५० हजार रुपैयाँ घुस सहित दुई वन अधिकृत पक्राउ
नागरिक
१२ फागुन २०७१
•
३ मिनेट पाठ
५० हजार रुपैयाँ घुस सहित दुई वन अधिकृत पक्राउ
बागलुङ— काठ व्यवसायीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको टोलीले जिल्ला वन कार्यालय, बागलुङका दुई अधिकृत सहित एक काठ व्यवसायीलाई पक्राउ गरेको छ। जिल्ला वन कार्यालय, बागलुङका प्रमुख सरोजराज पाण्डे र सहायक वन अधिकृत टिकाराम पन्तलाई बागलुङ नगरपालिका—१ मा रहेको ग्रिनल्याण्ड होटलबाट सोमबार राती पक्राउ गरेको हो। अख्तियारको टोलीले घुष दिएको ५० हजार रुपैयाँ समेत बरामद गरेको छ।




बागलुङका फर्निचर तथा काठ व्यवसायीले अख्तियारको टोलीलाई खबर गरेर 'सेटिङ' गरी होटलमा खाजा खान बोलाई अधिकृत द्वयलाई ५० हजार रकम बुझाएका थिए। पत्रकारको रोबहरमा खातलासी गर्दा पाण्डेसँगबाट २५ हजार रुपैयाँ बरामद गरेको थियो। अख्तियारको टोली आएको थाहा पाएपछि पन्तले लिएको २५ हजार अर्का फर्निचर व्यवसायी याम प्रसाद रिजाललेको खल्तीमा हाल्दिएको ती व्यवसायीले बताए। अधिकृत पन्तले आफ्नो खल्तीमा रकम राखिदिएको भन्दै रिजालले २५ हजार रुपैयाँ अख्तियार टोलीलाई देखाएपछि रिजालाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ।पक्राउ परेका पाण्डेले आफूलाई खाजा खान बोलाई मदिरा सेवन गरेपछि बाहिर निस्किने बेलामा आफ्नो खल्तीमा जबरजस्ती २५ हजार रुपैयाँ राखिदिएको दावी गरे। पन्तले भने सो बारेमा आफूलाई जानकारी नभएको बताए ।

अख्तियार श्रोतका अनुसार फर्निचर तथा काष्ठ व्यवसायी संघ बागलुङका अध्यक्ष डम्बर बहादुर सापकोटाको उजुरीको आधारमा टोली काठमाडौंबाट बागलुङ आएको थियो। व्यवसायीले अधिकृत द्वयलाई दिएको ५० हजार रुपैयाँका नोटको पहिलै फोटकपी गरेर राखेका थिए। फर्निचर व्यवसायीले वनका कर्मचारीले आँफुलाई पटक—पटक दुख दिने गरेको गुनासो गरे । अख्तियार टोलीले आँफुहरुसँग प्रशस्त प्रमाण रहेको बताएको छ।

अख्तियार अनुसन्धान आयोग काठमाण्डौका प्रहरी निरिक्षक पुष्पराज जोशी र अख्तियार पोखराका शाखा अधिकृत गोविन्दराज हुमागाईँ नेतृत्वको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
अर्को समाचार
साढे ३ लाख घुस सहित महानगरका अधिकृत पक्राउ
२३ चैत्र २०७१
•
१ मिनेट पाठ
साढे ३ लाख घुस सहित महानगरका अधिकृत पक्राउ
काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका शाखा अधिकृत दीपक अधिकारीलाई ३ लाख ५० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ। भक्तपुर जिल्ला बालकोट-४ स्थित रिनादेवी साहको घरमा तला थप्न नक्सा पास गराइदिने कामका लागि उनले घुस मागेका थिए। अनाधिकृत पैसा मागेपछि अख्तियारमा अधिकारीविरुद्ध उजुरी परेको थियो।




सोही उजुरीका आधारमा खटिएको अख्तियार टोलीले अधिकारीलाई घुस लिइसकेको अवस्थामा ३ लाख ५० हजार रुपैयाँ रकम सहित हिजो आइतबार कामनपा-१० पूजा प्रतिष्ठान मार्गबाट पक्राउ गरेको हो।

पक्राउ परेका अधिकारी बारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस