बालकृष्ण खाणले गुट परिवर्तन गरेका हुन् ?
३२ असार २०८२
•
३ मिनेट पाठ
बालकृष्ण खाणले गुट परिवर्तन गरेका हुन् ?
पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण यसबीचमा गुमनाम नै रहे। भुटानी शरणार्थी प्रकरणमा थुनामा पुगेका खाण राजनीतिक सक्रियताका हिसाबले गति-शून्यकै अवस्थामा पुगेका थिए। तर, उनले विस्तारै सक्रियता बढाउन थालेका छन्। बुधबार (आज) मात्रै उनले विराटनगरस्थित कोइराला निवासमा पत्रकार सम्मेलन गरेका छन्।




सम्मेलनको क्रममा खाणले धेरै विषयबारे बोले। त्यसमध्ये दुई वटा विषय भने थप महत्त्वपूर्ण थिए। पहिलो, कोइराला निवासको बखान र दोस्रो, अनुशासन समितिको पछिल्लो कारबाही।

पत्रकारहरूले ‘तपाईंले धार (गुट) परिवर्तन गर्नुभएको हो?’ भनेर प्रश्न गर्न बिर्सिएनन्। जवाफमा खाणले कोइराला निवासमा पुग्नुलाई गुट परिवर्तनका रूपमा बुझ्न नहुने बताए। ‘कोइराला सम्झिँदा मेयर नागेश कोइराला मात्रै सम्झनुभएन कि ? कृष्णप्रसाद कोइराला, बीपी कोइराला, मातृका कोइराला, गिरिजा प्रसाद कोइराला र सुशील कोइराला पनि सम्झनुपर्छ। कोइराला निवासमा कांग्रेसीजन मात्र होइन, सबै नेपाली बारम्बार आइरहनुपर्छ,’ उनले भने।

उनले कोइराला निवासलाई ‘पवित्र तीर्थस्थल’ भने। ‘कोइराला निवास त हाम्रो लागि पवित्र भूमि हो। यो कुनै धार्मिक स्थल गएजस्तै हो। यहाँ आउँदा कुनै मन्दिरको प्राङ्गणमा गएर जमिन स्पर्श गरेजस्तै थप ऊर्जा र प्रेरणा मिल्ने विश्वास राख्छु,’ उनले भने।

कोइराला निवासमा खाणको पत्रकार सम्मेलन। 
खाण पछिल्लो पटक पार्टीको अनुशासन समितिले चलाएको कारबाहीको ‘डन्डा’बारे असनुष्ट सुनिए। कारबाहीका बारेमा प्रश्न उठेको उल्लेख गर्दै खाणले त्यसको जवाफ अनुशासन समितिले नै दिनुपर्ने बताए। 'पार्टीले नेताहरूलाई कारबाही गरेको विषयमा एकपक्षीय भयो भन्ने प्रश्न उब्जिएको छ, त्यो स्वाभाविक हो। त्यसका विषयमा अनुशासन समितिले नै स्पष्ट पार्नुपर्छ,’ उनले भने।

पछिल्लो पटक पार्टीको अनुशासन समितिले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालसहित दर्जनौं नेताहरूलाई गएको निर्वाचनमा असहयोग गरेको भन्दै कारबही गरेको छ। उक्त कारबाहीलाई संस्थापनइतर पक्ष (डा. शेखर कोइराला) ले छानी-छानी एकपक्षीय ढङ्गबाट कारबाही गरिएको भन्दै विरोध जनाएको छ। यही पृष्ठभूमिमा खाणले प्रश्न उठ्नु स्वाभाविक भन्दै त्यसबारे कारबाही गर्ने निकाय अनुशासन समितिले नै स्पष्ट पार्नुपर्ने बताएका हुन्।

जसै, पछिल्लो समय खाण पार्टी सभापति शेरबहादुर देउवासँग खुसी छैनन्। पहिले देउवा गुटमै रहेका खाण आफू थुनामा रहँदा सहयोग नगरेको भन्दै देउवासँग त्यति खुसी छैनन्। यही पृष्ठभूमिमा कोइराला निवास पुगेर पत्रकार सम्मेलन गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। चर्चा त के पनि छ भने आउँदो महाधिवेशनमा खाण कोइराला पक्षबाटै पदाधिकारीमा उठ्दैछन्! तर, यो विषयलाई भने उनले सीधै नकारे। यसबारे आफूले सोचिनसकेको उल्लेख गर्दै नेताहरूका अजेन्डाअनुसार आफूले साथ दिने बताएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा।
पार्टी सभापति देउवानिकट नेता मीन विश्वकर्मा भने यसलाई 'नेताहरूले आ-आफ्नो नेता खोजेको' रूपमा बुझ्नुपर्ने बताउँछन्। १५औं महाधिवेशनको सम्मुखमा देउवा नउठ्ने तर, देउवाको उत्तराधिकारी नहुँदा यस्तो हुनु स्वाभाविक रहेको उनको भनाइ छ।

'शेरबहादुर दाइले नउठ्ने भनिसकेपछि अब सबै नेताहरूले राजनीतिक सुरक्षा र सहजताका लागि आ-आफ्ना नेता खोज्दै हुनुहुन्छ। अब उहाँ (शेरबहादुर देउवा) ले मपछि यो है भनेर पनि भनिदिनुभएको छैन, यदि त्यसो हुन्थ्यो भने उसले नेताहरूलाई पक्रेर राख्थ्यो होला तर, अहिले शेरबहादुर दाइ नउठ्ने तर, अर्को मान्छे नहुने हुँदाखेरि यस्तो हुन्छ। यसै रूपमा यसलाई बुझ्नुपर्छ,' विश्वकर्माले भने।

यो पनि पढ्नुहोस्

पदाधिकारीमा उठ्नेबारे कुनै सोच बनाएको छैन: नेता खाण
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
यो पनि पढौँ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस