राष्ट्रपतिबाट सहमतीय सरकार आह्वान
१५ असोज २०७२
•
१५ मिनेट पाठ
राष्ट्रपतिबाट सहमतीय सरकार आह्वान
काठमाडौं- राष्ट्रपति डा. रामवरण यादवले सात दिनभित्र सहमतिको सरकार गठनका लागि संसदमा रहेका राजनीतिक दलसमक्ष शुक्रबार साँझ आह्वान गरेका छन्। यससँगै राजनीतिक सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयनका लागि बाटो खुला भएको छ।

प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबारै संसदलाई सम्बोधन गरी नयाँ सरकार गठनका लागि प्रक्रिया सुरु गर्न राष्ट्रपतिसमक्ष आग्रह गर्ने घोषणा गरेका थिए।

त्यसलगत्तै उनी शीतल निवास पुगेर नयाँ सरकार गठन प्रक्रिया थाल्न राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए। त्यसलगत्तै राष्ट्रपतिले नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सहमतीय सरकार गठनका लागि आह्वान गरेको बेहोराको विज्ञप्ति शीतल निवासले जारी गरेको थियो।

'सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद गठन गर्नका लागि व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आह्वान भएकाले यो विज्ञप्ति प्रकाशन गरिएको छ,' राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धु्रुवराज आचार्यले शुक्रबार बेलुका जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संविधानको धारा २९८ को उपधारा (२) मा सहमतिका आधारमा सात दिनभित्र सरकार गठनको व्यवस्था गरिएको छ।

सात दिनभित्र सहमतिका आधारमा प्रधानमन्त्री चयन हुन नसके उपधारा (३) बमोजिम बहुमतीय आधारमा सरकार गठन प्रक्रिया अघि बढ्नेछ।

यसअघि, प्रधानमन्त्री कोइरालाले नयाँ प्रधानमन्त्री चयनको संवैधानिक प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए।

उनले संसदमा सम्बोधन गर्दै राजीनामा घोषणा नगरी यस्तो आग्रह गरेका हुन्। व्यवस्थापिका–संसदको बैठकमा शुक्रबार साँझ सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले संविधान घोषणा भएपछि पदीय जिम्मेवारीबाट मुक्त हुने सार्वजनिक प्रतिबद्धता गरेकाले सोहीअनुरुप नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउन आग्रह गर्न राष्ट्रपतिकहाँ जान लागेको बताएका थिए।

त्यसलगत्तै उनी राष्ट्रपति कार्यालय गएका थिए। प्रधानमन्त्रीले राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए।

प्रधानमन्त्रीको सम्बोधनमा राजीनामा स्पष्ट नभएपछि यसलाई लिएर संसदमा रहेका अन्य दलले आशंका व्यक्त गरे पनि राष्ट्रपतिले सहमतिका आधारमा सरकार गठन गर्न संसदमा रहेका राजनीतिक दललाई आह्वान गरिसकेका छन्।

प्रधानमन्त्री कोइरालाको राजीनामाबारे थप प्रस्ट्याउन व्यवस्थापिकाबाट बाहिरिँदै गरेका प्रधानमन्त्री कोइरालालाई पत्रकारले राखेको जिज्ञासामा उनले 'बाटो खुलेको' मात्रै प्रतिक्रिया दिए।

'राजीनामा थाहा भइहाल्छ नि,' प्रधानमन्त्री कोइरालाको प्रतिक्रिया थियो, 'बाटो खोलिएको छ। सबै मिलेर जाने भनेका छौं।'

संसद बैठकमा सम्बोधन गर्दै कोइरालाले भने, 'संविधानसभाबाट संविधान जारी गर्ने कार्यलाई सबै दृष्टिले मद्दत पुर्याैउने दायित्व बोकेर मैले प्रधानमन्त्री पदको जिम्मेवारी सम्हालेको थिएँ तथा संविधानको घोषणा भएपछि पदीय जिम्मेवारीबाट मुक्त हुने सार्वजनिक प्रतिबद्धतासमेत प्रकट गरेको थिएँ। संविधानको विद्यमान व्यवस्था र मेरो सार्वजनिक प्रतिबद्धताअनुरुप नयाँ प्रधानमन्त्री चयनको संवैधानिक प्रक्रिया अघि बढाउन सम्माननीय राष्ट्रपति महोदयलाई अनुरोध गर्न व्यवस्थापिका संसदको यो बैठकपछि जानेछु।'

तर अन्य दलका नेताहरुले भने प्रधानमन्त्रीले राजीनामा गरेको अर्थ लगाएका छन्। प्रधानमन्त्री कोइरालाले संविधान संशोधनको प्रक्रिया अघि बढाएको समेत संसदमा स्पष्ट पारेका थिए।

'केही राजनीतिक दलका साथीहरु संविधान निर्माणको प्रक्रियाका विभिन्न चरणमा संलग्न रहे पनि हाल प्रक्रियाभन्दा बाहिर हुनुहुन्छ,' प्रधानमन्त्री कोइरालाले संसदमा सम्बोधन गर्दै भने, 'म उहाँहरुलाई वार्ता र संवादमा बसेर विवाद समाधान गर्न आह्वान गर्छु। यस संविधानलाई थप सुदृढ बनाउने दिशामा हामी साझा मुद्दाको पहिचान र त्यसलाई संविधानको अंग बनाउने दिशामा काम गर्न सक्छौं।'

प्रधानमन्त्री कोइरालाले अन्तरिम संविधानको भावनाअनुसार संविधान संशोधन गर्न तयार रहेको समेत स्पष्ट पारे। प्रधानमन्त्रीले समानुपातिक समावेशी सिद्धान्त, हिमाल र पहाडका केही जिल्लाको प्रतिनिधित्व हुनेगरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न तयार रहेको बताए।

'अन्तरिम संविधान, २०६३ को भावनाअनुसार समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका संरचनामा प्रतिनिधित्व र सहभागिताको हक वर्तमान संविधानमा सुनिश्चित गर्ने विषयलाई हामी सबैले आत्मसात गरेका छौं,' उनले भने, 'त्यस्तै हिमाल पहाडका दुर्गम भौगोलिक जिल्लाको प्रतिनिधित्व सुनिश्चित गर्दै जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषय प्रायः हामी सबै राजनीतिक दलले सम्बोधन गर्नुपर्ने भनी पहिचान गरिएका विषय हुन्।'

प्रधानमन्त्री कोइरालाले आफूले यसअघि पनि प्रमुख राजनीतिक दलको सहमतिमा संविधान संशोधन गर्न सकिन्छ भन्नेबारे स्पष्ट पारेको स्मरण गरे।

'मैले प्रमुख राजनीतिक दलको सहमतिका आधारमा यिनै विषयलाई संविधान संशोधन गरेर समाधान गर्न सकिन्छ भनी संविधानसभालाई आश्वस्त पारेको कुरा स्मरण गराउन चाहन्छु,' कोइरालाको भनाइ थियो, 'तीन प्रमुख राजनीतिक दलका तर्फबाट संयुक्त हस्ताक्षर गरी हाम्रो प्रतिबद्धता जनतामाझ पुगिसकेको छ। आदिवासी, जनजाति, थारू, मधेसी, मुस्लिम, दलितलगायत सबै आन्दोलनमा उठेको यो साझा विषयलाई संशोधन गर्न मन्त्रिपरिषदले संविधान संशोधन विधेयक तयार गरी संसदमा पेस गर्न कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई निर्देशनसहित स्वीकृति प्रदान गरेको छ।'

प्रधानमन्त्री कोइरालाले तराई–मधेसमा अहिले भइराखेको आन्दोलनले देश अत्यन्त असहज र कठिन मोडमा पुगेको बताउँदै सबै सीमानाका बन्द हुँदा सबै क्षेत्रमा असर परेको बताए।

'हाम्रो सम्पूर्ण आयात–निर्यातलाई प्रभावित गर्ने गरी सीमा नाका बन्द र अवरुद्ध छन्,' प्रधानमन्त्री कोइरालाले भने, 'नेपाली जनता जीवन धान्न आवश्यक सामग्रीको अभाव झेलिरहेका छन्। स्कुल, कलेज र विद्यार्थीको भविष्य प्रभावित भएको छ। उद्योग–धन्दा र व्यापार चौपट भएको छ। किसान र श्रमिकको जीवन कष्टकर बन्दै गएको छ। औषधि र अस्पतालका सेवा प्रत्येक दिन थप कष्टकर हुँदै गएका छन्। सञ्चार गृहका प्रकाशन र प्रसारण कार्य प्रत्यक्ष रुपमै प्रभावित भएका छन्।'

प्रधानमन्त्री कोइरालाले यस्ता समस्या देखाउँदै पारवहन सुविधा र सीमा क्षेत्रमा कुनै किसिमको अवरोध नगर्न भारतसँग आग्रह पनि गरे।

'आन्दोलनले हाम्रो सामाजिक सद्भाव, देशको सामर्थ्य र हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धमा समेत असर पर्ने परिस्थिति नबनोस् भन्नेतर्फ हामी सबैले सजग रहनु जरुरी देख्छु,' प्रधानमन्त्री कोइरालाले संसदमा सम्बोधनका क्रममा भने, 'म भारत सरकारसँग समेत नेपालको पारवहन अधिकार र सुविधा प्रयोग गर्न सीमा क्षेत्रमा कुनै किसिमको ढिलाइ सिर्जना हुन नदिन हार्दिक आग्रह गर्न चाहन्छु।'

आन्दोलनरत पक्षसँग वार्ता भइरहेकाले सरकारले वार्ताको वातावरण बनाउन आन्दोलनका घाइतेको उपचार, मृतकका परिवारलाई राहत, मुद्दा र गिरफ्तारी फिर्ता गर्ने काम गरिरहेको बताए।

'आन्दोलनमा उठेका राजनीतिक मुद्दालाई सम्बोधन गर्ने अग्रसरता पनि सरकार र तीन दलबाट लिइएको छ,' प्रधानमन्त्री कोइरालाले भने, 'मलाई विश्वास छ, वार्तामा विकसित पछिल्लो सकारात्मक परिस्थितिलाई परिणाममुखी बनाउन सरकार र आन्दोलनरत पक्ष दुवैको भूमिका महŒवपूर्ण हुनेछ। म आन्दोलनरत पक्षलाई हाम्रो समग्र आपूर्ति व्यवस्था, जनताको जीवन र जीविका तथा समग्र अर्थतन्त्रमा गम्भीर जोखिम पर्ने ढंगको वर्तमान आन्दोलन फिर्ता लिन आह्वान गर्दछु।'

सम्बोधनका क्रममा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणमा सहयोग पुर्याजएको भन्दै सबैलाई धन्यवाद दिएका थिए।

'नेपाल अब पुराना सोच, संस्कार र संरचनाबाट मुक्त भएर आधुनिक र वैज्ञानिक युगतर्फ लम्कँदै छ,' प्रधानमन्त्री कोइरालाले भने, 'आफ्नो निर्णय आफैँ गर्ने स्वाधीन, स्वतन्त्र, सार्वभौम देश र जनताको पहिचान र इतिहास बोकेर नेपाल अझ सुदृढ राष्ट्रिय एकता, समावेशी लोकतन्त्र र समृद्धिको बाटोतर्फ अघि बढ्नेछ।'

कोइरालाले सम्बोधनका क्रममा नयाँ संविधानका विशेषतासमेत उल्लेख गर्दै सकारात्मक कामको सुरुआत भएको प्रतिक्रिया दिए।

'संविधानले संघीय लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्नुका साथै सामाजिक न्यायका सन्दर्भमा थुप्रै सकारात्मक प्रावधानहरुको व्यवस्था गरेको छ,' प्रधानमन्त्री कोइरालाले भने, 'पहिलोपल्ट आवास, खाद्यान्नको हक, दलित, ज्येष्ठ नागरिक हक, उपभोक्ता र अपराध पीडितका हकलाई संविधानले मौलिक हकका रुपमा स्थापित गरेको छ। हाम्रो संविधान मौलिक हकको संरक्षण र विस्तारका दृष्टिले पनि उच्च कोटिको छ।' कोइरालाले संवैधानिक रुपमै पहिलोपल्ट आदिवासी–जनजाती, मधेशी, मुस्लिम र थारु समुदायलाई संवैधानिक आयोगका माध्यमबाट समेत पहिचान, प्रतिनिधित्व र राज्ययन्त्रमा दह्रो पहुँचको विशेष व्यवस्था मिलाएको बताए।

एमाले नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्रीको सम्बोधनले नयाँ सरकार गठनको बाटो खुलेको बताउँदै छिट्टै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने स्पष्ट पारे।

एमाओवादीका नेता कृष्ण बहादुर महराले पनि प्रधानमन्त्रीले राजीनामा दिएकाले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढेको बताए।
अर्को समाचार
राष्ट्रपतिबाट सहमतीय सरकार आह्वान हुँदैन : प्रधानमन्त्री
३१ भदौ २०६९
•
३ मिनेट पाठ
राष्ट्रपतिबाट सहमतीय सरकार आह्वान हुँदैन : प्रधानमन्त्री
कलेन्द्र सेजुवाल, सुर्खेत, भदौ ३१- प्रधानमन्त्री बाबुराम भट्टराईले सहमतीय सरकारको लागि राष्ट्रपतिले आह्वान गर्ने सम्भावना नरहेको बताएका छन्। गतिरोध अन्त्यको लागि राष्ट्रपतिबाट आह्वान हुन सक्ने हल्ला आफूले पनि सुनेको बताउँदै उनले भने, 'राष्ट्रपतिसँग यस विषयमा मेरो कुरा भएको छ, बाहिर प्रचारमा आएजस्तो संभावना तत्काल छैन।'

जुम्लाको तातोपानीस्थित दलित बस्तीमा रात बिताएर फर्किएका प्रधानमन्त्री भट्टराईले वर्तमान गतिरोध अन्त्यको लागि राजनीतिक दलहरुबीच सहमतिको विकल्प नरहेको बताए। स दलबीच सबै विषयमा सहमति हुनै पर्छ भन्ने पनि नरहेको उनको भनाइ छ। ...सहमति भनेको समझदारी हो, सबै कुरामा सहमति गरेर संभव हुँदैन,' आइतबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, 'ट्वाइलेट जाँदा पनि के गरौँ भनेर सोध्नुपर्छ भन्ने मलाई लाग्दैन।'
विपक्षी दलहरुले विरोधको नाममा विरोध गरेर सहमतिको वातावरण बिगारेको प्रधानमन्त्रीको आरोप छ। अबको सहमति प्याकेजमा हुनुपर्ने पनि उनले बताए। ...सानातिना कुरामा विवाद झिकेर समस्याको समाधान हुँदैन,' उनले भने, 'लोकतन्त्र भनेको स्वस्थ प्रतिस्पर्धा हो, सत्ता बाहिर हुँदैमा जे कुरामा पनि बिरोध गर्नु हुँदैन।'

प्रधानमन्त्री भट्टराईले गतिरोध अन्त्यको लागि संविधानसभा पुनर्स्थापना गरी नयाँ संविधान जारी गर्ने वा राष्ट्रिय सरकार बनाई नयाँ संविधानसभा निर्वाचनमा जाने विकल्प तेर्स्याए। 'यी दुईमध्ये एक विकल्प रोज्नको लागि समझदारी गर्नुपर्छ,' उनले भने, 'अन्य विषयमा पनि दलहरुबीच प्याकेजमा सहमति हुनुपर्छ।'

विमानभित्रै डिआइजीको बिन्ती
सुर्खेत विमानस्थलमा प्रधानमन्त्रीको स्वागत गर्न पुगेका जिल्ला तथा क्षेत्रका सुरक्षा-प्रमुखहरुले उनीसामु धक खोलेर बोल्न सक्ने अवस्था थिएन। विशिष्ट कक्षमा जम्मा भएका उनीहरुले प्रधानमन्त्रीको सोधपुछमा जवाफमात्र फर्काए।

प्रधानमन्त्रीको गृहजिल्ला गोरखाकी मध्यपश्चिम प्रहरी प्रमुख डिआइजी पार्वती थापाले भने विमानभित्रै पुगेर व्यक्तिगत भलाकुसारी गरिन्। करिब १० मिनेटसम्म उनले आफू महिला भएकोले सहयोग गर्न विशेष आग्रह गरिन्। नितान्त व्यक्तिगत आग्रहसाथ विशिष्ट व्यक्तिको महत्वपूर्ण समय लिँदा भ्रमण टोलीका सदस्य पनि आश्चर्यमा परेका थिए। प्रधानमन्त्रीले डिआइजी थापाको एकोहोरो आग्रह र गुनासो सुनेमात्र, प्रतिक्रिया दिएनन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस