भारतीयद्वारा घरमै आएर नेपालीमाथि कुटपिट
०६ पौष २०७९
•
२ मिनेट पाठ
भारतीयद्वारा घरमै आएर नेपालीमाथि कुटपिट
भारत र नेपालको सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिका– ९ जुगेडामा गोली चलेको छ। दुई वर्षअघि तस्कर समूहले दुई प्रहरीको वीभत्स हत्या गरेर मोहना नदीको बीचमा गाडेको जुगेडोको सीमा क्षेत्रमा मंगलबार बिहान ३ बजेतिर गोली चलेको हो। गोलीको खोका मिलेको भए पनि कसले कसमाथि गोली प्रहार गरेको भनेर खुल्न नसकेको प्रहरीले बताएको छ।




दुई देशका तस्कर गिरोहले यस क्षेत्रबाट नियमित तस्करी गर्ने गरेको स्थानीय बताउँछन्। सीमा क्षेत्रमा बन्दुक पड्केको अवाज सुनिएको स्थानीयले बताए। कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले सीमा क्षेत्रमा दुई राउन्ड गोली चलेको बताए। गोलीका दुई खोका फेला परेको उनले बताए। गोली कसले कसमाथि चलाएको हो भन्ने नखुलेको उनको भनाइ छ। कसैलाई गोली लागेको अहिलेसम्म जानकारी प्राप्त भएको छैन।

राती पौने ३ बजेतिर ४–५ जनाको समूह वडा नं ९ जुगेडाका प्रजापति बिष्टको घरमा प्रवेश गरेको थियो। उक्त समूहमा रहेका युवाले भारतीय भाषा बोलिरहेका स्थानीयले बताएका छन्। उक्त समूहले घरको ढोका फोड्न खोज्दा थाह पाएर बाहिर निस्केका बिष्टमाथि उनीहरूले हातपात गरेका थिए। बिष्ट घाइते भएका छन्। उक्त समूह चोरी गर्न आएको प्रहरीको भनाइ छ। सीमापारि भारतबाट उक्त समूह घरमै आएर कुटपिट गरेको स्थानीयले बताए।

बिष्टको घरमा आएको समूह त्यहाँबाट गएपछि सीमा क्षेत्रमा गोली चलेको आवाज सुनिएको स्थानीयले बताए। सीमा क्षेत्रमा गोली चलेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। तस्करहरूको सक्रियताले जुगेडाको सीमानाका जोखिमपूर्ण मानिने स्थानीय बताउँछन्। दुई वर्षअघि प्रहरी सहायक निरीक्षक र एकजना जवान गरी दुईजनाको हत्या गरेर नदीको बीचमा गाडिएको यो नाकामा तस्करी नरोकिएको स्थानीयको भनाइ छ।

कैलालीमा असुरक्षा बढ्दै गएकोमा स्थानीय चिन्तित बनेका छन्। आइतबार साँझ कैलालीको अत्तरियामा सुन व्यवसायीमाथि गोली प्रहार गरिएको थियो। गोली प्रहार गर्नेको अझै पत्तो लाग्न सकेको छैन। अत्तरियाको पूर्वरोड सशस्त्र प्रहरीको वाहिनीनजिकै सुन व्यवसायी विकास सुनारमाथि गोली प्रहार गरेर उनीसँग रहेको सुन र नगद लुटेर लगेका थिए।
अर्को समाचार
भोट नदिएको भन्दै महिलामाथि कुटपिट
३१ वैशाख २०७९
•
१ मिनेट पाठ
भोट नदिएको भन्दै महिलामाथि कुटपिट
म्याग्दीको धवलागिरी गाउँपालिका–५,मल्कवाङमा मध्यरातमा एक समुहले गाउँमा कुटपिट गरेको छ। निर्वाचनमा आफ्नो पक्षमा मत नदिएको भन्दै नेकपा एमाले सर्मथकले नेपाली काङ्ग्रेसका कार्यकर्तालाई कुटपिट गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ।




मध्यरातमा आफ्नो पक्षमा मत नदिएको भन्दै पोखराबाट आएकाको नेतृत्वमा कुटपिट गर्दा स्थानीय झग छन्त्याल, रस्मी छन्त्याल, खिम छन्त्याल, सनम छन्त्याल, द मति छन्त्याल,बालकुमारी छन्त्याल, दिलकुमारी छन्त्याल र खिमसरा छन्त्याल लगायत घाईते भएको वडा अध्यक्षका प्रत्यासी अमर छन्त्यालले बताए। ‘मलाई कुटपिट गर्न खोज्दै आएको अवस्थामा उहाँहरूलाई कुटिएको छ,‘हामीले प्रहरीलाई जानकारी गराइसकेका छौ’ छन्त्यालले भने।  

उनका अनुसार घटनामा नेकपा एमालेका समर्थकहरूले आफ्नो पक्षमा भोट नदिएको भन्दै केही पुरुष समेत कुटपिट गरेका थिए। मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको अवस्थामा मध्यरातमा अराजकता देखाइएको भन्दै महिला र गाउँलेलाई कुटपिट गर्ने बिरुद्ध किटानी जायरी समेत दिने बताए।  

कुटपिटबाट घाईते भएकी झग छन्त्यालका अनुसार महिलाहरूलाई समेत हातपात गरेपछि गाउँ नै आंतकित भएको बताए।‘निर्घात कुटपिट गरेका छन्,‘सम्झाउन जानेलाई समेत कुटे, हामीले सबै घटनाका बारेमा प्रहरीलाई भनिसकेका छौ’ उनले भने। उनले दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ। कुटपिटबाट घाईते भएकाको स्वास्थ्य चौकीमा उपचार गरिएको थियो।

यता घटनाका बारेमा कुटपिटको आरोप लगाइएको नेकपा एमाले वडा कमिटीले भने कुनै प्रतिक्रिया दिएको छैन। यता जिल्ला प्रहरी कार्यालयले शनिबार विहानसम्म पीडित पक्षले प्रहरीमा उजुरी नदिएको जनाएको छ।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस