निर्माण सम्पन्न भएको डेढ बर्षपछी पुर्वी नाका काकडभिट्टाको अन्तर्राष्ट्रिय सिमाको पुल संचालनमा आएको छ।
एसियाली राजमार्ग अन्तर्गतको ६ लेनको पुल आइतबारबाट संचालनमा आएको हो। नेपाल र भारतका भन्सार अधिकारीहरुले आ-आफ्नो मुलुकको झण्डा फहराउँदै पुलको उद्घाटन गरेका हुन्।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले नेपालतर्फ र नक्सलबारी भन्सार डिभिजनकी उप-आयुक्त छिरिङ शेर्पाले भारततर्फ पुलको रिबन काटेका थिए।काँकडभिट्टाबाट भारतको पानीटंकी नाका जोड्ने मेची नदीमा निर्मित ‘मितेरी पुल’ ५७५ मिटर लामो छ जसको आधा भन्दा बढि हिस्सा नेपाली भु-भागमा पर्छ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले २०७३ सालमा पुल निर्माणको सम्झौता गरेका थिए। एसियाली राजमार्ग अन्तर्गतको एसियाली विकास बैंकको भारु एक अर्ब ६० करोड ऋण सहयोगमा भारत सरकारले नै पुलको निर्माण गरेको हो।
नयाँ पुल निर्माण भएसँगै दक्षिणतर्फ रहेको पुरानो पुलबाट तीन चक्के टेम्पो, रिक्सा, मोटरसाइकल र साइकललाई प्रवेश दिइने भएको छ।
वीरगन्ज रक्सोलबीचमा रहेको मितेरी पुलको जीर्णोद्धारका लागि बिहीबार स्थलगत अवलोकन गरिँदै। जीर्णोद्धार हुने भएको वीरगन्ज रक्सोलबीचमा रहेको मितेरी पुल। तस्बिरः रितेश नागरिक
नेपाललाई भारतसँग स्थलमार्ग भएर जोड्ने मुख्य नाका वीरगन्ज र रक्सौलबीचमा रहेको मितेरी पुलको जीर्णोद्धार चाँडै हुने भएको छ। पुलमुनी नेपाल-भारत सीमा भएर बग्ने सिर्सिया नदी छ, पुलमाथि दर्जन बढी खाल्डो। राम्रो भारवहन क्षमतासहित कालोपत्रे र आरसिसि ढलान भएपछि खाल्डोको ठाउँमा चिटिक्कको बाटो हुने भएको छ।
नेपाललाई भारत र ब्यपापारिक रुपमा अन्य देशसँग जोड्ने मुख्य नाकामा रहेको मितेरी पुल मानिस र सवारी साधन आवतजावतका लागि पार गर्न चुनौतिपूर्ण बनेको अवस्थामा अहिले मर्मत हुन लागेको सीमा जागरण मञ्चका बिहार प्रदेश अध्यक्ष महेशकुमार अग्रवालले बताए।
‘चिन्ताजनक अवस्थामा पुगेको पुलको जीर्णोद्धार अति जरुरी रहेको,’ उनको टिप्पणी थियो। केही दिन अगाडि नेपालतर्फका सरोकारवालाहरु वीरगन्जका नगरप्रमुख विजय सरावगी र पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अग्रसरतामा नाकालाई ब्यवस्थित गर्ने सवालमा बैठक बसेकाे थियाे। सोही बैठकबाट सीमापारीका अधिकारीहरुसँग समन्वय गर्ने तय भए अनुसार पहल भएपछि मितेरी पुलको जीर्णोद्धार सम्भव भएको हो।
बिहीबार वीरगन्जस्थित महावाणिज्य दूतावासका काउन्सुलर शैलेन्द्र कुमारको अग्रसरतामा भारतका अधिकारीहरुले मितेरी पुलको स्थलगत अवलोकन गरी एक हप्ताभित्र यसको मर्मत कार्य सक्ने बताएका छन्। भारत बिहारको पथ निर्माण बिभागका इन्जिनियर अशोक कुमार, रक्सौल नगरपालिकाका सिइओ विजय कुमार, सहायक इन्जिनियर मृत्युन्जय कुमार र रक्सोल भन्सारका अधिकारीहरुसहितको टोलीले पुलको निरीक्षणपछि एक हप्ताभित्र काम सम्पन्न गर्ने सहमति जनाए।
पुलको मध्य भागबाट यता नेपालतर्फ भागमा ५० मिटर र पारीको आवश्यक भाग गरी ९६ मिटर खण्ड मर्मत तथा जीर्णोद्धारको काम गरिने सहायक इन्जिनियर मृत्युन्जय कुमारले बताए। ‘हामी शुक्रबारदेखि काम थाल्ने लक्ष्य लिएका छौं, करिब एक हप्ताभित्रै सकिने अनुमान छ,’ उनले नागरिकसँग भने। पर्साका सहायक प्रम्ख जिल्ला अधिकारी भीमकान्त पौडेल, सशस्त्र प्रहरी भन्सार गुल्मका सशस्त्र प्रहरी निरीक्षक सुवर्णबहादुर बम, मिडिया फोर बोर्डर हार्मोनी नेपालका अध्यक्ष अनिल तिवारी, अभियन्ता प्रकाश खेतान र दिलिपराज कार्की लगायत बिहीबार यसका लागि पहल गर्न रक्सोल पुगेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...