निकास दिन एमाले अझै क्रियाशील हुने अपेक्षा
०६ पौष २०८२
•
३ मिनेट पाठ
निकास दिन एमाले अझै क्रियाशील हुने अपेक्षा
मुलुकमा जेनजी आन्दोलनपछि पुराना दलहरुका सम्बन्धमा अनेक कोणबाट बहस चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। नयाँ नेतृत्व चयनसहित सम्पन्न उक्त महाधिवेशनले मुलुकमा उत्पन्न राजनीतिक चुनौती सामना गर्न पुराना दलहरु अग्रसर हुँदै गएको सन्देश प्रवाह भएको महसुस गरिएको छ।




एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस लामो समयसम्म चल्यो। अन्ततः एमालेले आफूलाई लोकतान्त्रिक राजनीतिक पार्टीका रुपमा पुनः परिभाषित गर्दै विधान अधिवेशन सम्पन्न भएको छोटो अवधिमै ११औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्‍यो। महाधिवेशनले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहसलाई लोकतान्त्रिक अभ्यासबाटै किनारा लगाएको छ।

देश राजनीतिक संकटमा परेका बेला नेतृत्वको आलोचना वा नेतृत्वको बिदाइभन्दा पनि नेतृत्वको रक्षा गर्नुपर्ने बलियो तर्क र पंक्ति एमालेभित्र थियो। महाधिवेशनले अध्यक्ष केपी शर्मा ओली र उनको समूहलाई उल्लेखनीय मतभारसहित निर्वाचित गरेको छ। महाधिवेशनमा सहभागी दुई हजार २६३ प्रतिनिधिमध्ये ७० प्रतिशतले संस्थापन नेतृत्व र उक्त समूहलाई ठुलो आड र भरोसा दिएको छ।

अध्यक्ष ओलीले महाधिवेशन समापन सभामा पुराना पार्टी सकिए भन्ने गलत भाष्यलाई महाधिवेशनले गलत सावित गरेको र अब पार्टी विकास, सुशासन, समृद्धि र प्रतिनिधिसभा पुनःस्थापनाको बाटोमा अघि बढ्ने उद्घोष गर्नुले पार्टीभित्र र बाहिर एक प्रकारको उत्साह पैदा भएको छ।

महाधिवेशनले समसामयिक विषयमा पारित गरेको २४बुँदे राजनीतिक प्रस्तावमा राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, विकास र समृद्धिको मार्गबाटै देशलाई संकटमुक्त गर्न सकिने उल्लेख छ। महाधिवेशनले मुलुकलाई लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा फर्काउने संकल्प गरेको छ।

जनताको संघर्षबाट प्राप्त उपलब्धिहरु धरापमा परेको अवस्थालाई दृष्टिगत गरी मुलुकलाई लोकतान्त्रिक मार्गमा फर्काउन संविधान पक्षधर सबै शक्ति, विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दल, लोकतान्त्रिक र देशभक्त नागरिक तथा आमजनतालाई संवाद र सहकार्य गरी अगाडि बढ्न एमालेले आह्वान गरेको छ।

महाधिवेशनमा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले नयाँ नेतृत्वलाई बधाई दिँदै सामूहिकता, विधि र पद्धतिसंगत रुपमा पार्टीलाई सञ्चालन गर्न सुझाव दिएका छन्। महाधिवेशनमा पुनः अध्यक्षमा निर्वाचित ओलीले पनि सपथ लिएपछिको पहिलो सम्बोधनमा चुनावी प्रतिस्पर्धा सकिएको र अब पार्टीलाई एकताबद्ध गर्ने बताएका छन्।

एकाध निर्विरोधबाहेक यो महाधिवेशनमा प्रायः सबै पदमा प्रतिस्पर्धा भयो। विजयी र पराजित दुवैले निर्वाचन प्रक्रिया र परिणामलाई स्वाभाविक रूपमा स्वीकार गरेका छन्। यसबाट पार्टीको लोकतान्त्रिक छविलाई अझ सुदृढ बनाएको छ। एमालेमा एकाकी निणर्य हुन्छ भन्ने आरोप पनि यो महाधिवेशनबाट खण्डित भएको छ।

एमाले महासचिव शंकर पोखरेलको विचारमा पार्टी र नेतृत्वमाथि भइरहेको घेराबन्दीलाई चिर्दै राष्ट्रिय राजनीतिको चुनौती सामना गर्न ओलीको नेतृत्व नै अपरिहार्य रहेको सन्देश महाधिवेशनले स्पष्ट रूपमा प्रवाह गरेको छ। ‘नयाँ पुस्ताको सहभागिता बढाउन पार्टीमा विशेष आरक्षणको व्यवस्था गरिएकाले उल्लेख्य संख्यामा नवयुवा केन्द्रीय कमिटीमा प्रवेश गर्न सफल भएका छन्। महाधिवेशनले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको नीतिलाई व्यवहारमा उतारेको छ। ४० वर्ष उमेरमुनिका युवासहित करिब एक तिहाइ नयाँ केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित भएका छन्। महाधिवेशनको मुखमा कम्युनिस्ट आन्दोलनका अग्रजहरूले स्वेच्छिक अवकाश लिने घोषणा गर्नुलाई सकारात्मक ठानिएको छ।

एमाले नेतृत्वले शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिक अभ्यास तथा संवैधानिक मार्गबाट सर्वपक्षीय भावनाबमोजिम राजनीतिक निकासका लागि आफूलाई अझै क्रियाशील बनाउने अपेक्षा गरिएको छ।
अर्को समाचार
मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा
०५ पौष २०८२
•
३ मिनेट पाठ
मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा
जेनजी आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक घटनाक्रमबीच पुराना राजनीतिक दलहरुका सम्बन्धमा अनेक कोणबाट बहस चलेका बेला नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएसँगै उत्पन्न चुनौतीको सामना गर्न ती दलहरु अग्रसर हुँदै गएको सन्देश प्रवाह भएको महसुस गरिएको छ ।  




नेकपा एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस लामो समयसम्म चल्यो । अन्ततः एमालेले आफूलाई लोकतान्त्रिक राजनीतिक पार्टीका रुपमा पुनः परिभाषित गर्दै विधान अधिवेशन सम्पन्न भएको छोटो अवधिमा नै ११औँ महाधिवेशन सफलतापूर्वक आयोजना गर्‍यो ।  

देश राजनीतिक सङ्कटमा परेकाबेला नेतृत्वको आलोचना वा नेतृत्वको बिदाइभन्दा पनि नेतृत्वको रक्षा हुनुपर्ने बलियो तर्क र पङ्क्ति एमालेभित्र थियो । यो महाधिवेशनले अध्यक्ष केपी शर्मा ओली र उहाँको समूहलाई उल्लेखनीय मतभारसहित निर्वाचित गर्नुले ती तर्कहरुलाई एक प्रकारले अनुमोदन गरेको छ । महाधिवेशनमा सहभागी दुई हजार २६३ प्रतिनिधिमध्ये ७० प्रतिशतले संस्थापन नेतृत्व र उक्त समूहलाई ठूलो आड र भरोसा दिएको मतपरिणामले पुष्टि गरेको छ । आन्तरिक लोकतन्त्रको उच्चतम् अभ्यासका रुपमा नेतृत्वबीचको प्रतिस्पर्धा र प्राप्त परिणामले पनि यसलाई पुनर्पुष्टि गरेको छ ।  

अध्यक्ष ओलीले समामपनपत्रमा महाधिवेशनले पुराना पार्टी सकियो भन्ने गलत भाष्यलाई गलत सावित गरेको उल्लेख गर्दै अब आफूहरु विकास, सुशासन, समृद्धि र संसद् पुनःस्थापनाको बाटोमा अघि बढ्ने उद्घोष गर्नुले नेतृत्व र कार्यकर्तामा एकप्रकारको  उत्साह पैदा भएको छ ।  

महाधिवेशनले सामयिक विषयमा पारित गरेका २४ बुँदे राजनीतिक प्रस्तावमा जेनजी आन्दोलनपश्चात् राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, विकास र समृद्धिको बाटो नै देशलाई सङ्कटबाट मुक्त गर्ने उपायाका रुपमा प्रस्तुत गरिएको छ । एघारौँ राष्ट्रिय महाधिवेशनले पनि मुलुकलाई लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा फर्काउने सङ्कल्प गरेको छ ।  

राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र र सामाजिक प्रबन्धहरु सङ्कटमा परेका र जनताका सङ्घर्षका उपलब्धिहरु नै धरापमा परेको अवस्थालाई दृष्टिगत गरी मुलुकलाई लोकतान्त्रिक मार्गमा फर्काउन संविधानका पक्षधर सबै शक्ति, विघटित संसद्मा प्रतिनिधित्व गरेका दल, सबै लोकतान्त्रिक र देशभक्त नागरिक तथा आमजनसमुदायलाई आपसी संवाद, सहकार्यका साथ अगाडि बढ्न एमालेले आह्वान गरेको छ ।  

अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले नयाँ नेतृत्वलाई बधाई दिँदै सामूहिकता, विधि र पद्दतिसङ्गत रुपमा पार्टीलाई सञ्चालन गर्न सुझाव दिए छ भने अध्यक्ष ओलीले शपथ लिएपछिको पहिलो सम्बोधनमा चुनावी प्रतिस्पर्धा सकिएको र अब पार्टीलाई एकताबद्ध गर्ने बताए ।  

एमालेमा एकाध निर्विरोधबाहेक यो महाधिवेशनमा प्रायः सबै पदमा प्रतिस्पर्धा भयो । विजयी र पराजित दुवैले निर्वाचन प्रक्रिया र परिणामलाई स्वाभाविक रूपमा स्वीकार गरेका छन् । यसबाट पार्टीको लोकतान्त्रिक छविलाई अझ सुदृढ बनाएको छ । एमालेमा चुनाव हुँदैन, एकाकी निणर्य हुन्छन्  भन्ने आरोप खण्डित भएका छन् ।  

एमालेका महासचिव शङ्कर पोखरेलका विचारमा पार्टी र नेतृत्व, अध्यक्ष ओलीमाथि भइरहेको घेराबन्दीलाई चिर्दै राष्ट्रिय राजनीतिक चुनौती सामना गर्न उनको नेतृत्व अपरिहार्य रहेको सन्देश महाधिवेशनले स्पष्ट रूपमा प्रवाह गरेको छ ।  

‘नयाँपुस्ताको सहभागिता बढाउन विशेष आरक्षणको व्यवस्था गरिएकाले उल्लेख्य सङ्ख्यामा नवयुवा केन्द्रीय कमिटीमा प्रवेश गर्न सफल भएका छन् । महाधिवेशनले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको नीतिलाई व्यवहारमा उतारेको छ । चालिस वर्षमुनिका युवासहित करिब एक तिहाइ नयाँ केन्द्रीय सदस्यहरू महाधिवेशनबाट निर्वाचित भएका छन् ।  कम्युनिष्ट आन्दोलनका अग्रजहरूले स्वेच्छिक अवकाश लिने घोषणा गर्नुलाई सकारात्मक ठानिएको छ,’ सन्देशमा भनिएको छ।

एमालेले शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिक अभ्यास तथा संवैधानिक मार्गबाट सर्वपक्षीय भावनाबमोजिम राजनीतिक निकासका लागि आफूलाई क्रियाशील राख्ने अपेक्षा गरिएको छ । रासस/प्रकाश सिलवाल
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस