लुम्बिनीमा पाँच नयाँ मन्त्री
२१ जेष्ठ २०८३
•
४ मिनेट पाठ
लुम्बिनीमा पाँच नयाँ मन्त्री
लुम्बिनी प्रदेश सरकारमा पाँच मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार मन्त्रिपरिषद फेरबदल गर्दै पाँच मन्त्रीलाई नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरूमा नेकपा एमालेका चार र जनता समाजवादी पार्टी (जसपा) नेपालका एक जना छन् । उनीहरूको कार्यविभाजनसमेत गरिएको छ । जसअनुसार एमालेका तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।




यसैगरी जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । उक्त मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका जसपाकै आदेशकुमार अग्रवालको स्थानमा अहिरलाई मन्त्री नियुक्त गरिएको हो। नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण जेठ २५ गते सोमबार हुने छ।

यसअघि नेकपा एमालेका चार मन्त्रीले राजीनामा दिएका थिए । ती चार मन्त्रीलाई नेकपा एमालेले फिर्ता बोलाएको थियो । भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, कृषिमन्त्री दिनेश पन्थी, स्वास्थ्यमन्त्री खेम सारू मगर र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता चौधरीले बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष राजीनामा बुझाएका थिए । उनीहरूको राजीनामा बुधबार नै स्वीकृत भएको थियो।

मुख्यमन्त्री आचार्यसहित कांग्रेससँगको सत्ता गठबन्धनका आधारमा यी मन्त्रीहरू २०८१ साउन १० मा नियुक्त भएका थिए । चारै मन्त्रीलाई मुख्यमन्त्री आचार्यले राजीनामा दिन सुझाएका थिए । मुख्यमन्त्री आचार्यले मंगलबार बोलाएर उनीहरूलाई राजीनामा दिन निर्देशन दिएका थिए । मुख्यमन्त्री आचार्यको सोही निर्देशनका आधारमा बुधबार मन्त्रीहरूले सामूहिक राजीनामा बुझाएका हुन्।

स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्री फेरबदलका लागि चासो राखेका थिए । ओलीले आगामी आर्थिक वर्षको बजेट भाषणअगावै मन्त्री परिवर्तन गरेर जान मुख्यमन्त्री आचार्यलाई दिएका थिए । ‘पार्टी अध्यक्षकै निर्देशनअनुसार मन्त्री परिवर्तनको निर्णय भएको हो,’ एमाले स्रोतले भन्यो, ‘पार्टी अध्यक्षकै आधारमा मुख्यमन्त्रीज्यूले पार्टीबाट सरकारमा रहेका चारै मन्त्रीलाई राजीनामा दिन आग्रह गर्नुभएको हो । सोही आग्रहका आधारमा मन्त्रीहरूले राजीनामा दिनुभएको हो ।’ चार मन्त्रीले राजीनामा दिएपछि एमालेले सरकारमा नयाँ अनुहारलाई पठाएको हो।

२०८१ साउन १० मा कांग्रेस र एमालेबिच सत्ता गठबन्धनबाट मुख्यमन्त्रीमा आचार्यसहित नेपाली कांग्रेसबाट चार र एमालेबाट चार मन्त्री नियुक्त भएका थिए । त्यतिबेला यी दुई दलबिच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति पनि भएको थियो । पूर्वसहमतिअनुसार गत चैतदेखि कांग्रेसले सरकारको नेतृत्व गर्नुपथ्र्यो तर सत्ता परिवर्तन अनुकूल नबनेपछि कांग्रेस र एमाले मुख्यमन्त्रीलाई यथावत् राख्दै मन्त्री फेरबदलको कसरतमा लागेका थिए।

सरकारमा नयाँ अनुहारलाई पठाउने कसरतमा लागेको कांग्रेस अहिले भने आगामी बजेट भाषणसम्म मन्त्री फेरबदल नगर्ने निचोडमा पुगेको बताइएको छ । कांग्रेसले मन्त्रीहरू फेरबदर गरेर बजेट ल्याउने तयारी गरेको थियो तर केही दिनअघि कांग्रेस प्रदेश संसदीय दलको बसेको बैठकले मन्त्री फेरबदल गर्ने पार्टीको कसरत उपयुक्त नहुने भन्दै बजेटसम्म मन्त्री फेरबदल गर्न नहुने निष्कर्षसहित पार्टीलाई सुझावसमेत दिएको थियो । एमालेसँगको पूर्वसहमतिअनुसार सरकारको नेतृत्व आफूले पाउनुपर्ने भन्दै आए पनि बजेटको सम्मुखमा मन्त्रीहरू फेरबदल नगर्ने निर्णय कांग्रेस संसदीय दलको थियो । संसदीय दलको यो निर्णयपछि मन्त्री फेरबदल गर्ने पार्टी नेतृत्वको प्रयास केही मत्थर बनेको थियो।

यही जेठ १८ र १९ गते भएको कांग्रेसको प्रशिक्षण कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले पनि बजेटअगावै मन्त्री फेरबदल नगर्ने र जनमुखी बजेट ल्याउन पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई निर्देशन दिएका थिए । थापाले लुम्बिनी सरकारका मन्त्री तथा सांसदहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा पनि मन्त्री तथा अधिकांश सांसदहरूले अहिले मन्त्री फेरबदलको कसरतमा नलागी बजेट निर्माण गर्नतर्फ लाग्ने र बजेट भाषणपछि कांग्रेसले नेतृत्व लिने गरी सत्ता फेरबदलको कसरतमा लाग्नुपर्ने सुझाव सभापति थापालाई दिएका थिए । उक्त बहुमत सुझावपछि थापाले मन्त्री फेरबदल नहुने बताएका थिए । ‘सभापतिज्यूसँग हामीले अहिले बजेटको मुखमामन्त्री फेरबदल गर्न नहुने सुझाव दियौं र बजेटलगत्तै कांग्रेसले नेतृत्व लिने गरी सत्ता फेरबदलको कसरतमा लाग्नुपर्ने सुझाव दियौं,’ एक सांसदले भने, ‘उक्त सुझावपछि सभापतिज्यूले बजेटअगावै मन्त्री फेरबदल नगर्ने र जनमुखी बजेट निर्माणका लागि निर्देशन दिनुभएको थियो।’

सभापति थापाको यो निर्देशनपछि कांग्रेसबाट सरकारमा रहेका मन्त्रीहरूले बजेट निर्माणमा ध्यान केन्द्रित गरेका छन् । अहिले प्रदेश सरकारका मन्त्रालयहरू बजेटका लागि योजना संकलनको काममा जुटेका छन्।
अर्को समाचार
लुम्बिनीमा सुरु भयो चौथौँ अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह
२१ फागुन २०८१
•
४ मिनेट पाठ
लुम्बिनीमा सुरु भयो चौथौँ अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह
बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन बुधबार देखि सुरु गरिएको छ। उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले एक समारोहका बिच त्रिपिटक (पाठ) को उद्घाटन गरेका हुन्।




अखिल नेपाल भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सह आयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन सुरु गरिएको हो । मन्त्री सिंहले विश्वभर अस्थिरताको सङ्केत देखा परेको अवस्थामा बुद्धको शिक्षाले शान्ति कायम गर्न सक्ने बताए । उनले बुद्धको शिक्षाहरूलाई पुर्न ताजगी गराई त्रिपिटक पाठले विश्वमै लुम्बिनीबाट शान्तिको सन्देश जाने बताए । बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वशान्तिको सन्देश दिने थलोका रुपमा विकास गर्नु पर्ने उनले बताए । उनले लुम्बिनी विकास कोषले पूर्वाधार विकाससँगै त्रिपिटक जस्ता अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमलाई बढाउनुपर्ने सुझाव दिए । 

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्धका उपदेशहरूलाई विश्वभर फैलाउन त्रिपिटक पाठ समारोह फलदायी हुने बताए । उनले त्रिपिटक पाठ बुद्धका शिक्षाहरूको सन्देश फैलाउने माध्यम भएकाले यस्ता कार्यक्रमलाई अझ ठूलो संख्यामा गर्दै जानुपर्ने बताए । उपाध्यक्ष लामाले आगामी दिनमा सरकार र लुम्बिनी विकास कोषले समेत यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ गर्ने बताए ।

उपाध्यक्ष लामाले राजनीतिक परिवर्तनसँगै नयाँ संविधानमा धर्मनिरपेक्ष राज्य बनेको उल्लेख गर्दै सोही अनुसार बौद्धमार्गीहरुलाई राज्यले प्राथमिकता दिन उपप्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उनले थेराबाद, महायान र ब्रजयाना सबै एक जुट भएर बुद्धको उपदेशलाई संसारभर फैलाउन सकिने बताए  । उनले बुद्ध दर्शनलाई विश्वले आत्मसाथ गरेको बताउँदै  एक अर्ब बढी बुद्धिस्टहरूलाई लुम्बिनीमा आकर्षित गर्नुपर्ने बताए ।

उनले लुम्बिनी शान्ति र बुद्ध दर्शनको उत्पत्ति भएको स्थान भएकाले यहाँबाट शान्तिको सन्देश फैलाउन सकिने बताए । यस्तै उद्घाटन समारोहमा आठौँ संघनायक नेपालका भिक्षु बोधिसेन महास्थविरले लुम्बिनी आउँदा आनन्द प्राप्त हुने बताउँदै मायादेवी मन्दिरको नामको सट्टा बुद्ध भूमि राख्दा त्यसले विश्वभर सन्देश जाने बताए । उनले त्रिपिटक पाठ यहाँ गर्दा मायादेवी भन्दा त्यसले लुम्बिनीलाई ओझेलमा पारेको बताए ।

यस्तै कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलामान घिसिङले लुम्बिनी क्षेत्र अँध्यारो देखिएको बताउँदै मायादेवी परिसर सहितको क्षेत्रलाई ‘स्प्रिच्यूल लाईटिङ’ बनाउने प्रतिबद्धता जनाए । ‘लुम्बिनी अँध्यारो देखिन्छ, मायादेवी सहितको क्षेत्र जहाजबाट हेर्दा पनि धपक्क बलेको होस्, त्यस्तो बनाउन लुम्बिनी विकास कोषले योजना ल्याओस्, सहकार्य गर्न तयार छौँ’ उनले भने ।

कार्यक्रममा त्रिपिटक उद्घाटन समारोहमा थाई राजगुरु, अखिल नेपाल भिक्षु महासंघका सभापति भिक्षु धम्मसोभन महास्थविर, महासचिव महासचिव भिक्षु धर्मगुप्त महास्थविर, सचिव निग्रोध महास्थविर, आइबिसिका महासचिव रिपोंछे जगछुप छोदेन, श्रीलङ्काका राजदूत चमेरा रुवाङगी मुनासिंगे, थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्न, म्यानमारका राजदूत म्यूम्यून्ट माउङ, भिक्षु वजिरा, उपासक वाङमो डिक्सिले बोल्दै लुम्बिनी विश्वभरका बौद्धमार्गी र शान्तिप्रयहरुको पवित्र स्थल भएकाले त्रिपिटक पाठले बुद्धको उपदेश फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

त्रिपिटक पाठ वाचन समारोहमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, बोर्ड सदस्य श्याम रोक्का, राजेश शाक्य विभिन्न देशबाट आएका भिक्षु, लामा, उपासक उपासिका, स्थानीय सरकारका प्रतिनिधिहरूको सहभागिता रहेको थियो  । कार्यक्रममा उपप्रधानमन्त्री सिंहले त्रिपिटक पाठ सङ्ग्रह पुस्तकको विमोचन गरेका थिए । गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको सङ्गृहीत ग्रन्थका रुपमा त्रिपिटकलाई लिइन्छ । अपि धम्म शुत्र पिटक, शुत्त पिटक र सम्राट अशोकको पालामा दोस्रो शताब्दी ईशापूर्वमा लेखिएको विनय पिटक गरी ३ ग्रन्थलाई मिलाइ बनाइएको ग्रन्थलाई नै त्रिपिटक भनिन्छ । त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो ।

हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश सङ्गृहीत छ । यो ग्रन्थ पाली भाषामा लेखिएको भएपनि धार्मिक प्रभाव अनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ । आगामी २५ गतेसम्म चल्ने त्रिपिटक पाठ समारोहमा वर्षाका कारण मायादेवी परिसरमा गरिने भनिएको त्रिपिटक वाचन बिहान साँढे ७ बजेदेखि साँझ ५ बजेसम्म मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ हुने प्रचार प्रसार संयोजक भिक्षु बिमलो स्थविरले जानकारी दिए ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस