कामनपालाई नापी विभागको जवाफ: भूमिगत टुकुचाको रेखांकन गर्न मिल्दैन
०६ असोज २०७९
•
४ मिनेट पाठ
कामनपालाई नापी विभागको जवाफ: भूमिगत टुकुचाको रेखांकन गर्न मिल्दैन
नापी विभागले जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म भूमिगत भएको टुकुचा खोलाको सतहको रेखांकन गर्न कानुनी रूपमा नमिल्ने जवाफ काठमाडौं महानगरपालिकालाई दिएको छ। काठमाडौं महानगरपालिकाले अघिल्लो साता टुकुचा खोला भूमिगत भएको स्थानमा रेखांकन गर्न आग्रह गर्दै नापी विभागलाई चिठी पठाएको थियो।  




२०३२ सालमा गरिएको नापनक्सामा जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म टुकुचा खोला नदेखिएकाले त्यहाँ रेखांकन गर्न नमिल्ने जवाफ विभागले महानगरपालिकालाई दिएको हो। ‘महानगरपालिकाले जय नेपाल हलदेखि कमलादी मोडसम्म भूमिगत भएको टुकुचाको रेखांकन गर्न हामीलाइ चिठी लेखेर आग्रह गरेको थियो’, विभागका सूचना अधिकारी दामोदर ढकालले नागरिकसँग भने, ‘नक्सामा नदेखिएको स्थानमा खोलाको रेखांकन गर्न कानुनी रूपमा मिल्दैन भनेर हामीले महानगरपालिकालाई प्रस्टसँग भनेका छौं।’

विभागका अनुसार काठमाडौंमा २००० सालमै भूमिको नापजाँच भएको थियो। त्यसपछि २०२१ र २०३२ सालमा जग्गा नापजाँच गरिएको थियो। २००० सालमा काठमाडौंभरि नापजाँच गरी मौजा नक्सा तयार गरिएको थियो। तर त्यसबेला जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्मको जग्गा नारायणहिटी दरबार र राणाकालीन दरबार क्षेत्रमा पर्ने भएकाले त्यहाँ नाप नापजाँच गरिएन।

महानगरपालिकाले जय नेपाल हलदेखि कमलादी मोडसम्म भूमिगत भएको टुकुचाको रेखांकन गर्न हामीलाई चिठी लेखेर आग्रह गरेको थियो। नक्सामा नदेखिएको स्थानमा खोलाको रेखांकन गर्न कानुनी रूपमा मिल्दैन भनेर हामीले महानगरपालिकालाई प्रस्टसँग भनेका छौं। दामोदर ढकाल सूचना अधिकारी, नापी विभाग

२०३२ सालमा गरिएको नापजाँचमा जय नेपाल हलदेखि कमलादी मोडसम्मको ४ सय ४० मिटरमा टुकुचा खोला देखाइएको छैन। ‘त्यस क्षेत्रको जग्गा कानुनीरूपमै व्यक्तिका नाममा दर्ता गरी लालपुर्जा र नक्सा तयार गरेको देखिएको छ’, सूचना अधिकारी ढकालले भने, ‘रेखांकन गर्ने विषय नक्सामा भएको विवरणका आधारमा जमिनमा देखाउने काम हो। तर २०३२ सालमै नापजाँच भइसकेको जमिनमा उचाइ र गहिराइ मापन गर्न मिल्दैन।’ उचाइ र गहिराइ मापन गर्ने अधिकार कानुनी रूपमा नापी विभागलाई नभएको ढकालले बताए।  

महानगरपालिकाले चिठी लेखेपछि विभागले यस सम्बन्धमा भूमि व्यवस्था मन्त्रालयलाई जानकारी गराएको थियो। त्यसपछि मन्त्रालयले सहसचिव जनक जोशीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलले भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठलाई प्रतिवेदन बुझाएको संयोजक जोशीले बताए। कार्यदलमा नापी विभाग र भूमि व्यवस्थापन विभागका प्रतिनिधिसमेत थिए।  

कार्यदलले प्रतिवेदन बुझाएपछि मन्त्रालयले मंगलबार महानगरपालिका र नापी विभागका प्रतिनिधिलाई बोलाएर छलफल गरेको थियो। छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित उच्च कर्मचारी सहभागी थिए। छलफलमा पनि विभागका अधिकारीले टुकुचा भूमिगत भएको स्थानमा रेखांकन गर्न नमिल्ने बताएका थिए।

‘नापीका कर्मचारीले सतहको जमिन मात्र नापजाँच गर्छन्। सतहमुनि अथवा सतहमाथिको भाग नापजाँच गर्ने अधिकार नापीलाई हुँदैन’, विभागका एक उच्च अधिकारीले भने, ‘नागढुंगामा अहिले सुरूङ मार्ग बनिरहेको छ। सुरूङ मार्गमाथिको जमिन विभिन्न व्यक्तिका नाममा दर्ता भएको छ। मानौं एक सय वर्षपछि सुरुङ मार्गमाथिको जग्गा अतिक्रमण भयो भन्दै सरकारले बिनामुआब्जा अधिग्रहण गर्न मिल्छ कि मिल्दैन ?’  

विभागका अर्का एक कर्मचारीका अनुसार १९४७ सालमा राणा प्रधानमन्त्री वीरशमशेरले लालदरबार बनाउने क्रममा जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म टुकुचा खोलालाई भूमिगत बनाइएको थियो। टुकुचा खोलालाई भूमिगत बनाएपछि त्यसमाथिको जग्गा कानुनी रूपमा व्यक्तिका नाममा दर्ता गरिएको थियो। ‘त्यो राणाकालीन सरकारको निर्णय हो। त्यो निर्णय अहिलेको सरकारले उल्ट्याउन सक्छ, जमिन अधिग्रहण गर्न पनि सक्छ। तर मुआब्जा दिएर जग्गा अधिग्रहण गर्नुपर्छ’, विभागका ती कर्मचारीले भने, ‘अहिले टुकुचा खोलाको जमिन अतिक्रमण भयो भनेर प्रचार गरिँदैछ। तर त्यो अतिक्रमण होइन। कानुनी रूपमै व्यक्तिका नाममा नापनक्सा र लालपुर्जा भएको जग्गालाई कसरी अतिक्रमण भएको भन्ने ?’

कार्यदलले बुझाएको प्रतिवेदनमा टुकुचा खोला भूमिगत भएको ठाउँमा रेखांकन गर्नुपरे एउटा उच्चस्तरीय समिति गठन गरी त्यसले दिने सुझावका आधारमा प्रक्रिया अघि बढाउन सिफारिस गरिएको छ। प्रतिवेदनले यसरी गठन हुने उच्चस्तरीय समितिमा पुरातत्व विभाग, खानी तथा भूगर्भ विभाग, खानेपानी संस्थान, ढल तथा निकास विभाग, नेपाल विद्युत् प्राधिकण, गृह मन्त्रालय र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयका प्रतिनिधिलाई राख्न सुझाव दिएको छ। ‘नक्सा नभएको ठाउँमा रेखांकन गर्न सकिन्न’, मन्त्रालयका प्रवक्तासमेत रहेका कार्यदललका संयोजक जोशीले नागरिकसँग भने। महानगर भने जय नेपालदेखि कमलादी मोडसम्म टुकुचा खोलाले ओगटेको जमिन अतिक्रमण भएको भन्दै त्यहाँ बनेका संरचना हटाउने अभियानमा छ।
अर्को समाचार
चुच्चे नक्सा अनुसारको क्षेत्रफल अझै भएन सार्वजनिक
०७ माघ २०७८
•
३ मिनेट पाठ
चुच्चे नक्सा अनुसारको क्षेत्रफल अझै भएन सार्वजनिक
२०७७ जेठमा सरकारले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्‍यो तर नयाँ नक्साअनुसार मापन गरिएको नेपालको आधिकारिक क्षेत्रफल भने अझै सार्वज्निक गरिएको छैन।




नयाँ नक्सा जारी भएलगत्तै २०७७ असारमा भूमि व्यवस्था मन्त्रालयले नयाँ नक्सा अनुसार नेपालको आधिकारिक क्षेत्रफल मापन गर्न नापी विभागलाई लिखित निर्देशन दिएको थियो। मन्त्रालयको निर्देशनपछि विभागले चुच्चे नक्सा अनुसार नेपालको क्षेत्रफल मापन गरेर २०७७ असोजमा मन्त्रालयमा रिपोर्ट बुझाएको थियो। उक्त रिपोर्ट गोप्य राखिएको छ।

विभाग स्रोतका अनुसार क्षेत्रफल मापन गर्न विभागका प्राविधिकले जिआइएस (जोग्राफिक इन्फरमेसन सिस्टम)बाट चुच्चे नक्सा अनुसारको नेपालको क्षेत्रफल मापन गरेका थिए। जिआइएस सिस्टमबाट मापन गर्दा फिल्डमा नगएर पनि वास्तविक क्षेत्रफल मापन गर्न सकिने विभागका एक उच्च कर्मचारी बताउँछन्। तत्कालीन भूमि व्यवस्थामन्त्री पद्मा अर्यालको पनि यसमा विशेष चासो रहेको विभागका ती कर्मचारी बताउँछन्।

विभागले मन्त्रालयमा रिपोर्ट बुझाएको १ वर्ष पूरा भइसकेको छ तर मन्त्रालयले यसलाई सार्वजनिक गर्न पहल गरेको छैन। विभागका सूचना अधिकारी दामोदर ढकालले चुच्चे नक्सा अनुसार क्षेत्रफल मापन गर्न मन्त्रालयबाट विभागलाई निर्देशन आएको र उक्त निर्देशनअनुसार क्षेत्रफल मापन गर्ने जिम्मेवारी विभागले पूरा गरेको बताए।

मन्त्रालय उच्च स्रोतका अनुसार नयाँ नक्सा अनुसार नेपालको क्षेत्रफल १ लाख ४८ हजार ७ वर्ग किमि कायम गरिएको छ। नयाँ नक्सा जारी हुनुअघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ मानिएको थियो। यो अहिलेको क्षेत्रफल होइन।

भूमि व्यवस्था मन्त्रालय स्रोतका अनुसार विभागबाट रिपोर्ट आएपछि २०७७मै तत्कालीन भूमि व्यवस्था मन्त्रालयका उच्च कर्मचारीहरूले क्षेत्रफल सार्वजनिक गर्ने विषयमा परराष्ट्रका अधिकारीहरूसँग कुराकानी पनि गरेका थिए। २०७८ वैशाख १ गते नापी विभागले गरेको एक सार्वजनिक कार्यक्रममा तत्कालीन भूमि व्यवस्था सचिव टेकनारायण पाण्डेले चुच्चे नक्सा अनुसारको क्षेत्रफल सार्वजनिक गरिने बताएका थिए। अहिले उनी गृहमा छन्।

कानुनअनुसार, क्षेत्रफल सार्वजनिक हुनुअघि विभागले तयार गरेको सो प्रस्ताव मन्त्रिपरिषद्ले पास गर्नुपर्छ। मन्त्रिपरिषद्मा प्रस्ताव लैजानुअघि भूमि व्यवस्था मन्त्रालयका सचिव संयोजक रहेको नाप नक्सा समितिले प्रस्ताव पास गर्नुपर्ने कानुनमा व्यवस्था छ।

समितिमा नापी विभागका महानिर्देशक सदस्यसचिव हुने व्यवस्था जग्गा नापजाँच नियमावली २०५८ मा गरिएको छ। नियमावलीअनुसार नापजाँच समितिमा कानुन, रक्षा, गृह तथा परराष्ट्र मन्त्रालयका सहसचिव सदस्य हुने व्यवस्था छ। यसैगरी, त्रिभुवन विश्वविद्यालय भूगोल विभागका प्रमुख पनि उक्त समितिको सदस्य हुने व्यवस्था नियमावलीमा छ। मन्त्रालय स्रोतका अनुसार अहिलेसम्म नाप नक्सा समितिको बैठक समेत बोलाइएको छैन। यसबीचमा भूमि व्यवस्था मन्त्रालयमा नेतृत्व फेरिएको छ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारकै पालामा करिब एक वर्षअघि पाठ्यक्रम विकास केन्द्रले तयार गरेको विद्यालय तहमा पढाइ हुने एक पुस्तकमा कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहित नेपालको क्षेत्रफल ४ सय ६० दशमलव २८ वर्गकिलोमिटर थप गरिएको थियो।

माध्यामिक तहसम्म पढाइ हुने ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्यायन सामग्री’ पुस्तक तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक गरेका थिए। पुस्तकमा नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६ सय ४१ दशमलव २८ वर्ग किलोमिटर रहेको उल्लेख गरिएको थियो।

पुस्तकका लेखक कोमलचन्द्र बराल हुन्। पुस्तकमा राखिएको प्रस्तावलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अधिकारीहरूले गम्भीर आपत्ति प्रकट गरेपछि प्रधानमन्त्री कार्यालयले उक्त पुस्तक बजारमा नपठाउन निर्देशन गरेको थियो। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि उक्त पुस्तक पाठयक्रमबाट हटाइएको थियो। निर्देशन दिनुअघि नै पाठ्यक्रम विकास केन्द्रले  हजारौं प्रति उक्त पुस्तक प्रेसमा छापिसकेको थियो ।
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस