सर्लाही- सर्लाहीको लखनदेही खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ। खोलामा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा हरिवन–४ का ३० का उमेश महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। महतोसंगै दाउरा निकाल्न गएका २८ वर्षीय राजकुमार महतोलाई स्थानीयले जिवितै उद्धार गरेका छन्। अविरल वर्षा पछि आएको बाढीमा जंगलबाट बगेर आएको दाउरा खोलाबाट निकाल्ने क्रममा दुबै जनालाई पानी बगाएको थियो।
अर्को समाचार
खोलाले बगाएर दुई जनाको मृत्यु
सइन्द्र राई, खोटाङ, भदौ १०- ओखलढुङ्गामा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ। अविरल वर्षापछि आएको बाढीले बगाएर छुट्टा–छुट्टै स्थानमा दुई जनाको मृत्यु भएको हो। वर्णालुस्थित सिस्ने खोलाले बगाएर खोला तर्दै गरेकी अँधेरीनारायणस्थान–८, की पूर्णकुमारी राईको गए राति मृत्यु भएको हो।
त्यसैगरी रुम्जाटार र माम्खाबीचको ठोट्ने खोलाले एक शव बगाएर ल्याएको भेटिएको छ।
खोला किनारमा भेटिएको शवको पहिचान हुन सकेको छैन। प्रहरीका अनुसार खोलाले बगाएर ल्याएको पुरुष शवको पहिचान हुन नसकेको हो। ६५ वर्षीय राईलाई भने पोष्टमार्टमका लागि जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ल्याइएको छ।