सबैलाई समेटेर अघि बढ्न देउवालाई सुझाव
३१ असार २०७९
•
४ मिनेट पाठ
सबैलाई समेटेर अघि बढ्न देउवालाई सुझाव
नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्रको एकतालाई अझ मजबुत बनाउँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।




सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकतर नेताले बिहीबार स्थानीय तह निर्वाचनमा भएको गठबन्धनजस्तै प्रदेश र प्रतिनिधिसभामा पनि हुन्छ भन्ने मानसिकता पार्टीका नेता तथा कार्यकर्तामा रहेकाले त्यसमा आशंका थप्ने काम गर्न नहुने तर्क गरेका हुन्।

स्थानीय तह निर्वाचनपछि गठबन्धनको माहोल निर्माण भएको जिकिर गर्दै केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले भने, ‘तालमेलका विषयमा माहोल र मानसिकता पार्टीका नेता तथा कार्यकर्ताले मात्र होइन, मतदाताले पनि बनाइसकेका छन्। अब गठबन्धन गर्ने कि नगर्ने भनेर त्यसलाई बिगार्ने र द्विविधा खडा गर्ने काम नगरौं ।’ चुनावी तालमेल गर्दा गठबन्धनमा रहेका राजनीतिक दलसँग विगतको भएका कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने उनको तर्क छ।

‘हामीले नगरे पनि अर्कोले तालमेल गरेर जान्छ,’ उनले भने, ‘कमजोरी छन् भने सुधार गरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म पनि अहिलेको समीकरणलाई निरन्तरता दिनुपर्छ।’ बैठकमा पूर्वसभापतिसमेत रहेका केन्द्रीय सदस्य विमलेन्द्र निधिले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम पार्टीको पक्षमा ल्याउन पाँच दलबीच मात्र तालमेल गरेर नहुने धारणा राखे।

पार्टीभित्रको एकता र सहकार्य बढी जरुरी रहेको भन्दै निधिले भने, ‘कांग्रेसमा सभापतिबाहेक शक्ति केन्द्र र उपकेन्द्र धेरै छन्। निर्वाचन जित्न र संगठन सुदृढीकरणका लागि पार्टीभित्र रहेका केन्द्र र उपकेन्द्रलाई एकताबद्ध गरेर लैजानु अत्यावश्यक छ ।’ स्थानीय तह निर्वाचनमा जितेभन्दा पनि प्रदेश र संघको निर्वाचनमा बढी मत ल्याउने उद्देश्य लिई काम गर्नुपर्नेमा निधिले जोड दिए।

केन्द्रीय सदस्य बलबहादुर केसीले गठबन्धन गर्ने/नगर्ने भन्नेबारे पार्टीभित्रै विभाजित हुन आवश्यक नरहेको बताए। गठबन्धन गर्ने कि नगर्ने भनेर बहस र छलफलभन्दा पनि कांग्रेसभित्रको एकता आवश्यक रहेको औंल्याउँदै केसीले भने, ‘कांग्रेस एकढिक्का हुनुपर्छ। गठबन्धन गर्ने कि नगर्ने भनेर विभाजित हुनु आवश्यक छैन। सभापतिले सबैलाई मिलाएर लानुपर्छ।’

स्थानीय तह निर्वाचनमा पार्टी उम्मेदवारलाई सहयोग नगर्नेमाथि कारबाही गर्नुपर्ने माग उठिर हेका बेला नेता केसीले भने अरू दलमा भोट हाल्न सिकाउने सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई नै कारबाही गर्नुपर्ने धारणा राखे। ‘गठबन्धन भएका ठाउँमा स्वतन्त्र उठेका र असहयोग गरेकालाई कारबाही गर्ने हो भने सबैभन्दा पहिला शेरबहादुरजी र रामचन्द्रजीलाई गर्नुपर्छ,’ केसीले भने, ‘किनभने उहाँहरूले नै हामीलाई अन्त भोट हाल्न सिकाउनुभएको हो।’

अर्का केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको १४औं महाधिवेशनबाट देउवा निर्वाचित भए पनि सबैको सभापति बन्न नसकेको र विधिविधानअनुसार संगठन चलाउन नसकेको आरोप लगाए। बैठकमा १० बुँदे धारणा राख्दै केसीले पार्टी सभापतिका निकटतम प्रतिस्पर्धीलाई केन्द्रीय कार्यालयमा कार्यकक्ष नै नदिएको गुनासो पोखे। विगतमा रामचन्द्र पौडेललाई कार्यकक्ष दिए पनि शेखर कोइरालालाई छुट्टै कोठा नदिइएको भन्दै उनले भने, ‘यहीँ ठाउँ भए हामी होटलतिर जान्नौं, छलफल गर्न पार्टी कार्यालयमै बस्छौं।’

पार्टी महामन्त्रीहरूसमेत गुट भेलामा सहभागी भएको भन्दै सदस्यहरूले आलोचना गरिरहेका बेला केसीले त्यसको बचाउ गर्दै विगतमा देउवाले पनि यस्तै भेला गर्ने गरेको तर्क गरे। स्थानीय तह निर्वाचनमा कांग्रेसले सन्तोषजनक उपलब्धि हासिल गरेको भन्दै केसीले भने, ‘तथापि पार्टी अन्तरघातबाट मुक्त रहन सकेन। यसको कारक पक्षलाई जरैदेखि समाप्त गर्नु आवश्यक छ।’

बैठकमा केन्द्रीय सदस्य नारायण खड्काले विचार नमिल्ने देशसँग पनि सहकार्य हुने गरेको भन्दै स्थानीय तह मात्र होइन, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मुलुकभित्रका दलहरूसँग चुनावी तालमेल गरेर जाँदा फरक नपर्ने तर्क गरे। गठबन्धन विश्वव्यापी मान्यता बन्दै गएको तर्क गर्दै खड्काले भने, ‘स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा राम्रो नतिजा आएको छ। संघ र प्रदेशमा पनि गठबन्धन गरेर जानुपर्छ।’

बैठकमा केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, सुनिलबहादुर थापा, अम्बिका बस्नेत, मीनाक्षी झा, सुजाता परियार, चीनकाजी श्रेष्ठ, ध्यानगोविन्द रञ्जित, रमा कोइराला (पौडेल), अर्जुनजंगबहादुर  सिंह, उमेश श्रेष्ठ, मञ्जुकुमारी यादव, जानकी सिंह, सुशीला भट्ट मिश्र, गंगालक्ष्मी अवाल, सीताकुमारी राना र सुशीला ढकाल (आचार्य) ले आ–आफ्नो धारणा राखेका छन्। बैठक शनिबार १ बजे फेरि बस्नेछ। 
अर्को समाचार
कांग्रेस नेता पौडेलको निधन
३० चैत्र २०८०
•
१ मिनेट पाठ
कांग्रेस नेता पौडेलको निधन
नेपाली कांग्रेसका नेता खेमराज पौडेलको निधन भएको छ। फोक्सोको क्यान्सरबाट पीडित पौडेलको फेवासिटी अस्पतालमा उपचारका क्रममा आज ८१ वर्षको उमेरमा निधन भएको हो। उनी त्यागी र निष्ठावान् राजनीतिज्ञ एवं सामाजिक व्यक्तित्वका रूपमा परिचित थिए।




कास्कीको तत्कालीन पुम्दीभुम्दी गाविस हाल पोखरा महानगरपालिका–२२ पुम्दीमा बस्दै आएका पौडेल विद्यार्थी कालदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सहभागी थिए। उनका पत्नी, दुई छोरा र दुई छोरी छन्।

पौडेलको आजै सेती नदी घाटमा अन्त्येष्टि गरिने र अन्त्येष्टिअघि पार्थिव शरीर नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिने छ। उनी प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला प्रधानमन्त्री रहेकै समयमा २०१७ सालमा कास्की क्षेत्र नं ९९ को अधिवेशनमा सहभागी भएका थिए।

त्यसयता निरन्तर पार्टीका विभिन्न जिम्मेवारीमा रहेका पौडेल कांग्रेस विभाजन हुँदा शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिकका कास्की सभापति बनेका थिए।

लामो समय राजनीतिमा खटिए पनि लाभको पद नलिएका पौडेल तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेकपा (एमाले) की उम्मेदवार विद्या भट्टराईसँग पराजित भएका थिए।

नेपाली कांग्रेस कास्की, नेपाली कांग्रेस पोखरा महानगरसमिति र विभिन्न एकाइले पौडेलको निधनप्रति दुःख व्यक्त गरेका छन्। 
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस