कैलालीमा चुनावी प्रतिस्पर्धा रोचक बन्दै
२७ असोज २०७९
•
५ मिनेट पाठ
कैलालीमा चुनावी प्रतिस्पर्धा रोचक बन्दै
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कैलाली जिल्लामा विभिन्न दलले गठबन्धन गरेर प्रत्यासी उठाइएपछि प्रतिस्पर्धा भिन्न र रोचक बन्ने देखिएको छ।  




नेपाली कांग्रेससहितको बाम—लोकतान्त्रिक गठबन्धनले भागबन्डा गरेर आ–आफ्ना उम्मेदवार उठाउँदा (नेकपा एमाले) ले पनि प्रदेश सभाका केही क्षेत्रमा जनता समाजवादीसँग तालमेल गरेर उम्मेदवार  उठाएपछि चुनावी प्रतिस्पर्धा विगतको भन्दा भिन्न र रोचक देखिएको हो। स्थानीयवासी विष्णु भाटले गठबन्धन गरेर निर्वाचनमा जाँदा प्रतिस्पर्धामा यस्तो स्थिति देखिनु स्वभाविक भएको बताउँछन्।  

उनी भन्छन्ः 'गाग्रीभरिको पानी सानो मखमा खन्याउनुपर्ने जस्तो गरी सानो दलका उम्मेदवारलाई ठूलो दलसमर्थित मतदाताले मत दिनुपर्दा चुनाव रोचक बन्दैछ।' अर्का मतदाता बामदेव जोशी पनि  स्थिरता र विकासका लागि स्वच्छ छवि भएका इमान्दार उम्मेदवार छान्ने मौका आएकाले सचेत भएर मतदान गर्नुपर्ने समय आएको बताउँछन्। एउटै निर्वाचन क्षेत्रमा धेरै उम्मेदवार हुँदा मतदाता कसलाई मतदिने भनेर केही अलमलमा परेका छन् भन्दै उनी जोड दिन्छन्, 'विगतका निर्वाचनमा भन्दा अहिले मतदाता निकै सचेत भइसकेकाले यो चुनावमा सक्षम र इमान्दार उम्मेदवारलाई मतजाने देखिन्छ।'  

सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित दलले आपसमा मिलेर चुनावमा उम्मेदवार उठाएका छन्।  एमाले र जनता समाजवादी पार्टीले पनि कैलालीको प्रदेशसभाका केही क्षेत्रमा आपसमा तालमेल गरेर उम्मेदवार उठाएका छन्। प्रतिनिधिसभातर्फ कांग्रेसले क्षेत्र नं १, ४, र ५, माओवादीले क्षेत्र नं २ र ३ मा उम्मेदवार उठाएको छ। एकीकृत समाजवादीले भने जिल्लाका दुई प्रदेशसभामा मात्र उम्मेदवार उठाएको छ।  

सांङ्गठनिक रुपमा जिल्लामा अन्य दलको तुलनामा कमजोर रहेको जनमोर्चा नेकपा एमालेले प्रतिनिधिसभाका सबै (पाँच क्षेत्र) मा उम्मेदवार उठाएको छ। उसले प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा जनता समाजवादीसँग तालमेल गरेको छ। गएको स्थानीय तहको निर्वाचनमा चार वटा पालिका प्रमुख जितेर पहिलो शक्ति बनेको नागरिक उन्मुक्ति पार्टीले सबै क्षेत्रमा उम्मेदवार उठाएको छ।

जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपा, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, लोकतान्त्रिक समाजवादी पार्टी, सङ्घीय तोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि कतिपय क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै कैलाली जिल्लाका प्रत्यासीले प्रचारप्रसार गरेर मतदातालाई रिझाउन सुरु गरिसकेका छन्। प्रचारप्रसारका साथै उम्मेदवारहरु बैठक, भेला, प्रशिक्षण, छलफल, अन्तक्र्रियामा केन्द्रित भइरहेका छन्। त्यस्ता कार्यक्रममा उम्मेदवारलाई कसरी विजयी बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने गरेको नेता कार्यकर्ताले बताएका छन्।    

विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले टिकट वितरणमा असन्तुष्ट हुँदै पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन् भने कतिपयले आफ्नो उम्मेदवारी फिर्ता पनि लिएका छन्। कैलालीको प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र ५ (धनगढी क्षेत्र) बाट धेरैले स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाले यो क्षेत्रको निर्वाचनलाई आम मतदाताबाट चासो र उत्सुकतापूर्वक हेर्न थालिएको छ।  

प्रदेशको राजधानी, सहर र प्रदेशको एकमात्र उपमहानगरपालिका रहेकोले पनि यो क्षेत्रको चुनावलाई बढी चासोपूर्वक हेर्न थालिएको हो। पाँच वर्षअघि यो निर्वाचन क्षेत्र (धनगढी) बाट उम्मेदवार बनेकी कांग्रेस नेत्री डा. आरजु राणा देउवालाई अन्तर्घात गरेर पराजित बनाएको भन्दै कांग्रेसको कारबाही परेका पूर्वराज्यमन्त्री पुस्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दिएपछि चासो थप बढेको हो।  

राणाका सहयोगी एवं कांँग्रेसका युवा नेता प्रकाशबहादुर देउवाले यसै क्षेत्रको प्रदेशसभातर्फ पार्टीको टिकट पाएको छ भने सोही पदमा  कांग्रेसका युवा नेता क्षितिज भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। सत्यराज उपाध्याय रामबहादुर सिंह,जगदीश चौधरीले पनि प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका हुन्।

यो क्षेत्रको प्रदेशसभामा एमालेका नेता नारदमुनी राना, सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराज पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीका ईश्वरी विष्ट, लोकतान्त्रिक समाजवादी पार्टीका दानबहादुर विश्वकर्मा, नेमकिपाका नन्दाकुमारी दर्लामीमगरले पनि उम्मेदवारी दिएका छन्। नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण चौधरीले दिएको उम्मेदवारी भने खारेज भएको छ। यो क्षेत्रको प्रदेशसभामा टिकट पाएका एमालेका यज्ञराज बास्तोलाको टिकट खोसिएपछि सो पार्टीमा पनि असन्तुष्टि बढेको छ। बास्तोलाले पार्टीसमेत परित्याग गरेका छन्।  

कैलालीमा झण्डै दश हजार नयाँ मतदाता थप

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनपछि कैलाली जिल्लामा दश हजार तीन सय ८९ नयाँ मतदाता थपिएका छन्। नयाँ थपिएकासमेत जिल्लामा जम्मा मतदाता सङ्ख्या पाँच लाख ३५ हजार पाँच सय १४ पुगेका  छन्। यीमध्ये दुई लाख ६१ हजार पुरुष र दुई लाख ७३ हजार आठ सय ८३ महिला मतदाता छन्। अन्य मतदाता ११ जना छन्।

निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभाको निर्वाचन क्षेत्र १ मा एक लाख छ हजार सात सय तीन , क्षेत्र नं २ मा एक लाख चार हजार नौ सय छ, क्षेत्र नं ३ मा एक लाख सात हजार छ सय ५९, क्षेत्र न ४ मा एक लाख दश हजार चार सय ५३ र क्षेत्र नं ५ मा एक लाख पाँच हजार सात सय ९३ मतदाता छन्।  

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र १ को  (क) मा ५१ हजार सात सय २९ र (ख) मा ५४ हजार नौ सय ७३ मतदाता छन्। यस्तै निर्वाचन क्षेत्र २ को (क) मा ५० हजार नौ सय छ,(ख) मा ५३ हजार नौ सय ९८, निर्वाचन क्षेत्र नं ३ को  (क) मा ५३ हजार दुई सय ८५ (ख) मा ५४ हजार सात सय ३०, निर्वाचन क्षेत्र ४ को (क) मा ५३ हजार छ सय ५४ (ख) मा ५६ हजार सात सय ९८ र निर्वाचन क्षेत्र ५ को  (क)  मा ५२ हजार ४६ र (ख) मा ५३ हजार सात सय ४४ मतदाता छन् ।

जिल्लाभरी दुईसय ३७ मतदानस्थलमा छ सय २९ मतदान केन्द्रको व्यवस्था गरिएको छ। मङ्सिर ४ गते हुने निर्वाचनका लागि जिल्लाका पाँच निर्वाचन क्षेत्रबाट ४८ उम्मेदवार र दश प्रदेश सभाको निर्वाचनका लागि ७८ जनाबीच प्रतिस्पर्धा हुँदैछ। 
अर्को समाचार
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
२ मिनेट अघि
•
१ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्यालले नेपाली राजनीतिमा गालीगलौज, असहिष्णुता र उखानटुक्काको प्रयोग बढ्नुमा एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिका रहेको बताएका छन्।




उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।

अर्यालले ओलीले विगतमा माधवकुमार नेपालको नाम लिँदा कुल्ला गर्नुपर्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै अहिले नयाँ राजनीतिक शक्तिले पनि अग्रजहरूबाट त्यस्तै संस्कार सिकेको टिप्पणी गरेका हुन्।

'नेपालको राजनीतिमा सबैभन्दा पहिला छुच्चाई, असहिष्णुता, उखानटुक्का र गाली गलाैज प्रवेश गराउने महान व्यक्ति महामहिम केपी ओली नै हुन्। उनले माधव नेपालकाे नाम लिँदा कुल्ला गर्नुपर्छ भनेका हाेइनन् र?' उनले भनेका छन्, 'आज त्यो प्रवृत्ति रास्वपाले सिकेकाे छ। सिक्ने मात्र होइन, सबैलाई जितेको छ। अग्रजहरूले सिकाएकै कुरा नयाँहरूले सिक्ने हो नि! नौलो कुरा के भयो र?' 
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यो पनि पढौँ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस