सभामुख डोलप्रसाद अर्यालले सरकारको नीति तथा कार्यक्रम स्पष्ट नहुँदा लगानी अनुसारको उपलब्धी हासिल हुन नसकेको स्पष्ट पारेका छन्।
सोमबार नेपापत्रकार महासंघको भेटमा उनले यस्तो समस्या हरेक मन्त्रालयमा कायम रहेकोले देशले उपलब्धी हासिल गर्न नसकेको जिकीर गरे ।
‘ट्रेनिङ सेन्टर अर्थात तालिमकोलागि हरेक मन्त्रालयले मार्फत वार्षिक १३ अर्ब सरकारी खर्च हुदो रहेछ ,’ सभामुख अर्यालले भने,‘ तर साच्चै भन्ने हो भने सिपयुक्त जनशक्ति १३ करोड खर्च गरेर उत्पान हुन सक्ने पनि भएको छैन ।’ उनले यस्ता समस्या सबै क्षेत्रमा कायम रहेकोले सरकारी लगानी खेर गइरहेको समेत औल्याए । ‘एउटै क्षेत्रमा बुहसँख्य कानून बनेका रहेछन् । ती हरेक क्षेत्रको कानूनहरु एक अर्कामा बाझिएको छ ,’ सभामुख अर्यालले समस्या बताए ,‘ हरेक मन्त्रालयले तालिममा वार्षिक बजेट खर्च गर्छ । प्रत्येक मन्त्रालयको तालिमको बजेट जोड्ने हो भने १३ अर्ब खर्च हुन्छ । तर उपलब्धी निकै कमजोर छ ।’
हालका कानून एक अर्कामा जुधिएर काम गर्न बाधा भएको बनेकोले अबको सरकारले सबै क्षेत्रका कानूनहरू बारे अध्ययन गरी एकीकृत कानून बनाएर एक द्धार प्रणालीबाट रकम खर्च गर्ने तयारी गरिरहेको उनले जनाए ।
सरकारले निजी मिडियालाई सरकारी सूचना तथा विज्ञापनमा लगाएको बन्देजबारे सभामुख डोलप्रसाद अर्याल नै आश्चर्य प्रकट गरे ।
सोमबार नेपाल पत्रकार महासंघको अध्यक्ष निर्मला शर्माको नेतृत्वको टोलीले सभामुख अर्याललाई भेटेर सरकारले निजी मिडियालाई दिँदै आएको विज्ञापनमा बन्देज गरी प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजेकोले यस्तो व्यवस्था तत्काल खारेजीको माग राख्दै ध्यानाकर्षणपत्र बुझाएको थियो । सोही ध्यानाकर्षणपत्र बुझँदै सभामुख अर्यालले सरकारले कुनै पनि निर्णय गर्दा त्यसको पुर्वतयारी गर्नु पर्ने र सरोकारवालाहरूसँग छलफल गरेर मात्र निर्णय गर्दा प्रभावकारी हुने जिकिर समेत गरेका थिए ।
सञ्चारसम्बन्धी १४ जति अर्थात एकै क्षेत्रमा बहुसँख्यक कानून भएकोले एक अर्कामा बाझिएर उपलब्धीमुलक हुन नसकेको समेत उनले औल्याए । निजी मिडियालाई सरकारी विज्ञापन रोक्नेबारे सरकारले बुझेरै गरेको हुन सक्ने जिज्ञासा राख्दै उनले यसबारे सम्बन्धीत सञ्चार मन्त्रालय र महासंघबीच समवन्य गरी समस्या समाधान तर्फ लाग्नु पर्ने सुझाए ।
पत्रकारको समस्या सम्बोधन गर्ने सम्बन्धित मन्त्रालय सञ्चार मन्त्रालय भएको अवगत गराउँदै उनले यो समस्या सञ्चार मन्त्रालय मार्फत समाधान गर्नु पर्नेमा जोड दिए ।
हाल देशभरि ६ हजार निजी सञ्चार माध्यम छन् भने महासंघमा आवद्धता रहेका ९ हजार ३ सय ४० सदस्य छन् । सरकारले चैत्र १८ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सचिवस्तरीय निर्णय अनुसार संघीय सरकारका सबै निकाय, प्रदेश सरकार तथा स्थानीय तहलाई जारी गरिएको परिपत्र प्रति नेपाल पत्रकार महासंघको गम्भिर असहमति रहेको अध्यक्ष शर्माले अवगत गराएथि थिइन् । सरकारको यस्तो निर्णयले देशमा ठूलो हिस्सा ओगटेको निजी तथा सामुदायिक सञ्चारमध्यममाथि सरकारले ठूलो विभेद गरेको महासंघको ठहर छ ।
उता सभामुखले सरकारी विज्ञापन निजी सञ्चारमध्यममा रोकले धेरै पत्रकार संकटमा परेको महसुस गर्दै उनले एकारित सरकारले नयाँ रोजगारी सृजनाको नीति अवलम्बन गरिरहेको अवस्थामा अर्को तिर पत्रकारको जागिर खोस्नु अनमेल देखिएको विश्लेषण गरे ।
‘सरकारले नयाँ रोजगार सृजना गर्नकोलागि दिनरात मिहिनेत गरिरहेको अवस्थामा निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोकले धेरै पत्रकार जोखिम पर्ने देखिन्छ,’ सभामुख अर्यालले सुझाए ,‘महासंघले आन्दोलनको साटो सम्बन्धीत मन्त्रालयसँग सहकार्य गरेर सम्बन्धीत मन्त्रालय र पत्रकार महासंघ मिलेर समाधान गर्नु पर्छ ।’ अबको सरकार भविष्यमा कुनै पनि क्षेत्रले आन्दोलन गर्न नपर्ने गरि काम गरिरहेको समेत उनले आश्वस्त पारे । उनले ठूलो सँख्यामा रहेको निजी क्षेत्रको पत्रकारको व्यवस्थापन र निजी मिडियाहरुलाई समावेशीताको आधारमा सरकारी विज्ञापनको बाँडफाँड गर्नबारे चासोे राख्दै महासंघसँग समाधानको सुझाव समेत मागेका छन् । ‘सरकारले पाँच वर्षको योजना बनाएर प्रविधिमैत्री र समयसापेक्ष जनशक्ति व्यवस्थापनमा अगाडि बढीरहेको छ,’ सभामुख अर्यालले सझुाव मागे,‘तपाईहरुसँग समस्याको समाधानको उपायहरू छन् भने तीन महले सुझाव दिनुस् । हामी छलफल गरि अगाडि बढ्छौं ।’
राष्ट्रिय सभाध्यक्ष नारायण प्रसाद दहालले महासंघको ध्यानाकर्षणपत्र बुझ्दै सरकारको निजी मिडियालाई सरकारी विज्ञपान रोक्ने विषय पत्रकारीतालाई नै अँकुश लगाउन खोजेकोले यसलाई तत्काल सरकारले फिर्ता लिनु पर्ने धारणा राखे । ‘सरकारले निजी मिडियलाई सरकारी विज्ञापनमा रोक लगाएर समग्र सञ्चारक्षेत्रलाई नै संकुचित गर्न खोजेको देखियो,’ अध्यक्ष दहालले भने,‘निजी क्षेत्रलाई वाइपास गरेर देश लगाडि बढ्दैन ।’
संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसभापति डा.ओजस्वी शेरचनले समितिले सरोकारवाला निकायहरूसँग छलफल र सुझाव नलिकन कुनै पनि नीति नबनाइने धारणा राखिन् । महासंघकी अध्यक्ष शर्माको नेतृत्वको टिमले तिनै निकायका प्रमुखहरूसँगको भेटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षणकोलागि सरकारको विज्ञापन नीति फिर्ता लिन आग्रह गरेकि थिइन् ।