नाकाबन्दीले औषधि अभाव
१८ असोज २०७२
•
३ मिनेट पाठ
नाकाबन्दीले औषधि अभाव
झापा-लामो समयदेखि जारी तराईको तनाव र भारतीय नाकाबन्दीले झापामा औषधि अभावको मार पनि थपिएको छ। इन्धन अभावले हाहाकार भएका बेला अत्यावश्यक औषधिको पनि संकट बढ्दै गएको हो।औषधि व्यवसायीहरुका अनुसार झापा र मेचीको औषधि बजारमा नेपाली उत्पादनले मागको ४० प्रतिशत हिस्सा मात्रै धान्छ। बाँकी ६० प्रतिशत औषधि भारतीय  बजारबाटै ल्याउनुपर्छ। तराई तनावले वीरगञ्ज नाका हुँदै आउने औषधि र त्यहीँ उत्पादन हुने औषधि पनि पूर्वको बजारमा आउन सकेको छैन। 'यहाँ औषधि आइपुग्न वीरगञ्ज नै माध्यम हो', झापा दमकका औषधि व्यवसायी धनपति बरालले भने, 'तर, त्यहाँ ठप्प भएका कारण महिनादिन भन्दा लामो समयदेखि औषधि आउन पाएको छैन। अभाव चुलिएको छ।'

स्वास्थ्यकर्मीहरुका अनुसार नेपालमा उत्पादन नहुने जीवनदायी औषधिहरु सलाइन, विभिन्न खोपहरुको अभाव छ। त्यस्तै अत्यावश्यक मानिने अक्सिजनको पनि अभाव शुरु भइसकेको छ। 'लाइफ सेभिङ ड्रग्सहरुकै ठूलो अभाव छ', औषधि व्यवसायी केशव सुवेदी भन्छन् 'यी अधिकांश औषधिहरु भारतीय बजारबाटै आउने गरेका छन्।' लगातारको तराई आन्दोलनले यातायात ठप्प भएको लामो समय बितेको छ । खासगरी तराईका क्षेत्रमा चल्ने साधन लामो रुटमा चल्न नसक्दा औषधिहरु आइपुग्न नसकेका हुन्।

झापाली व्यवसायीका अनुसार मेचीका पहाडी जिल्लाहरु इलाम, पाँचथर र ताप्लेजुङका लागि आवश्यक पर्ने औषधिहरु झापा हुँदै जान्छन्। महिना दिनभन्दा लामो समयदेखि पहाड जाने औषधि पनि जान सकेको छैन । यसले पहाडी क्षेत्रमा पनि अभाव चर्को रहेको उनीहरुको भनाइ छ। तराई आन्दोलनले यातायात ठप्प भएको लामो समय बितेको छ।

खासगरी तराईका क्षेत्रमा चल्ने साधन लामो रुटमा चल्न नसक्दा औषधिहरु आइपुग्न नसकेका हुन्। झापाली व्यवसायीका अनुसार मेचीका पहाडी जिल्लाहरु इलाम, पाँचथर र ताप्लेजुङका लागि आवश्यक पर्ने औषधिहरु झापा हुँदै जान्छन्। महिना दिनभन्दा लामो समयदेखि पहाड जाने औषधि पनि जान सकेको छैन । यसले पहाडी क्षेत्रमा पनि अभाव चर्को रहेको उनीहरुको भनाइ छ।
अर्को समाचार
एनआरएनएले सरकारलाई दियो ३८ लाखको औषधि
०८ मंसिर २०७२
•
१ मिनेट पाठ
एनआरएनएले सरकारलाई दियो ३८ लाखको औषधि
काठमाडौं–भारतीय नाकाबन्दीले अस्पतालमा औषधि अभाव भएको भन्दै गैर आवाशीय नेपाली संघ (एनआरएनए) सरकारलाई ३८ लाख बराबरको औषधि उपलब्ध गराएको छ।एनआरएनएले अस्पतालमा औषधि अभाव हुन नदिन सकारलाई तीन करोड मूल्य बराबरको औषधि उपलब्ध गराउने घोषणा गरेको थियो। मंगलबार एनआरएनए अध्यक्ष शेष घलेले स्वास्थ्य तथा जनसंख्यामन्त्री रामजनम चौधरीलाई ३८ लाख मूल्य बराबरको औषधि उपलब्ध गराएका हुन्।

उनले मुलुकलाई आवश्यक पर्ने औषधि आफूहरुले चीन, बंगलादेश तथा भारतलगायका मुलुकबाट ल्याएको र त्यो क्रम जारी रहेको बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस