जितेर गएपछि मुखै देखाउँदैनन् नेताहरू
१९ कार्तिक २०७९
•
५ मिनेट पाठ
जितेर गएपछि मुखै देखाउँदैनन् नेताहरू
काठमाडौंको ताम्सीपाखास्थित पुष्पलाल पार्कमा काठमाडौं महानगरपालिका १८ वडाद्वारा नवनिर्मित राष्ट्रिय विभूति शंखधर साख्वाः र मानवअधिकारवादी पद्मरत्न तुलाधरको अर्धकदको सालिक शुक्रबार अनावरण गर्दै जनकवि दुर्गालाल श्रेष्ठ । तस्बिर: नीलः साय्मि/नागि
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारलाई भोट माग्न भ्याइनभ्याइ छ। जनअभिमत लिएपछि जनताका घरदैलो नटेकेका दलका नेताहरू पाँच वर्षअघि झैं फेरि मत माग्न गाउँ पुगेका छन्, तर त्यस क्षेत्रका मतदातालाई भने निर्वाचनले खासै उत्साहित बनाएको छैन। निर्वाचनको माहोल तात्दै गर्दा उनीहरू भने आफ्नै खेती–किसानी तथा व्यवसायमा व्यस्त देखिन्छन्।




पाँच वर्ष पहिले हाम्रो क्षेत्रबाट उम्मेदवारले चुनाव जितेर गएपछि हाम्रा समस्याबारेमा कुनै चासो नदिएको स्थानीयको गुनासो छ। उनीहरूका अनुसार बेरोजगारलगायतका समस्या छन्, त्यसमा नेताहरूको ध्यानै गएन। किसानका समस्या र दुःख यथावत् छन्। त्यसैले निर्वाचन आएर किसानलाई केही फरक पार्दैन। नेपाली ग्रामीण क्षेत्रमा बाँझो रहेका खेतीयोग्य जमिन प्रयोग गरी कृषि व्यवसायमा उत्पादन बढाउने तथा बन्द भएका कलकारखाना खुला गरी रोजगार सिर्जना गर्नेतर्फ जनप्रतिनिधिले ध्यान दिनुपर्ने किसानको राय छ।

लेलेकै स्थानीय सन्तमाया महर्जन निर्वाचनका बेला उम्मेदवारहरूले जनतालाई आश्वासन बाँड्दै आए पनि निर्वाचित भएर गएपछि मुख नै नदेखाउने गरेको बताउँछिन्। उनी निर्वाचनका बेला मतदाताका समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाए पनि अर्काे निर्वाचन नआएसम्म निर्वाचित जनप्रतिनिधिको मुखसमेत हेर्न नपाएको बताउँछिन्। महर्जन निर्वाचित भएर गएकाहरू जनताका लागिभन्दा पनि आफ्नो व्यवस्थापन गर्नमा केन्द्रित भएको आरोप लगाउँछिन्।

निर्वाचन क्षेत्र नं १ कि मतदाता निरू केसी निर्वाचनका बेला दलहरूले पैसा खर्च गरेर तथा भोज गरेर मतदाता आकर्षित गर्ने गरेको बताउँछिन्। ‘यहाँ जनताका समस्या सम्बोधन गर्नेले होइन, जसले पैसा खर्च गर्न सक्छ उसले नै निर्वाचन जित्छ’, उनले भनिन्। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका बेला पनि दलहरूबीच पैसा बाँड्ने र भोज गर्ने प्रतिस्पर्धा भएको बताउँदै उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि त्यस्तो प्रवृत्ति दोहोरिने बताउँछिन्। उनी निर्वाचनमा नयाँ दल र उम्मेदवार उठे पनि निर्वाचन जित्ने बेलामा भने पुरानै दल हाबी हुने बताउँछिन्। ‘नयाँले पैसा खर्च गर्न सक्दैन तर पुराना र ठूला दलहरूले जति पनि पैसा खर्च गर्न सक्छन्। त्यसैले निर्वाचनमा उनीहरूकै जित हुन्छ’, उनले भनिन्।

केसीले दलहरूले निर्वाचन जित्नका लागि पैसाको प्रलोभन देखाउने गरेको बताउँदै गर्दा त्यही क्षेत्रका अर्का मतदाता कान्छा महर्जन भने अब पैसा दिने उम्मेदवारलाई मात्र भोट दिने बताउँछन्। ‘अघिल्लोपटक जिताएर पठाएका उम्मेदवारले हाम्रा लागि केही पनि गरेनन्। अब त भोटै हाल्दैनौं। भोट हाल्नुप¥यो भने प्रति भोट पाँच हजार दिनेलाई मात्र भोट दिन्छौं’, उनले भने।

दैनिक रूपमा महँगी बढ्दा पनि आफूले निर्वाचित गराएर पठाएका जनप्रतिनिधिले महँगी नियन्त्रणमा कुनै चासो नदिएको भन्दै उनले जनप्रतिनिधिप्रति आक्रोश व्यक्त गरे। ‘महँगी बढेको छ। हामीजस्ता दुःखी र गरिबको मर्म कसले बुझ्ने ?’, उनले प्रश्न गरे। महँगीले आकाश छुँदा गरिखाने वर्गको आर्थिक अवस्था कमजोर भएको र बूढाबूढी मारमा परेको उनी बताउँछन्। ‘निर्वाचनका बेला घरदैलोमा आएर हात जोड्छन्। यस्तो गर्छु, उस्तो गर्छु यसपालि मलाई जिताउनुहोस् भन्छन्। जिताएर पठायएपछि नाकमुख नै देखाउँदैनन्’, उनले भने। यसैले पनि पुराना उम्मेदवारलाई फेरि पनि जिताउनु गल्ती हुने उनी बताउँछन्।

विगत पाँच वर्षको अवधिमा राजनीतिक दल र उम्मेदवारहरूले आफ्नै बोली कार्यान्वयन नगरेको निर्वाचन क्षेत्र नं १ तल्लो टोलकी शोभा डंगोल बताउँछिन्। अन्य मतदाताले जस्तै उनले पनि पाँच वर्षपहिले निर्वाचित भएर गएका सांसदहरूले नाकमुख देखाउनै नआएको बताउँछिन्। उनी आफूले जिताएका सांसद्ले अपेक्षाकृत काम पनि नगरेको गुनासो गर्छिन्। ‘यस क्षेत्रमा सडक पिच तथा मर्मत, स्वास्थ्य, शिक्षाजस्ता विषयमा केही फरक आएको छैन’, उनले भनिन्। उनी आगामी निर्वाचनमा नयाँ जनप्रतिनिधिलाई जिताउनुपर्ने धारणा राख्छिन्।

क्षेत्र नं १ का मतदाता विश्वमान डंगोल आउँदो निर्वाचनमा आफूलाई मन नपरेको उम्मेदवार भएमा ‘नो भोट’ को विकल्प पनि मतपत्रमा राख्नुपर्ने बताउँछन्। ‘यदि निर्वाचनमा उठेका उम्मेदवारमध्ये कोही पनि योग्य छैनन् भन्ने मतदातालाई लाग्छ भने ‘नो भोट’ को पनि विकल्प हुनुपर्छ’, उनले भने। डंगोल आउँदो निर्वाचनमा स्थानीय तहमा जस्तै स्वतन्त्र र युवा अनुहारलाई निर्वाचित गराउनुपर्ने बताउँछन्। ‘पढेलेखेका र युवा चुनावमा उठे भने हामीलाई पनि खुसीका साथ भोट दिन मन लाग्छ’, उनले भने।

डंगोल अघिल्लोपटक निर्वाचित भएर गएका उम्मेदवारले कामै नगरेको भने भन्न नमिल्ने बताउँछन्। ‘केही काम भएका छन् तर जनताले अपेक्षा गरेअनुसार नभएको मात्र हो’, उनले भने। उनी पछिल्लो समय ललितपुरको ग्रामीण क्षेत्रमा वन फँडानी तथा ढुंगाखानीका कारण स्थानीयले धमिलो पानी खानुपर्ने, क्षमताभन्दा बढी तौलका सवारीसाधन चापका कारण सडक भत्किने जस्ता समस्या भोगिरहे पनि निर्वाचित सांसदले त्यसको नियन्त्रणमा पहल नगरेको बताउँछन्। अब निर्वाचित हुने सांसदले यस्ता पक्षमा ध्यान दिनुपर्ने भन्दै डंगोल स्थानीयको माग सम्बोधन गर्न सक्नेलाई मात्र निर्वाचित गराउनुपर्ने बताउँछन्।

अर्का मतदाता उत्तम सिजापति नेताहरू निर्वाचनका बेला भोट माग्ने आउने तर निर्वाचित भएपछि आफूले बोलेअनुसारको प्रतिबद्धता पूरा नगर्ने बताउँछन्। ‘सांसदमा निर्वाचित भएर गएकाहरूले केही काम त गरेका छन् तर निर्वाचनका बेला उनीहरूले जेजस्ता प्रतिबद्धता जनाएका हुन्छन्, त्यसअनुसार काम हुन सकिरहेको छैन’, उनले भने।

ललितपुर क्षेत्र नं १ बाट अघिल्लोपटक नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार नवराज सिलवाल विजयी भएका थिए। उनले कांग्रेस उम्मेदवार उदयशमशेर राणालाई पराजित गरेका थिए। यसपटक पनि प्रतिनिधिसभा निर्वाचनमा एमालेका तर्फबाट सिलवाल र कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार राणाले प्रतिस्पर्धा गर्दैछन्। त्यसका अतिरिक्त जनता समाजवादी, राप्रपा, मजदुर किसान पार्टी, मंगोल नेसनल अर्गनाइजेसन र विभिन्न स्वतन्त्रसमेत गरी २१ जनाले प्रतिस्पर्धा गर्दैछन्।
अर्को समाचार
काठमाडौंमा यसरी तयार हुँदैछ मतदान केन्द्र (फोटोफिचर)
०३ मंसिर २०७९
•
१ मिनेट पाठ
काठमाडौंमा यसरी तयार हुँदैछ मतदान केन्द्र (फोटोफिचर)
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस