सुनसरीदेखि वीरगन्जसम्म फैलिएको तनाव: संकटका बीच सक्रिय देखियो सरकार
१४ साउन २०८३
•
५ मिनेट पाठ
सुनसरीदेखि वीरगन्जसम्म फैलिएको तनाव: संकटका बीच सक्रिय देखियो सरकार
बिहीबार नेपालका लागि सामान्य राजनीतिक दिन रहेन। दिनको सुरुआत सुनसरी गोलीकाण्डका घाइते जयप्रकाश मेहताको मृत्युको खबरबाट भयो भने दिन ढल्दै जाँदा सिरहा, धनुषा र पर्सासम्म तनाव फैलियो। कतै कर्फ्यू जारी भयो, कतै निषेधाज्ञा लागू गरियो, कतै आगजनी र प्रदर्शन भए।  




यसैबीच प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै शान्ति, संयम र राष्ट्रिय एकताको आह्वान गरे भने त्यसलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर विकसित घटनाक्रमबारे छलफल गरे। गृहमन्त्री प्रभावित क्षेत्रमा पुगे, राष्ट्रिय सुरक्षा परिषद् सक्रिय भयो र राजनीतिक दलहरूले पनि सामाजिक सद्भाव जोगाउन आह्वान गरे।

दिनभरका यी घटनाले सुनसरीको देवानगञ्जमा सुरु भएको हिंसा अब एउटा स्थानीय घटनामा सीमित छैन भन्ने देखायो। यसले मधेसका विभिन्न जिल्लामा सुरक्षा, राजनीति र सामाजिक सम्बन्धलाई एकैपटक प्रभावित गर्न थालेको छ।

सुनसरी : जहाँबाट तनावको शृंखला सुरु भयो

साउन ११ गते देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा बोलबम यात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समुदायबीच झडप भएको थियो। झडप नियन्त्रण गर्न सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज–४ का २४ वर्षीय ओमप्रकाश मेहताको घटनाकै राति मृत्यु भएको थियो।

त्यसै घटनामा गम्भीर घाइते भएका देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा निधन भयो। यससँगै घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। यसअघि भएका अर्को गोलीकाण्डसँग जोडेर हेर्दा पछिल्ला सुरक्षात्मक कारबाहीमा गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको भन्दै स्थानीयमा सरकार र सुरक्षा निकायप्रति आक्रोश बढेको छ।

जयप्रकाशको मृत्युपछि प्रदर्शन चर्कियो। प्रशासनले सुरक्षा व्यवस्था थप कडा बनायो भने गृहमन्त्री स्वयं सुनसरी पुगेर स्थानीय प्रशासन, सुरक्षा अधिकारी र जनप्रतिनिधिसँग छलफल गर्दै शान्ति कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरे।

मधेसमा फैलियो तनाव

सुनसरीको घटनापछि तनाव धनुषा, सिरहा र पर्सासम्म फैलिएको देखियो।

धनुषामा प्रशासनले कर्फ्यू आदेश जारी गर्‍यो। मधेस प्रदेश सरकारले अत्यावश्यक कामबाहेक सरकारी सवारी प्रयोग नगर्न सबै सरकारी कार्यालयलाई निर्देशन दिँदै सुरक्षा संवेदनशीलता उच्च भएको संकेत गर्‍यो।

सिरहाको गोलबजारमा प्रदर्शन उग्र बन्दा सुरक्षाकर्मीको गोली लागेर स्थानीय गणेश यादवको मृत्यु भयो। त्यसपछि आक्रोशित प्रदर्शनकारीहरूले गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगजनी गरे। जिल्लाका विभिन्न स्थानमा तोडफोड र आगजनी भएपछि प्रशासनले विभिन्न क्षेत्रमा कर्फ्यू जारी गर्‍यो।

घटनाको वास्तविकता पत्ता लगाउन मधेस प्रदेश प्रहरी कार्यालयले एसपी भेषराज रिजालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा प्रहरी निरीक्षक यज्ञराज भट्ट र प्रहरी सहायक निरीक्षक गोविन्द झा सदस्य रहेका छन्। समितिले गोली चल्नुको कारण, घटनाक्रम, संलग्न पक्ष र प्रहरीको भूमिकाबारे अध्ययन गरेर प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ।

उता पर्साको वीरगन्जमा सिरहाको घटनापछि युवाहरू सडकमा उत्रिए। जिल्ला सुरक्षा समितिले साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरे पनि माइस्थान, घण्टाघर, आदर्शनगरलगायत क्षेत्रमा प्रदर्शन जारी रह्यो। प्रदर्शनकारीहरूले दोषीलाई कारबाहीको माग गर्दै नेपाल बन्दको घोषणासमेत गरे। सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति हुन नदिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरियो।

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन

यही तनावपूर्ण अवस्थाबीच प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै नागरिकलाई संयम अपनाउन, अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव जोगाउन आग्रह गरे।

उनले सरकार शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको, दोषीलाई कानुनी दायरामा ल्याइने र कुनै पनि समुदायमाथि अन्याय हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

सम्बोधनलगत्तै प्रधानमन्त्री शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरे। भेटमा मुलुकको समसामयिक सुरक्षा अवस्था, तराईका जिल्लामा विकसित घटनाक्रम र त्यसको व्यवस्थापनबारे छलफल भएको जनाइएको छ।

संसददेखि सुरक्षा परिषद्सम्म सक्रियता

प्रतिनिधिसभामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक अवस्था सहज नरहेको टिप्पणी गर्दै जनअपेक्षाअनुसार शासन सञ्चालन हुन नसकेको बताए। उनले बढ्दो जनअसन्तुष्टि, आर्थिक सुस्तता र शासनप्रतिको कमजोर विश्वासले यस्ता घटनालाई थप जटिल बनाउने चेतावनी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले नेपाल विविधता र धार्मिक सहिष्णुताको देश भएकाले सामाजिक सद्भाव भड्काउने कुनै पनि प्रयासप्रति उच्च सतर्क रहनुपर्ने बताए।

उता राष्ट्रिय सुरक्षा परिषद्को बैठकले पनि विकसित परिस्थितिको समीक्षा गर्दै सुरक्षा निकायबीच समन्वय थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

सामाजिक सञ्जालको चुनौती

यसपटकको घटनाक्रमले सामाजिक सञ्जालको प्रभावलाई पनि पुनः केन्द्रमा ल्याएको छ। पुष्टि नभएका सूचना, उत्तेजक भिडियो, धार्मिक भावनालाई उक्साउने सामग्री र भ्रामक प्रचार केही घण्टामै स्थानीय घटनालाई राष्ट्रिय तनावमा बदल्ने माध्यम बनेका छन्।

अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै पनि हिंसा उक्साउने, घृणा फैलाउने र झुटा सूचना प्रसार गर्ने गतिविधिमाथि प्रभावकारी निगरानी आवश्यक देखिएको छ।

नेपाल अहिले व्यापक द्वन्द्वको अवस्थामा पुगेको निष्कर्ष निकाल्न मिल्दैन। तर सुनसरीबाट सुरु भएको हिंसाले सिरहा, धनुषा, पर्सासम्म फैलिएको घटनाक्रमले सामाजिक सम्बन्ध कति संवेदनशील अवस्थामा पुगेको छ भन्ने देखाएको छ।

कर्फ्यू, निषेधाज्ञा, सुरक्षा परिचालन र छानबिन समिति तत्कालका आवश्यक कदम हुन सक्छन्। तर दीर्घकालीन समाधानका लागि निष्पक्ष अनुसन्धान, कानुनी कारबाही, स्थानीय समुदायबीच संवाद, जिम्मेवार राजनीतिक नेतृत्व र अफवाह नियन्त्रण अनिवार्य छन्।

नेपालको सबैभन्दा ठूलो शक्ति यसको धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र सहअस्तित्वको परम्परा हो। यही आधार कमजोर पार्ने कुनै पनि गतिविधि केवल सुरक्षा चुनौती होइन, राष्ट्रिय एकतामाथिको चुनौती हो।

बिहीबार दिनभर भएका घटनाले राज्य, राजनीतिक दल, सुरक्षा निकाय र नागरिक समाज सबैलाई सामाजिक सद्भावको अपिलले मात्र जोगाउँदैन। निष्पक्ष न्याय, जिम्मेवार राजनीति, पारदर्शी अनुसन्धान र नागरिकको संयमित व्यवहार आवश्यक देखिन्छ ।  

अब सरकारले विश्वसनीयता कायम गर्दै समुदायबीच एकता कायम गर्न सकेमात्र तनावको शान्तिपूर्ण व्यवस्थापन हुनसक्ने देखिन्छ ।  
अर्को समाचार
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
३१ मिनेट अघि
•
१ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको चिसोपना बढेका बेला सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबिच बिहीबार पाँच घण्टा लामो छलफल भएको छ।




पाँच घन्टा के के विषयमा छलफल भयो भन्ने दुवैले खुलाएका छैनन्। तर सरकारको कामप्रति रास्वपा सभापति लामिछाने सन्तुष्ट छैनन्। प्रधानमन्त्री शाह पनि सरकारको कामलाई सहयोग गर्नुको साटो पार्टीबाटै अवरोध भएको बुझाइमा रहेको निकटहरूको दाबी छ।

सरकारका कामलाई प्रभावकारी बनाउन भन्दै मन्त्रिपरिषद्ले विभिन्न अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्यादेश तत्काल जारी नगरी रोकेका छन्। रास्वपा सभापति लामिछाने पनि अध्यादेशको विपक्षमा रहेको निकटहरूको दाबी छ।

यसअघि मन्त्रिपरिषद्ले अध्यादेश सिफारिस गरेको भोलिपल्टै रास्वपा सभापति लामिछानेले केही निकटलाई प्रेस काउन्सिल अध्यादेश जारी नहुने आश्वासन दिएको स्रोतको दाबी छ।

लामिछानेले राष्ट्रपतिमार्फत अध्यादेश रोकिने धारणा निकटसँग राखेको सूचना पाएपछि प्रधानमन्त्री शाह असन्तुष्ट बनेको स्रोतको दाबी छ।

राष्ट्रपतिले अध्यादेश रोकेकै बेला लामिछाने र शाहबिच बिहीबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म छलफल भएको थियो। भेट लामिछाने निवासमा भएको हो। भेटका क्रममा मन्त्रिपरिषद्ले सिफारिस गरेका अध्यादेश, संघीय संसद्को बैठक, प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीको आन्तरिक राजनीतिलगायत विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।

छलफल भएकै भोलिपल्ट शुक्रबार रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाह राष्ट्रपति कार्यालय शीतलनिवास एक्लाएक्लै पुगेका छन्।

भारतको दुईदिने राजकीय भ्रमणमा निस्कनुपूर्व राष्ट्रपतिसँग शिष्टाचार भेटसमेत नगरेका प्रधानमन्त्री शाहले शुक्रबार शीतलनिवासमा करिब २० मिनेट बिताएका छन्। राष्ट्रपतिसँग प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराउनुका साथै अध्यादेशका विषयमा चासो राखेको स्रोतले दाबी छ।

प्रधानमन्त्री शाहले सिफारिस अध्यादेशमा कुनै आपत्तिजनक विषय नभएको र संसदीय प्रक्रियाबाट जाँदा ढिलाइ हुने भएकाले अध्यादेशको बाटो रोजिएको स्पष्ट पारेका थिए। उनले संसद्प्रति आफ्नो पूर्ण सम्मान रहेको बताउँदै उनले चाँडै अध्यादेश जारी भएमा सहज हुने धारणा राखेका थिए।

प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएका छन्।

राष्ट्रपति पौडेलले प्रेस काउन्सिल (पहिलो संशोधन) अध्यादेश, २०८३ फिर्ता पठाउने संकेत गरेका छन्। मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्ययनका क्रममा रहेको जनाउँदै राष्ट्रपति पौडेलले मौलिक हकसँग जोडिने विषयका कानुन संसदबाट नआई अध्यादेशबाट आउँदा त्यसले पार्ने असरप्रति चासो देखाएको स्रोतले बतायो। प्रधानमन्त्री शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई भेटेका थिए।

शीतलनिवासमा पनि पार्टी सभापति र प्रधानमन्त्री एकैदिन अलग–अलग पुग्नुले दुवै पक्षले राष्ट्रपतिसँग आआफ्नो कुरा राख्न खोजेको देखिन्छ। राष्ट्रपतिसँगको सम्बन्धमा शिष्टाचारको प्रश्न छ। विदेश भ्रमणअघि राष्ट्रपतिलाई जानकारी गराउने विगतको चलन प्रधानमन्त्रीले यस पटक तोडेका छन्।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस