जाजरकोट- जिल्लास्थित एक विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम अनियमितता गरिएको पाइएको छ। भेरीमालिका नगरपालिका, काफलचौरस्थित विजय माविलाई चारकोठे भवन बनाउन शिक्षा कार्यालयबाट रकम भुक्तानी भइसके पनि एक वर्षदेखि निर्माणकार्य ठप्प छ।
शैक्षिक सत्र २०७०/०७१ मा शिक्षा कार्यालयको भौतिक पूर्वाधार विस्तार कार्यक्रमअन्तर्गत चारकोठे पक्की भवन बनाउन आएको २४ लाख रुपैयाँ विद्यालय व्यवस्थापन समिति र शिक्षा कार्यालयका कर्मचारीको मिलेमतोमा कामै नगरी सिध्याइएको हो।
काम पूरा नहुँदा अलिअलि बनेेको संरचना भत्कन थालेको अभिभावक बताउँछन्। जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठ भने विद्यालयकै लापरबाहीका कारण भवन निर्माण पूरा हुन नसकेको बताउँछन्। पटक–पटक विद्यालयलाई ताकेता गर्दा पनि अटेर गरेको उनको भनाइ छ। 'विद्यालयको भवन निर्माणकार्य अलपत्र परेको र अनियमितता भएको भन्दै स्थानीय अभिभावकबाट उजुरी परेपछि प्रअ नरबहादुर घर्तीको ९ महिनादेखिको तलब रोक्का गरेर आवश्यक छानबिन भइरहेको छ,' उनले भने।
प्रधानाध्यापक घर्ती, व्यवस्थापन समिति अध्यक्ष डिल्लीबहादुर चन्द, भवन निर्माण समिति अध्यक्ष टेकजंग शाह तथा प्राविधिक श्रीकृष्ण खनालको मिलेमतोमा मापदण्डअनुसार भवन निर्माण नगरिएको स्थानीयको आरोप छ।
अहिले भवनको तल्लो र माथिल्लो तलाको ढलान चिरा परेर फुटेको छ । प्राविधिक श्रीकृष्ण खनालले फिल्डमा गएर खिचेको फोटो हेरेर भवन पास गरेको बताइएको छ। उनले भवन पास गरेबाफत ७० हजार रकम लिएको प्रअ घर्तीले जानकारी दिए। भवन बनाउँदा आफू जिल्ला बाहिर गएको र कामदारले लापरबाही गरेको उनी आरोप लगाउँछन्। भवन बनाउँदा कमसल निर्माण सामग्री प्रयोग गरेको, म्याद सकिएको सिमेन्ट प्रयोग गरेको, काम पूरा नहुँदै भत्कने अवस्था रहेको, पिल्लर, बिम र ढलान चिराचिरा परेर चर्केको अभिभावक बताउँछन्। नक्कली कागजात पेस गरेर कुल २४ लाख मध्ये १७ लाख रूपैयाँ भुक्तानी लिइसके पनि एक वर्षअघि नै बनिसक्नु पर्ने भवन अहिलेसम्म बन्न नसकेको हो।