पूर्वी नाकामा थप कडाइ
११ कार्तिक २०७२
•
५ मिनेट पाठ
पूर्वी नाकामा थप कडाइ
झापा– २५ प्रतिशत इन्धन मात्रै जिल्लामा राखेर बाँकी सबै राजधानी पठाउन गृह मन्त्रालयले गरेको निर्देशन तथा भारतीय सीमा सुरक्षा बल एसएसबीले पानीट्याङ्की नाकामा फेरि कडाई गरेपछि झापामा फेरि समस्या थपिएको छ।गृह मन्त्रालयले आफू मातहतका सबै निकायलाई जिल्लामा २५ प्रतिशत मात्रै राखेर अरु काठमाडौं पठाउन निर्देशन गरेको छ। झापा चारआलीस्थित आयल निगमका शाखा प्रमुख कमलेश अर्यालका अनुसार अब काँकडभिट्टा नाकाबाट भित्रने इन्धनमध्ये ७५ प्रतिशत काठमाडौं जानेछ। एकातिर भारतीय कडाईले ज्यादै कम्ती मात्रै आइरहेको इन्धनको अधिकांश हिस्सा राजधानी जाने भएपछि जिल्लामा हाहाकार बढ्ने निश्चित भएको छ।




दसैंपछि सिलिगुढीस्थित भारतीय आयल कर्पाेरेशन आइओसीको डिपोबाट इन्धन भरेर नेपालतर्फ आउन लागेका ट्याङ्करलाई प्रक्रिया पूरा गरिएपनि एसएसबीले चेकजाँचको बहानामा दुःख फेरि दिन थालेको छ।

सोमबार सिलिगुढी डिपोबाट १५ वटा डिजेल र पेट्रोलका ट्याङ्कर नाकामा आएका थिए। तर, एसएसबीले एउटा ट्याङ्कर चेकजाँच गर्न ५÷६ घण्टा लगाउन थालेको मेची पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष लयप्रसाद भण्डारीले बताएका छन् । १५ वटा ट्याङ्करमध्ये ४ वटा डिजेल र पेट्रोल बोकेका ट्याङ्कर मंगलबार मात्रै मेची भन्सार परिसरमा आइपुगेको उनले बताए । 'जबकी नाकामा एक घण्टामा भन्सार प्रक्रिया सकिन्छ', उनले भने, 'केही दिन अगाडि अलिक खुकुलो भएको थियो, फेरि नाकामा कडाई गर्न थालेको छ ।' यही कारण बुधबार साँझसम्म इन्धनका ट्यांकर एउटै आएका छैनन् ।

असोज ६ गतेदेखि भारतले अघोषित रुपमा गरेको नाकाबन्दीले सर्वसाधारणको दैनिकी अस्तव्यस्त बनेको छ। मंगलबार पनि आइओसीबाट १५ वटा गाडी लोड भएको थियो। बुधबार १७ वटा लोड भएको छ। तर, काँकरभिट्टा भन्सार परिसरमा साँझसम्म आइपुगेका छैनन्। नाकाबन्दी हुनु अघि दैनिक २५ वटा तेलका ट्याङ्कर भन्सारमा बिहान ११ बजे आइपुग्ने गरेका थिए।

मेची भन्सार कार्यालयका सूचना अधिकृत निर्माणकुमार भट्टराईका अनुसार कात्तिक १ देखि ९ गते सम्मको पेट्रोलियम पदार्थको आपूर्तिमा पहिलोको हेरि निक्कै कमी आएको छ । करिब १० दिनमा १ सय ६८ किलोलिटर पेट्रोल, २४ किलोलिटर मट्टितेल, ८० किलोलिटर हवाई इन्धन, ५ सय ५ किलोलिटर डिजेल, २ लाख ३० हजार १ सय २१ किलोग्राम एलपीजी ग्यास (१३ वटा बुलेट) मात्र भित्रिएको भट्टराईले जानकारी दिए । यो आपूर्ति पहिलाको भन्दा दुई गुणा कम्ति हो ।

भारतीय नाकाबन्दीका कारण भारतबाट अत्यावश्यक सामग्रीको आयात हुन सकेको छैन । भारतीय सीमा सुरक्षा बलले चेकजाँचका नाममा सर्वसाधारण र पेट्रोलियम पदार्थका ट्याङ्करलाई कडाई गरिरहेको छ। काँकरभिट्टा नाकाबाट तेल आपूर्ति सहज नभएकाले मेची अञ्चलका पेट्रोल पम्प औंसी–पूर्णिमामा मात्रै खुल्न थालेका छन् । प्रायः बन्द हुने पेट्रोल पम्प हप्तामा एक–दुई पटक मात्रै खुल्छन् । थोरै मात्रामा आएको डिजेल र पेट्रोलले धान्न गाह्रो हुने पम्प सञ्चालक बताउँछन् । नेपाल आयल निगम चारआली शाखाका प्रमुख कमलेश अर्यालका अनुसार आइओसीले तेल दिएपनि विगतको तुलनामा कम आपूर्ति भएकाले वितरण सहज नभएको हो।
अर्को समाचार
पूर्वी सीमामा सुरक्षा कडाइ
२७ मंसिर २०७१
•
६ मिनेट पाठ
पूर्वी सीमामा सुरक्षा कडाइ
झापा-भारत सरकारद्वारा भर्खरै ‘आतंकवादी' घोषित कामतापुरी लिबरल अर्गनाइजेसन (केएलओ) र भुटानी शरणार्थी गतिविधिलाई ध्यानमा राखी नेपाल–भारत सीमामा विशेष सुरक्षा सतर्कता सुरु भएको छ। नेपाल–भारतका सुरक्षा अधिकारीहरूले पूर्वी नाकामा संयुक्त निगरानी कसिलो पारेका छन्।दुवैतिरका सुरक्षानिकायले यसलाई नियमित काम भने पनि केएलओ र शरणार्थी लक्षित सुरक्षाप्रबन्ध नै सुरक्षाअधिकारी बताउँछन्। केही समयअघिसम्म सीमापारि सजिलै आवतजावत गरिरहेका सर्वसाधारण सार्क सम्मेलनअघिदेखि कसिलो सुरक्षा जाँचमा पर्न थालेका छन्। 




सीमावर्ती भारतीय राज्य पश्चिम बंगालमा क्रियाशील पृथक्तावादी संगठन केएलओ र झापा–मोरङका शिविरमा बसिरहेका भुटानी शरणार्थीलाई दुवै पक्षका सुरक्षानिकायले मुख्य चुनौतीका रूपमा हेरेका छन्। केएलओलाई भारत सरकारले आतंकवादी घोषणा गरेपछि त्यो संगठन रुष्ट छ। त्यसको ‘रिभेन्ज' लिन उसले सीमाक्षेत्रलाई तारो बनाउन सक्ने भारतीय पक्षको अनुमान छ। ‘हाम्रो चुनौती केएलओ छ, नेपालको शरणार्थी,' दार्जिलिङका एक सुरक्षाअधिकारीले भने, ‘त्यसैले दुवै पक्षबीच राम्रो समन्वय चाहिन्छ, अहिले त्यो कायम छ।' 
सन् १९९५ मा स्थापित केएलओले भारतमा छुट्टै काम्तापुर राज्य माग गर्दै संघर्ष गरिरहेको छ। पश्चिम बंगाल राज्यमा बसोबास गर्ने राजवंशी तथा अन्य आदिवासी समुदाय केएलओमा संगठित छन्। 

अहिले भुटानी शरणार्थी शिविरमा तेस्रो देश जान नचाहने वा तेस्रो देशले अयोग्य करार गरेका शरणार्थी बाँकी छन्। करिब ३ हजार ५ सय शरणार्थीलाई पश्चिमा मुलुकले ‘विभिन्न आपराधिक काममा संलग्न भएको' अभियोग लगाएर पुनर्वासमा लैजान अस्वीकार गरेका छन्। ‘ती शरणार्थी अनेकौं नाममा चुनौती बन्ने डर भारतलाई छ,' एक नेपाली सुरक्षाअधिकारी भन्छन्, ‘स्वदेश फिर्तीका लागि भारत मुख्य बाधक रहेको गुनासो शरणार्थीमा छ।' 
मंसिर दोस्रो साता काठमाडौंमा सम्पन्न १८ औं सार्क सम्मेलनलाई लक्ष्य गदर्ैै गृह प्रशासनले पूर्वी नाकामा उच्च सुरक्षा सतर्कता अपनाएको थियो। नेपाल–भारत सीमा क्षेत्रमा हुन सक्ने सम्भावित आतंकवादी तथा आपराधिक घटना रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सबै सुरक्षा अंगलाई ‘अलर्ट' पारिएको थियो। त्यही बेलादेखि नेपाली सुरक्षाकर्मी र भारतीय सुरक्षाकर्मीले सीमा नाकामा संयुक्त गस्ती पनि थालेका थिए। ‘चोरी–तस्करी नियन्त्रण यो संयुक्त गस्तीको मुख्य लक्ष्य हो', सीमा सुरक्षा कार्यालय झापाका प्रमुख सशस्त्र प्रहरीका एसपी प्रेम पोखरेलले दाबी गरेका थिए। तर, चोरी–तस्करी सीमाको नयाँ समस्या नभएको र भारतीय पक्षले नेपाली पक्षलाई शरणार्थी र केएलओ ‘थ्रेट' बारे बढी सजग रहन आग्रह गरेपछि संयुक्त गस्ती सुरु भएको स्रोतको दाबी छ। 

झापाका संवदेनशील मानिने कुमरखोद, टाँघनडुब्बा र भद्रपुरदेखि मेचीनगर–बाहुनडाँगीसम्मको क्षेत्रमा अहिले संयुक्त गस्ती चलिरहेको छ। तर, झन्डै महिना दिन लामो अवधिमा संयुक्त गस्ती टोलीले अतिक्रमित दसगजा खाली गराउन भने पहल गरेको छैन। ‘मुख्य अभिष्ट नै त्यो होइन,' जिल्ला प्रशासन झापाका एक अधिकारी भन्छन्, ‘भित्री लक्ष्य अर्कै हो। तर, अहिलेसम्म खास उपलब्धि केही पनि भएको छैन।' 

त्यसो त मंसिर पहिलो साता गृहसचिव सूर्यप्रसाद सिलवाल नेतृत्वको उच्चस्तरीय टोलीले पूर्वी सीमाको सुरक्षा अवस्था निगरानी गरेको थियो। पूर्वका सुरक्षा अंगका प्रमुखसहित आएको टोलीले जिल्लाका विभिन्न संवेदनशील क्षेत्रको अनुगमनसमेत गरेको थियो। सिलवालले झापाका सुरक्षा अधिकारीहरूसँग डेढ घन्टाभन्दा लामो गोप्य छलफल पनि गरेका थिए। यसको मुख्य कारण केएलओ नै भएको स्रोतको भनाइ छ। ‘यसबारे नेपाल–भारत दुवै तर्फको सुरक्षा अंग सचेत छन्', झापाका एक सुरक्षा अधिकारीले भने।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस