कालीगण्डकीको सभ्यता संकटमा पर्न दिन्न: डा कोइराला
२७ कार्तिक २०७९
•
१ मिनेट पाठ
कालीगण्डकीको सभ्यता संकटमा पर्न दिन्न: डा कोइराला
नेपाली कांग्रेसका नेता एवं पूर्वी नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार डा शशांक कोइरालाले कालीगण्डकी सभ्यतालाई नै सङ्कटमा पारी सुरु गर्न खोजिएको कालीगण्डकी डाइभर्सन परियोजना अगाडि बढ्न नदिने बताए।  




चुनावी क्षेत्रअन्तर्गतका कार्यक्रमलाई सम्बोधन गर्दै उनले कालीगण्डकी डाइभर्सनले कालीगण्डकी सभ्यता नै सङ्कटमा पार्ने भएकाले यो डाइभर्सन परियोजना अगाडि बढ्न नहुने बताए।  

त्रिवेणी–देवघाट हुँदै मुक्तिनाथ जोड्ने कालीगण्डकी नदी धार्मिक, सांस्कृतिक, आर्थिक र पर्यावरणीय हिसाबले नदी क्षेत्रका बासिन्दाको प्राण भएको भन्दै कोइरालाले प्रभावित क्षेत्रको जीवनसँग यसको अस्तित्व जोडिएका हुँदा कालीगण्डकी डाइभर्सन अगाडि बढ्न नहुने दाबी गरे।  

'कालीगण्डकी धार्मिक आस्थाको नदी हो, हाम्रो संस्कार र संस्कृति हो, आयोजनाले केही निश्चित व्यक्ति र समूदायलाई फाइदा होला तर प्रभावित क्षेत्रको जीवनसँग यसको अस्तित्व जोडिएको छ', उनले भने। कोइरालाले डाइभर्सन निर्माण भए फाँट उजाड हुने, तापक्रम बढने र तापक्रमको असर मानवसँगै पशुपक्षी र चराचुरुङ्गीमा पनि पर्ने भएकाले पर्यावरणीय र धार्मिक महत्व  बोकेको नदीलाई डाइभर्सन गर्न नहुने बताएका हुन्। 
अर्को समाचार
आफ्नै नेतृत्वमा गुट छन्, फेरी भन्छन्, ‘पार्टी भित्र गुटबन्दी मौलायो’
०८ साउन २०८०
•
३ मिनेट पाठ
आफ्नै नेतृत्वमा गुट छन्, फेरी भन्छन्, ‘पार्टी भित्र गुटबन्दी मौलायो’
केन्द्रीय समितिको बैठक।
आइतबारको केन्द्रीय समितिको बैठकमा धारणा राख्दै शशांकले पार्टीमा गुटबन्दी मौलाउँदै गएकोमा असन्तुष्टि जनाए। नेतृत्वका लागि हुने प्रतिस्पर्धामा गुट हुनु स्वाभाविक भए पनि स्थायी प्रकृतिको गुटले पार्टीलाई फाइदा नगरेको धारणा राखे। पार्टीमा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिँदै उनले क्रियाशील सदस्यता बढाउने भन्दा जनतालाई पार्टीमा आकर्षित गर्न लाग्नु पर्नेमा जोड दिए।




बैठकमा पूर्व उपसभापति निधिले पार्टीभित्र अनुहार, नाम र पद फेर्दैमा रूपान्तरण नहुने धारणा राखे।

‘अनुहार, नाम, पद फेर्नेले मात्र कांग्रेलाई रूपान्तरण र लक्ष्यमा पुर्‍याउँदैन। वडा र टोलमा बसोबास गर्ने सबै समुदायका जीवनस्तरमा रूपान्तरण कसरी ल्याउने हो, त्यो एजेन्डामा बहस गरौँ, निर्माण गरौँ। यसले पार्टी रूपान्तरण सहजै हुन्छ,’ उनले भने। सहमहामन्त्री बद्री पाण्डेले पार्टी संगठन बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिए। पार्टीको संगठन मजबुत बनाउन लाग्नुपर्नेमा जोड दिँदै उनले भने, ‘एक्लै लड्ने कि गठबन्धन गर्ने, अहिले निर्क्योल गर्नुपर्दैन। पार्टी बनाउनतिर लागौँ।’

नेता शेखर कोइरालाले भने आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गर्नुपर्ने तर्क राखेका छन्। केन्द्रीय समितिको बैठका १५ बुँदे धारणा राख्दै कोइराला सत्तालाई मात्र अन्तिम सत्य मान्दा राजनीतिक मूल्य, मान्यता, सिद्धान्त र आदर्श कमजोर बन्दै गएको भन्दै जनतासँग जोडिने कार्यक्रम लिएर जानुपर्ने धारणा राखे।

‘जनताले पत्याउने र भरोसा गर्ने कांग्रेस निर्माण गर्ने कार्य अब पनि ढिलो गर्दा हामी असान्दर्भिक हुने खतरा बढ्दो छ,’ उनले भने, ‘नेपाली समाजको बदलिँदो आर्थिक, सामाजिक र सांस्कृतिक आलोकमा पार्टीभित्र अनेकन पेसा, व्यवसाय, वर्ग र समुदायको सहभागिता अनिवार्य नै भएको छ।’

आइतबारको केन्द्रीय समितिको बैठकमा धारणा राख्दै शशांकले पार्टीमा गुटबन्दी मौलाउँदै गएकोमा असन्तुष्टि जनाए। नेतृत्वका लागि हुने प्रतिस्पर्धामा गुट हुनु स्वाभाविक भए पनि स्थायी प्रकृतिको गुटले पार्टीलाई फाइदा नगरेको धारणा राखे।

केन्द्रीय सदस्य एनपी साउदले कांग्रेस सही बाटोमा हिँडेको र सही बाटोमा हिँड्न आत्मविश्वास राखेर अगाडि बढ्नुपर्नेमा पनि जोड दिए। ‘नेपाली कांग्रेस ठिक बाटोमा छ। ठिक ट्र्याकमा छ,’ साउदले भने, ‘यो ठिक ट्र्याकमा जाने कुरामा आत्मविश्वास राखेर अगाडि बढ्नुपर्छ।’ राष्ट्रिय जीवनका हरेक पक्ष राजनीतिक हस्तक्षेपका कारण पक्षाघातका अवस्थामा पुगेको जनाउँदै अर्का केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले पार्टीभित्र बृहत्तर एकता कायम गर्दै सम्पूर्ण संयन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिए।

अदालतलाई नै प्रभाव पार्ने गरी पार्टीका नेताहरू नेता बालकृष्ण खाणका विरुद्धमा उत्रिएको आरोप लगाउँदै सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले भनिन्, ‘हाम्रै एक जना साथीलाई आरोप लगाइएको छ। न्यायालयमा विचाराधीन मुद्दा रहेको छ। यो आरोपलाई प्रमाणित गराउन हाम्रै साथीहरूले दबाब दिनुभएको छ।’

अर्का सहमहामन्त्री किशोर सिंह राठोरले महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई सभापतिलाई कन्फिडेन्टमा लिएर पार्टीलाई अघि बढाउने आग्रह गरे। कांग्रेस बैठकमा धर्मनिरपेक्षता, निर्वाचन प्रणाली, संघीयतासहितका विषयमा सदस्यहरूले प्रश्न उठाएका छन्। मंगलबारदेखि जारी केन्द्रीय समितिको सोमबारको बैठकमा महामन्त्री द्वय थापा र शर्माका साथै उपसभापतिहरू पूर्णबहादुर खड्का तथा धनराज गुरुङ र सभापति देउवाले धारणा राख्नेछन्। बैठक ३ बजेका लागि बोलाइएको छ।
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस