निर्वाचनमा मतदाताले चार मतपत्रमा मतसंकेत गर्नुपर्ने
०८ कार्तिक २०७९
•
३ मिनेट पाठ
निर्वाचनमा मतदाताले चार मतपत्रमा मतसंकेत गर्नुपर्ने
निर्वाचनमा प्रत्येक मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा आफूले इच्छाएको चुनाव चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रंगको निर्वाचन चिह्न भएको मतपत्र र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रंगको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरेको छ।




प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङ्गको निर्वाचन चिह्न र प्रदेशसभाकै समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रंगको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरिएको छ। आफ्नो परिचयपत्रसहित मतदान केन्द्रमा पुग्ने मतदातालाई सुरुमा प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ।  

यो मतपत्रमा इच्छाएको उमेदवारको चुनाव चिह्नमा मतदाताले मत सङ्केत गरिसकेपछि त्यसलाई पट्याएर नजिकैको ‘एक’ लेखिएको मतपेटिकामा मतपत्र खसाल्नु पर्नेछ। यो मतपत्र खसालिसकेपछि दोस्रो चरणमा निजले पाउने प्रतिनिधिसभाकै समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रमा इच्छाएको राजनीतिक दलको चुनाव चिह्नमा मतदान गरिसकेपछि पट्याएर ‘दुई’ लेखिएको मतपेटिकामा मतपत्र खसाल्नुपर्छ।

तेस्रो चरणमा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ। यो मतपत्रमा इच्छाएको उमेदवार चुनाव चिह्नमा मतदान गरिसकेपछि पट्यएर ‘तीन’ लेखिएको नजिकैको मतपेटिकमा मत खसाल्नुपर्छ। चौथो तथा अन्तिम चरणमा प्रदेशसभाको समानुपातिकतर्फको मतपत्र मतदातालाई उपलब्ध गराउने व्यवस्था गरिएको छ। यो मतपत्रमा मतदाताले आफूले इच्छाएको राजनीतिक दलको निर्वाचन चिह्नमा मत संकेत गरिसकेपछि त्यसलाई पट्याएर ‘चार’ लेखिएको नजिकैको मतपेटिकामा मत खासाल्नुपर्नेछ।

हरेक मतदान केन्द्रमा व्यवस्था गरिने गोप्य कक्षमा राखिएको स्वस्तिक छापले मतदाताले मतपत्रमा मत सङ्केत गर्नुपर्ने व्यवस्था छ। मतदाताले मतदान केन्द्रमा मास्क लगाएर आ–आफ्नो परिचयपत्र साथमा लिएर जानुपर्ने व्यवस्था आयोगले गरेको छ। महिलाले तोकिएको महिलाको लाइनमा र पुरुषले तोकिएको पुरुषको लाइनमा लामबद्ध भई मतदान गर्न पाउने गरी मतदान केन्द्रको व्यवस्थापन गर्न लागिएको छ।

गर्भवती, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी मतदाता लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न पाइने व्यवस्था गरिएको छ। दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणले आफैँ मत सङ्केत गर्न नसक्ने भएको मतदाताको हकमा निजको एकाघर परिवारको सदस्यलाई आफूसँगै मत संकेत गर्ने गोप्य कक्षमा मतदान अधिकृतको अनुमतिमा लैजान सकिने र सो नभएमा मतदान अधिकृतको सहयोग लिन सकिने व्यवस्था छ।

प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले गएको स्थानीय तहको निर्वाचनमा मतपत्र ठूलो आकारको भएको र मत संकेत सात ठाउँमा गर्नुपर्ने कारणले मत संकेत गर्दा कतिपयमा देखिएको अलमलले खसेको मतमा केही बदर हुने समस्या देखिएको हुनसक्ने बताए। उनले भने, 'आउने निर्वाचनमा मतपत्र सानो आकारको रहेको र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्रमा उम्मेदवारी दिएकाहरुको मात्रै चुनाव चिह्नको व्यवस्था गरिएकाले  बदर मत निकै घट्ने विश्वास गरेका छौँ।'

बदरमत घटाउन निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन गर्दै आएको छ। विगतका निर्वाचनको तुलनामा बदर मतको समस्या घट्दै गएको छ। गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा खसेका मतमध्ये पाँच प्रतिशत मत पूर्णरुपमा बदर भएको थियो।

गत निर्वाचनमा कतिपय दल र प्रत्याशीहरुले आपसमा गठबन्धनरतालमेल गरेर प्रतिस्पर्धा गरे पनि त्यो अनुसारको मतदाता शिक्षाबारे मतदातालाई बुझाउन नसक्दा पनि बदर मतको केही समस्या देखिएको हुन सक्ने स्थानीय मतदाता चेतराज भट्टले बताए। निर्वाचनको मिति नजिकिँदै जाँदा सबै प्रत्याशीले आ–आफ्नो पक्षमा मतदातालाई रिझाउन कसरतमा लागेका छन्। रासस 
अर्को समाचार
उदयपुर १ को मत गणना फेरि स्थगित
१२ मंसिर २०७९
•
२ मिनेट पाठ
उदयपुर १ को मत गणना फेरि स्थगित
प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा भेटिएपछि अघिल्लो बिहानदेखि रोकिएको उदयपुर निर्वाचन क्षेत्र नं. १ को गणना अझै सुरु हुन सकेको छैन्। गणना सुचारु गर्ने उदेश्यले २४ घण्टादेखि छलफलमा रहेको सर्वदलीय सहमति भाँडिने गरी दलहरु अघि बढेपछि गणना कार्य सुचारु हुन नसकेको हो।  




मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार बिहान १०ः०० बजे जारी गरेको सूचना अनुसार दिउँसो १ः०० बजेसम्मका लागि गणना पुनः स्थगित गरिएको उल्लेख छ। कार्यालयले आइतबार बिहान ११ः०० बजे एक सूचना जारी गर्दै दिउँसो ४ः०० बजेदेखि गणना सुचारु गर्ने जानकारी दिएको थियो।  

तर, ४ः०० बजेसम्म बैठकले निश्कर्ष निकाल्न नसकेपछि पुनः ७ः०० बजे अर्को बैठक बसेर टुंग्याउने सूचना जारी गरेको थियो। तर, ७ः०० बज्नुअगावै नेकपा (एमाले)लगायत दलहरुले पुन मतदान गनुर््पर्ने तथा नेपाली काँग्रेसलगायत दलहरुले मतगणना तत्काल सुचारु गर्न बेग्लाबेग्लै माग गरेकाले अन्तिम निश्कर्षका लागि आयोगलाई पत्राचार गरिएको कार्यालयले जनाएको छ।  

मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुबेदीले पुनः मतगणना रोक्नुको कारणसहितको एउटा र दिउसो १ः०० बजेसम्म गणना पुनः स्थगित गरिएको अर्को गरी बेग्लाबेग्लै दुईवटा सूचना जारी गर्दैे मतगणना सुचारु गर्न बसेको पटकपटकको सर्वदलीय बैठक निश्कर्षमा पुग्न नसकेको बताएका छन्। आफुले गरेको प्रयास असफल भएपछि अन्तिम निर्णयका लागि निर्वाचन आयोगमा पत्राचार गरेको तर, आयोगबाट कुनै आदेश नआएकाले तत्काल गणना गर्न नसकिएको उनको सूचनामा उल्लेख छ।  

‘दलहरुको बेग्लाबेग्लै प्रकृतिका निवेदनहरुको प्रतिलिपि संलग्न राखी यस कार्यालयबाट रोकिएको गणना सुचारु गर्ने सम्बन्धमा निर्देशनका लागि सम्मानित निर्वाचन आयोगमा अनुरोध गर्दै पत्र पठाएर निदेर्शनको पर्खाइमा १२ गते बिहान १०ः०० बजेसम्मका लागि गणना स्थागित गर्ने सूचना टाँस गरिएकोमा’ सुबेदीद्वारा जारी सूचनामा उल्लेख छ ‘तर, १२ गते बिहान १०ः०० बजेसम्म आयोगबाट कुनै निकासा प्राप्त नभएकाले निकासा प्राप्त हुने अर्को समय अन्जाम गरी १२ गते दिनको १ः०० बजेसम्मका लागि गणना कार्य पुनः स्थगित गरिएको छ।’

जिल्लाका २ नं. क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा क) र ख) तथा १ मा प्रदेशसभातर्फ क) र ख) दुवैको अन्तिम नतिजा ३ दिनअघि नै आइसक्दा उदयपुर १ मा भने यस्तो लफडा आइलागेको हो। १ नं. मा नेपाली काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। गणनाको सुरुवाती चरणदेखि अग्रता लिदै आएका गठबन्धनका उम्मेदवार काँग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्का पछिल्लो परिणाम अनुसार झण्डै २ हजार मतान्तरले अघि छन्।  

आइतबार बिहान ६ः५० बजेसम्मको गणना परिणाम अनुसार खड्काले २७ हजार ४ सय ८४ मत पाएका छन् भने एमालेकी मञ्जुकुमारी चौधरीले २६ हजार ६ सय ५९ मत पाएकी छिन्। ७६ हजार ५ सय ३८ मत खसेको सो क्षेत्रमा ६७ हजार ८२ मत गणना भइसकेको छ। प्रदेशसभातर्फ क) मा माओबादीका राजन किराती (बासु) र ख) मा काँग्रेसका हिमाल कार्की विजयी भइसकेका छन्।  

गणना पुनः स्थगित गरिएको सूचना। 
 
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस