काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा आइतबार आठदिने भ्रमणका लागि चीन जाँदैछन्। प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी राधिका शाक्य, उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, व्यवस्थापिका–संसदका सदस्य, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, नेपाल सरकार वरिष्ठ अधिकारी, व्यापारी र सञ्चार प्रतिष्ठानका प्रतिनिधि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणक्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्नेछन्।
प्रधानमन्त्री ओली चैत ८ गते चीनको जनबृहत प्रेक्षालयमा आयोजना हुने स्वागत समारोहमा सरिक हुनेछन्। प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी लीसँग वार्तामा पारस्परिक हित र साझा चासोका विषयमा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ।
औपचारिक वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा दुवै मुलुकका उच्च अधिकारीले हस्ताक्षर गर्नेछन्। लीले प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन दिवाभोज आयोजना गर्नेछन्।
प्रधानमन्त्रीले चाइनिज पिपल्स पलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका अध्यक्ष यु झेङसेङसँग भेटवार्ता गर्ने र रेनमिन विश्वविद्यालयमा विद्वत्वर्ग, प्राज्ञ एवं व्यापारीवर्गको उपस्थितिमा आयोजना हुने 'बेल्ट एन्ड रोड इनिसिएटिभ्स' सन्दर्भमा नेपाल–चीन सम्बन्ध विषयक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।
ओलीको उपस्थितिमा सांघाई सहयोग संगठन (एससिओ) को संवाद साझेदारी प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ। उनले चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषदमा नेपाली र चिनियाँ व्यापारीको उपस्थितिमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
चीनका लागि नेपाली राजदूत महेश मास्केले चैत ९ गते बेइिजिङस्थित नेपाली दूतावासमा आयोजना गर्ने स्वागत भोजमा ओली सरिक हुनेछन्। सोही समारोहमा उनले सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्रले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्रीले हेनान प्रान्तको बोआओमा आयोजना हुने एसियाका लागि बोआओ मञ्चको 'एसियाको नयाँ भविष्य : नवीन आयाम, नवीन दृष्टिकोण' विषयक सम्मेलनलाई चैत ११ गते सम्बोधन गर्ने छन्। सोही दिन अपराह्न सान्याको नान्सान उद्यानस्थित नेपाल मण्डपको भ्रमण गर्ने कार्यक्रम छ। उनले सिचुवानको चेङ्दु र सान्सी प्रान्तको सियानमा प्रान्तीय एवं नगरपालिकाका नेतालाई भेट्नुका साथै व्यापारी समुदायलाई सम्बोधन गर्नेछन्। भ्रमण सिलसिलामा सिचुवान प्रान्तमा भूकम्प प्रभावित क्षेत्रमा गरिएको पुनर्निर्माण र जलविद्युत् आयोजनाको अवलोकन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली चैत १४ गते चेङ्दुबाट स्वदेश फर्कने कार्यक्रम छ।