सिरहामा अझै पनि दैनिक ज्याला आठ किलो धान !
१४ पौष २०७९
•
५ मिनेट पाठ
सिरहामा अझै पनि दैनिक ज्याला आठ किलो धान !
मधेश प्रदेशका पालिकाहरुमा दैनिक ज्यालालाई अनाजसँग  साटिने ब्यवस्था अझै कायम छ। शिक्षाको सवालमा कर्णाली भन्दा पनि पछाडि परेको मधेश प्रदेशका हालसम्म एउटा पनि पालिका साक्षर पालिका धोषणा हुन सकेको छैन।  यहाँ काम गर्ने श्रमिकहरुलाई महाजनहरुले अझै पनि काम गरेवापत दैनिक ज्याला आठ किलो धान दिने चलन  छ।




मधेश प्रदेशको सिरहा जिल्लामा रहेको कल्याणपुर र कर्जन्हा नगरपालिकामा दैनिक ज्यालामा श्रमिकहरु काम गरिरहेको नगर प्रमुखहरुनै बताउँछन्। पुस ११ गते महोतरीको बर्दिबासमा आसमान नेपालले आयोजना गरेको एक छलफल कार्यक्रममा नगरप्रमुख, प्रसासकिय अधिकृत तथा परियोजनाका समबन्धित ब्यक्तिहरुले प्रस्तुत गरेको प्रस्तुतिमा सिरहाका पालिकाहरुमा अझै पनि दैनिक ज्याला अनाजबाटै साटिने गरिएको बताएका हुन्।

मधेश प्रदेशमा समावेशी लोकतन्त्रका लागि नागरिक सशक्तीकरणको प्रवद्र्धन (नागरिक सक्रियता) परियोजना युरोपियन युनियनको आर्थिक सहयोगमा आसमान नेपालको नेतृत्वमा वेल्टहंगरहिल्फे, दलित सरोकार मञ्च नेपाल, वातावरण तथा बालविकास परिषद् र मुक्ति नेपालद्वारा कार्यान्वयन भइ समापनको चरणमा रहेको छ। चार वर्षीय यो परियोजना सप्तरी जिल्लाको राजगढ र विष्णुपुर गाउँपालिका, रौतहट जिल्लाको ईशनाथ र बौद्धीमाई नगरपालिका र सिरहा जिल्लाको कल्याणपुर र कर्जन्ह नगरपालिकामा सञ्चालन भएको थियो।

आसमान नेपालका कार्यकारी निर्देशक नवलकिशोर यादबले  चार वर्षे परियोजनाको अवधिको अनुभव, सिकाई र भावी मार्गचित्रको मुख्य उपलब्धीको रुपमा दैनिक ज्याला पाँच किलोबाट आठ किलो र एक छाक खाना पुर्याएको बताए।

‘बिगतमा  यस क्षेत्रका कामदारले महाजनको घरमा काम गरेको ज्याला पाँच किलो धान मात्र पाउने गरेका थिए,’ कार्यकारी निर्देशक यादबले भने ‘ परियोजनाले नागरिकहरुको सचेतना र सक्रियता बढायो। ’ उनले थपे ‘हाल यी क्षेत्रका कामदारले  दैनिक ज्याला आँठ किलो धान र एक छाक खाना पनि पाउने ब्यवस्था भएको छ। विगतमा खाना दिएको  थिएन।’

कार्यक्रममा चार वर्षे परियोजनाका सिकाई, अनुभव र भावी मार्गचित्रबारे प्रस्तुती गर्दै श्यामप्रसाद ओझाले अर्को मुख्य उपलब्धीको रुपमा सिमान्तकृतलाई नागरिकता उपलब्ध गराइएको जनाए।

‘परियोजना अवधिमा रिहा, सप्तरी र रौतहट  जिल्लाका ३ हजार ६ सय २५ सीमान्तकृत व्यक्तिहरूले नागरिकता प्राप्त गरेका छन् ,’ ओझाले भने ‘जसमध्ये १४१ सिरहा, १,३०५ सप्तरी र २,१७९ रौतहटका सिमान्तकृतले नागरिकता प्रमाणपत्र प्राप्त गरेका छन्। ’ उनले थपे ‘त्यस्तै स्थानीय तहमा गर्नुपर्ने घटना दर्ता प्रक्रियामा लिइँदै आएको शुल्कबारे आवाज उठेपछि  उल्लेख्य सङ्ख्यामा विपन्न परिवारका सदस्यले निः शुल्क दर्ता गराएका छन्। ’

उनले परियाजना मधेस प्रदेशको तीन जिल्लाका दुई दुई गरी छ वटा स्थानीय तहमा सञ्चालन भएको बताए।नागरिका सक्रियता परियोजनाले अवलम्बन गरेको ‘कम्युनिटी स्कोरकार्ड’ मार्फत स्थानीय सरकारको सेवा प्रवाहमा हस्तक्षेप गर्दा सन् २०२१ मा गरिएको वार्षिक सर्वेक्षणमा लक्षित समुदायको ४४ प्रतिशत जनताले स्वास्थ्य सेवामा पहुँच बनाएको तथ्याँक प्रस्तुत गरे।

यो परियोजनाले स्थानीय तहको योजना समावेशी र सहभागीतामूलक बनाउन ६ वटा पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष गरी २८२  जना स्थानीय सरकारका प्रतिनिधि, ५४ वटा नागरिक समाज संघसंस्था र २४ वटा युवाहरूको समूहलाई प्रभाव पार्न सफल भएको छ।

सिरहाको कर्जन्हा नगरपालिकका प्रमुख भोलाप्रसाद पोखरेलले नागरिक सक्रियता कार्यक्रमले सुशासनबारे नागरिकलाई सचेतना दिएको  जनाउँदै उनले अझै पनि यो पालिकामा दैनिक ज्याला अनाजसँगै साटिन्दै आएको उल्लेख गरे।  

‘गैर सरकारी संस्थाको सचेतना कार्यक्रममले दैनिक ज्याला बृद्धि भएको छ।  पालिकाहरुका पनि समस्या छन्। ५३ जना कर्मचारीको दरबन्दी रहेको हाम्रो पालिकामा ८ जनाले काम चलाउनुपरेको छ ,’ नगरप्रमुख पोखरेलले यर्थाथ सुनाए ‘कर्मचारीको सरुवा गरेर पनि समाधान हुँदैन। यो शाखाबाट त्यो शाखा, त्यो शाखाबाट त्यो शाखा लगे पनि तिनै मान्छे हुन्।’ उनले थपे ‘ आसमान नेपाल र मुक्ति नेपालबाट हामीलाई म्याचिङ फण्डअन्तर्गत भौतिक पर्वाधार सहयोग होस् भन्ने चाहान्छौँ। ’

सप्तरीको विष्णुपुर गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत सुनील यादवले देश संघीयतामा गएको पाँच वर्ष भएसकेपनि आफुहरुले केन्द्र र प्रदेश सरकारको तर्फबाट प्रयाप्त तालिम नपाएकोलेले कार्यक्रम तर्जुमा गर्न समेत चुनौति थपिएको अवस्थामा नागरिक सक्रियता परियोजनाले कार्यक्रम तर्जुमा तथा बजेट बिनियोजनका सात चरण बारे स्ष्ट पारिदिएको बताए। ‘हामीले स्थानीय तह सम्हालेदेखि केन्द्र र प्रदेश सरकारको अनुभुतिनै गर्न पाएनौं,’ उनले भने ‘अलमलको अवस्थामा गैर सरकारी निकायहरुाबाट तालिम प्राप्त गरी पालिकामा काम गर्न सक्यौं।’उनले थपे ‘परियोजनाले सम्बन्धित सरोकारवालाविच समन्वय गरि उल्लेख्य सँख्यामा दलित, मुस्लिम र सिमान्तकृतका सदस्यलाई नागरिकताको महत्व बुझाउने रआवश्यक कागजात तयार पार्नेमा सहयोग गरी नागरिकता दिलायो।’

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका उपसचिव दिलिप ठाकुरले परियोजनाको सिकाइ र अनुभवलाई निरन्तर कायम गराउन प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता जनाए। ‘हाम्रो प्रदेशमा कुल एक सय ३६ पालिका छन् । जसमध्ये परियोजना  तीन जिल्लाको ६ पालिकामा मात्र कार्यन्वयन गरिएको छ,’ ठाकुरले भने ‘अगामी वर्षदेखि अन्या पालिकामा पनि यस्ता कार्यmक्रम बिस्तारको पहल गरिने छ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव जनकराज शर्माले दिगो विकासलाई स्थानीयकरण गर्दै भावी मार्गचित्र खोज्नु पर्ने जिकिर गरे। उनले यसकालागि स्थानीय आर्थिक विकास एजेण्डा अघि बढाउनु पर्नेमा जोड दिए।

‘अधिकारमुखी अवधारणा र समावेशी विकासका आधारमा स्थानीय तहले पछाडि पारिएका वर्गका लागि बजेट तर्जुमामा प्राथमिकत दिनुुपर्छ ,’ उपसचिव शर्माले भने ‘बालमैत्री स्थानीय शासनको अवधारणामा पनि काम भइरहेको छ। स्थानीय तहमा क्षमता विकासका लागि धेरै काम भएका छन् तर अझै ग्याप देखिएको सन्दर्भमा सङ्घ सरकारले आवश्यक समन्वय गर्न छ।’ उनले थपे ‘सिमान्तकृतले नागरिकता प्राप्त गरेपछि राज्यका सेवासुविधा पहुँचमा धेरै ढोकाहरु खुलेका छन्।’
अर्को समाचार
१५ महिनामा चौँथो पटक विश्वासको मत लिँदै मुख्यमन्त्री यादव
०४ वैशाख २०८१
•
१ मिनेट पाठ
१५ महिनामा चौँथो पटक विश्वासको मत लिँदै मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज विश्वासको मत लिन लागेका छन्। आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका हुन्।




केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेश सरकारबाट गत चैत ५ गते कांग्रेस बाहिरिएको थियो भने एमाले सहभागी भएको थियो। कांग्रेसले सरकारबाट बाहिरिँदै चैत ९ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।

सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।

मुख्यमन्त्री यादवले १५ महिनामा विश्वासको मत लिन लागेको यो चौथो पटक हो।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस