जुम्लामा मंसिर ४ गते हुने निर्वाचनको तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ। मतदाताहरुलाई मतदान गर्न सहज बनाउन सुरक्षाकर्मीहरु खटिएका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार यहाँ १ हजार ९ सय ५४ जना सुरक्षाकर्मीहरु खटिएका छन्।
जुम्लामा १ सय ६ मतदान केन्द्र स्थायी र दुई अस्थायी गरी १ सय ८ मतदान केन्द्र र ८६ मतदानस्थल रहेको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन्। उनका अनुसार एक अस्थायी मतदान केन्द्र कर्मचारी र एक कारागारका कैदीबन्दीका लागि राखिएको हो। कर्मचारी र कारागारमा रहेका कैदीबन्दीले सामानुपातिक तर्फ मात्रै मतदान गर्न पाउने व्यवस्था छ।
जुम्लाको सुरक्षा निकायहरुले पार्टीका कार्यकर्ताहरुको झडप, अपराधिक समूहको गतिविधि, अवैध हातहतियारलाई चूनौतीका रुपमा लिएका छन्। निर्वाचनका लागि जिल्लामा १ हजार ९ सय ५४ सुरक्षाकर्मी परिचालन छन्। जसमा ८ सय ४३ म्यादी प्रहरी , २ सय २६ नेपाल प्रहरी ,४ सय ५० नेपाली सेना , र २ सय ३५ सशस्त्र प्रहरी खटिएका छन्। निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताए। उनका अनुसार टाढा रहेका मतदान अधिकृतहरु गइसकेको र नजिकै रहेका मतदानस्थलहरुको लागि जानेक्रम जारी रहेको छ। तर मङ्सिर १ गते सबै मतदान केन्द्रका कर्मचारी पुुग्नुुपर्ने थियो।
त्यस्तै जुम्लाका प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दका अनुसार सबै मतदान स्थलहरुमा सुरक्षाकर्मीहरु बिहीबार पुग्ने बताए। जिल्लामा निर्वाचनको लागि ८ सय ४८ कर्मचारीहरु छन्।