काठमाडाैं-प्रमुख तीन दल र मधेसी मोर्चाको कर्यदलबीच सिंहदरबारमा बैठक चलिरहेको छ। दिउसो पाैने चारबजेदेखि चलेको बैठकमा तीनदलका तर्फबाट कर्यदलमा सहभागी नेपाली कांग्रेसका महेश अाचार्य, उपप्रधान तथा रक्षामन्त्री एवं नेकपा एमालेका प्रतिनिधि भीम रावल, एमाअोवादीका कृष्णबहादुर महरा र अग्नी खरेल सहभागी छन्।मोर्चा तर्फबाट सद्भावनाका लक्ष्मणलाल कर्ण, तमलोपाका हृदेश त्रिपाठी, तमसपाका रामनेरश राय र संघीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठको अनुपस्थितिमा मंगलसिद्धि मानन्धर बैठकमा सहभागी छन्। बैठक व्यवस्थापिक संसद सचिवालयमा चल्दैछ।
अर्को समाचार
सिंहदरबारमा कार्यदलको बैठक जारी
अर्को समाचार
वाम कार्यदलको बैठक सिंहदरबारमा जारी
काठमाडौँ – नेकपा एमाले तथा माओवादीको कार्यदलको बैठक जारी छ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा सुवासचन्द नेम्वाङ, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल लगायत सहभागी छन्।
बैठकमार्फत दुई पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले विशेष निर्देशन दिन लागेका हुन् ।