काठमाडौं–तराइमा देखिएको समस्या समाधान गर्न सुशील कोइराला नेतृत्वको सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको विधेयक अघि बढाउन प्रमुख दल सहमत भएका छन्।सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख दलको बैठकले संविधान संशोधन गर्नुअघि मधेसी दलसँग सहमति गर्ने निर्णय गरेको कांग्रेस कार्यवहाक सभापति रामचन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार मधेसी दललाई सहमतिमा ल्याएर संधिवान संशोधन प्रस्ताव तत्काल अघि बढाउन दलहरुबीच सहमति जुटेको हो। मधेसी दलसँग शीर्ष तहमा छलफल गरी उनीहरुको माग संविधान संशोधनमार्फत नै समाधान गर्ने तयारी भएकोछ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले मधेसको माग सम्बोधन गर्न भन्दै संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको थियो। एमालेसमेत सहभागी भएको सरकाले दर्ता गराएको संविधान संशोधन विधेयक पारित गर्न दबाब दिने निर्णय गरिसकेको छ। अघिल्लो सरकारले समानुपातिक समावेशिताको सुनिश्चितता, प्रत्येक जिल्लामा एक निर्वाचन क्षेत्र नघट्ने गरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नेलगायतका विषयमा संधिवान संशोधन गर्ने प्रस्ताव सो विधेयकमा उल्लेख छ। तर वर्तमान सरकाले सो विधेयक अघि नबढाएको भन्दै कांग्रेसले संसदमा नै दबाबमूलक भूमिका खेल्ने निर्णय गरेको थियो। संसद बैठक अागामी बिहीबार बस्दैछ। अाफ्ना माग पुरा नगरेकाे भन्दै मधेसी माेर्चा अाबद्ध दलले संसद बैठक अबराेध गर्दै अाएका छन्।