ष सत्ताबाट अलग्गिएर एमालेसँग सहकार्यका लागि प्रस्ताव गरेका छन्। एमालेले अहिले सत्ता घटकभित्रका असन्तुष्ट पक्षसँग सहकार्य गर्ने नीति लिएको छ। यसै नीतिअन्तर्गत एमाले र जसपा अध्यक्ष यादवबीच कुराकानी अघि बढेको हो ।

जसपाले स्थानीय निर्वाचनमा जनकपुर, गोरखा मात्र होइन, विराटनगरलगायतका विभिन्न पालिकामा गठबन्धनभित्रका दलबाटै धोका पाएको छ। उसले गोरखाको पालुङटार नगरपालिकामा पनि कांगे्रसबाट धोका पाएको छ। ‘चाँडै नै सहकार्यको खाका बन्नेछ, त्यहीअनुसार दुई पार्टी अघि बढ्नेछन्। सम्भवतः जसपाले यही बजेटकै क्रममा पनि विपक्षमा मत दिन सक्नेछ। ऊ सरकारबाट बाहिरिन पनि सक्नेछ,’ ओलीनिकट एक नेताले भने। ती नेताका अनुसार दुई अध्यक्षबीच स्थानीय तहको निर्वाचन र त्यसको परिणाम तथा धोकाधडीबारे छलफल भएको थियो ।

जसपाले विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी हुनु र आफ्नो पार्टीका उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव पराजित हुनुलाई गम्भीर रूपमा लिएको छ। अमरेन्द्र जसपा अध्यक्ष उपेन्द्रका छोरा हुन्।

जसपा कार्यकारिणी समितिका सदस्य मनीष सुमनले निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई कांग्रेसबाट खुलमखुला धोका भएको बताए। ‘कांग्रेसले कारबाही गरेका व्यक्ति विजय जुलुसमा सहभागी भएका छन्। धेरै ठाउँमा धोका भएको छ। लुकीछिपी धोका भएको होइन। कांग्रेसमा अनुशासनको अभाव देखियो,’ उनले भने ।

स्थानीय तह निर्वाचनपछि एमाले अध्यक्ष ओली मौन देखिएका छन्। उनले सार्वजनिक रूपमा कुनै अभिव्यक्ति दिएका छैनन्। तर एमालेका नेताहरूले भने वाम गठबन्धनलगायत विषयमा आफ्ना धारणा दिइरहेका छन्। वाम गठबन्धन तत्काल सफल नहुने भएकाले एमाले वर्तमान सरकारलाई असफल पार्न मधेसवादी दलहरूको साथ लिएर अघि बढ्ने खेलमा लागेको छ।

एमाले र मधेसवादी दलहरू मिलेको अवस्थामा वर्तमान सरकार धर्मराउने सम्भावना छ। यतिबेला एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) पनि गठबन्धनका ठुला दल कांग्रेस र माओवादीसँग असन्तुष्ट भए पनि ऊ तत्कालै एमालेसँग मिल्ने अवस्था नभएकाले ओलीले मधेसवादी दलसँग सहकार्यको हात बढाउन थालेका हुन्।

जसपाले जनकपुरधाम उपमहानगरपालिकामा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार बनेका पार्टीका नेता लालकिशोर साहको पराजयलाई पनि गम्भीर रूपमा लिएको छ।

सत्ता गठबन्धनका दलबाटै मधेसमै धोका पाएपछि गठबन्धनमा रहने कि नरहने भन्ने विषयमा पनि छलफल अघि बढिरहेको जसपाका नेताहरूले बताएका छन्। ‘एमालेको रणनीतिबारे पनि हामी सचेत छौं तर एमालेभन्दा बढी कांग्रेसले नै हामीलाई धोका दिएका छन्, यसलाई सामान्य रूपमा लिन सकिन्न,’ जसपाका एक नेताले भने।

ती नेताका अनुसार अब वर्तमान सत्ता गठबन्धनमा बस्ने कि नबस्ने भन्ने प्रश्न उब्जिएको छ। गठबन्धनप्रति जसपा रुष्ट रहेको संकेत पाएपछि ओलीले यादवसँग भेट गरेका हुन्। ‘निर्वाचनमा कांग्रेसले जसपालाई मतदाता मात्रै बनाएको देखियो, जसपालाई सहयोग गरेको देखिएन,’ जसपाका नेता सुमनले भने।

गठबन्धन गरी निर्वाचनमा जाँदा सबैभन्दा बढी फाइदा कांग्रेस र माओवादी केन्द्रलाई पुगेको छ। संघीय संसद्को निर्वाचनका लागि अहिलेदेखि नै रणनीति बदल्ने तहमा पुगेको एमालेले सबैभन्दा पहिला मधेसवादी दलसँगको सहकार्यलाई प्राथमिकतामा राखेको छ। स्थानीय निर्वाचनमा थोरै मत संख्याले मात्रै पुग्ने अवस्थामा जसपा र माओवादी केन्द्रको समेत मत थपिँदा विभिन्न पालिकाका कांग्रेस सहजै जित हात पार्न सफल भएको हो।

अघिल्लो स्थानीय तहको निर्वाचनमा एमाले २ सय ९४ स्थानीय तहमा विजयी हासिल गरेर पहिलो स्थानमा थियो। दुई महानगरपालिका र सात उपमहानगरपालिकासहित १ सय २३ नगरपालिकाको प्रमुख एमालेले जितेको थियो। त्यस्तै १ सय ७१ गाउँपालिकाको अध्यक्ष उसले जितेको थियो। तर अहिले भने एमालेले मुस्किलले २ सय ४ स्थान जितेको छ।

एमालेको हारका पछाडि धेरै स्थानमा पार्टी विभाजन पनि कारण बन्न पुगेको छ। एमालेबाट विभाजित भएका नेताहरूले स्थापना गरेको नेकपा (एस) कै कारण एमालेले साढे ६ दर्जन स्थानमा हार खाएको अनुमान छ। अघिल्लोपटक कांग्रेसले दुई महानगर, दुई उपमहानगरसहित १ सय ५ नगरपालिकाको प्रमुख जितेको थियो। त्यस्तै कांग्रेसले १ सय ६१ गाउँपालिका अध्यक्षमा जित निकालेको थियो। त्यतिबेला कांग्रेसले ७ सय ५३ स्थानीय तहमध्ये २ सय ७४ स्थानीय तहको प्रमुख जितेर दोस्रो दल भएको थियो। अहिले गठबन्धनको सहयोगले कांग्रेसले ३ सय २६ स्थानमा जित हासिल गरेको छ ।

अर्को समाचार
ज्येष्ठ नागरिकलाई घरमै पुगेर  नि:शुल्क स्वास्थ्य सेवा 
२० फागुन २०८०
•
२ मिनेट पाठ
ज्येष्ठ नागरिकलाई घरमै पुगेर  नि:शुल्क स्वास्थ्य सेवा 
नि:शुल्क स्वास्थ्य सेवा सुरू गर्नु अघि स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दे विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला। तस्बिर /नागरिक
विराटनगर महानगरपालिकाले ८० वर्ष माथिका  ज्येष्ठ नागरिकलाई घरमै  नि:शुल्क स्वास्थ्य सेवा सुरु गरेको  छ। विराटनगरका १९ वटै वडाका ज्येष्ठ नागरिकलाई  आइतबार देखि घरमै पुगेर स्वास्थ्य सेवा दिन थालेको हो।

महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा स्वास्थ्य सेवा दिन घरदैलोमा जाने स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण तालिमसमेत सञ्चालन गरेको छ। तालिम सञ्चालन गरेर स्वास्थ्य चेकजाँचका लागि आवश्यक पर्ने सामग्रीसमेत स्वास्थ्यकर्मीहरूलाई प्रदान गरिएको छ। प्रत्येक वडामा दुई जना नर्सिङ कर्मचारीहरूलाई ज्येष्ठ नागरिकहरूको स्वास्थ्य चेकजाँच तथा परामर्शका लागि खटाइएको छ।

उक्त कार्यक्रममा ज्येष्ठ नागरिकहरूको ब्लड प्रेसर, सुगर, अक्सिजनको लेभलको जाँच, नेबुलाइजेसन सेवा, सामान्य स्वास्थ्य परीक्षण तथा उपचार, ड्रेसिङ, औषधि वितरणसहित स्वास्थ्य परामर्श सेवासमेत प्रदान गरिने स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए। 

घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित वडाका महिला स्वयम्सेविकासमेत परिचालन गरिने अलिले बताए। हरेक तीन महिनामा कम्तीमा एक पटक ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण उपचार सेवा उपलब्ध गराइने, घरमा जाँदा बिरामीलाई अस्पताल लैजानु पर्ने भएका  महानगरको एम्बुलेन्समार्फत नि:शुल्क सेवा दिनुका साथै सम्बन्धित अस्पतालमा समन्वयकारी भूमिका समेत महानगरले गर्ने अलिले बताए।

अभिमुखीकरण कार्यक्रममा मेयर कोइरालाले विराटनगरवासीको घरमै गएर सेवा दिने प्रतिबद्धताअनुरूप नि:शुल्क स्वास्थ्य सेवा सुरु गरिएको बताए। पहिलो तीन महिनाको समीक्षा गरेर आगामी दिनमा कार्यक्रम थप प्रभावकारी बनाएर लाने मेयर कोइरालाको भनाइ थियो। उपमेयर शिल्पा निराला कार्कीले नि:शुल्क स्वास्थ्य सुविधा लिनका लागि आफ्नो क्षेत्रका महिला स्वयंसेविकामार्फत वडा कार्यालय तथा स्वास्थ्य संस्थामा सम्पर्क गर्न सकिने बताइन् । उनले महानगरले सञ्चालन गरेको कार्यक्रममा ८० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक समेटिने गरी काम गर्न निर्देशन दिइन्।

आइतबारदेखि नै ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर सेवा सञ्चालन गरिएको महानगरका स्वास्थ्य अधिकृत अमरदीप देवले जानकारी दिए। महानगर क्षेत्रभित्र २ हजार ३ सय २४ जना ८० वर्षमाथिका ज्येष्ठ नागरिक रहेका छन्। जसअन्तर्गत सबैभन्दा बढी वडा नम्बर ३ मा ३ सय ९० जना र सबैभन्दा कम १८ नम्बर वडामा २४ जना ८० वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिक रहेको महानगरको तथ्याङ्कमा उल्लेख छ। 
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस