खाँडो नदीमा पछिल्लो एक दशक यताकै उच्च बहाव
०८ साउन २०७३
•
६ मिनेट पाठ
खाँडो नदीमा पछिल्लो एक दशक यताकै उच्च बहाव
महुली नदीको बाढीले डुवानमा परेका भारदह–पोर्ताहा क्षेत्रका घर। तस्बिर: जितेन्द्रकुमार झा
तिलाठी–शुक्रबार मध्यरातिदेखि भएको अविरल बर्षापछि खाँडो नदीमा आएको बाढीले जिल्लाको दक्षिणी भेगका आधा दर्जन गाविसका झण्डै ८ सय बढी घर डुवानमा परेको छ। स्थानीयका अनुसार शनिबार विहानै आएको बाढी खाँडो नदीमा पछिल्लो एक दशक यताकै ठूलो बाढी हो।




बाढीका कारण सकरपुरा गाविस पुरै डुवानमा परेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट तिलाठीले जनाएको छ।

टेलिफोनमा कुराकानी गर्दै बोर्डर आउट पोष्टका प्रमुख ज्ञानबहादुर श्रेष्ठले भने, ‘हामी अहिले सकरपुरामै छौ, सिंगो वस्तीनै डुवानमा रहेको छ।’ यता तिलाठी र रम्पुरा मल्हनियाँकोसमेत झण्डै दुई सय बढी घर डुवानमा परेको प्रहरीले जनाएको छ।

‘तिलाठीको ८ र ९ नम्बर वडा डुवानमै छन्, हाम्रो विओपीभित्र पनि बाढी पसेको अवस्था हो’, उनले भने, ‘तिलाठी गाविसको २, ३, ४ र रम्पुरा मल्हनियाँको समेत केही वडा डुवानमा रहेको जानकारी पाएका छौं।’    

खाँडो नदीमा आएको उच्च वहावसँगै शनिबार विहानै सप्तरीको तिलाठी तथा भारत विहार राज्यको सुपौल जिल्ला अन्तर्गतको कुनौली ग्रामपञ्चायतबीच रहेको दशगजा क्षेत्रमा भारतीयहरुले बनाएको बाँध तथा कब्रगाहलगायतका विवादित संरचनासमेत कटान भएको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार नदीले झण्डै ५० मिटर जति बाँध कटान गरेका छन् भने कब्रगाहको उत्तरी तथा पूर्वी पर्खालसमेत कटान भएर क्षतिग्रस्त भएको छ।

कटान गरिएको बाँध बनाउन भारतीयहरु विहानैदेखि प्रयास थालेको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले जानकारी गराए। यद्यपी हाल त्यहाँ केही पनि काम नगर्नु गराउनु भनेर आफूले भारतीय सीमा सुरक्षा अधिकारीहरु मार्फत जानकारी गराईसकेको श्रेष्ठले बताए ।

तिलाठी हुँदै दशगज्जा भएर भारततर्फ बग्ने गरेको खाँडो नदीको प्राकृतिक बहावलाई परिवर्तीत गर्न बर्षौ अघिदेखि भारतीयहरुले दशगज्जा क्षेत्रमा उक्त बाँध बनाउँदै आएका हुन्। नेपाल तर्फका गाउँलेहरुले प्रारम्भ देखिनै उक्त बाँधलगायतका संरचनाको विरोध गर्दै आएपनि राज्य पक्षबाट दरो रुपमा भारत समक्ष उक्त गुनासो उठाउन नसकिएको सिमा क्षेत्रका नेपालीहरुको आरोप छ।

भारतीय बाँधकै कारण खाँडो नदीको झण्डै ५ किलोमिटर जति मुहानसमेत पुरिएको तथा नदीले वर्षैनी नेपाल तर्फ निकै क्षति पु¥याउने गरेको तिलाठी अगुवा ललितनारायण झाको भनाइ छ।

यता खाँडो नदीको बवाव बढदै गएर सप्तरीको बभनगामाकट्टी गाविसको तोपा गाउँ जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका नायव प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी गराए। ‘बाँध नाघेर पानी वस्तीमा पसेको अवस्था हो’, उनले भने, ‘बाँध कटानको खतरा समेत बढदै गएको छ, स्थानीय करिब ५० परिवार आफ्नो घर छाडेर अग्लो स्थान खोज्दै हिडेका छन् ।’

महुली नदीको बाढीले भारदह पोर्ताहा डुवानमा

यता महुली नदीमा आएको बाढीले सप्तरीको उत्तर पुर्वी भेगमा पर्ने भारदह र पोर्ता गाविसका ६ वटा वडाको ६० घर जति डुवानमा परेको छ । बाढीले पोर्ताहा–त्रिकौलको विचमा झण्डै ३÷४ स्थानमा बाँध कटान गरेको स्थानियहरुले जनाएको छ । बाढीका कारण हाजारौ विघा खेती योग्य जग्गा डुवानमा परेको छ । धान रोपेका खेतहरु समेत डुवानमा परेपछि स्थानिय किसानहरु चिन्तीत भएका छन् । बाढीको पानी भारदह–पोर्ताहा क्षेत्रको केरा वगानमा समेत छिरेको छ ।

कोसी निरन्तर वढदै वहाव

निरन्तरको वर्षाले कोसी लगायत जिल्लाभरीका सवै जसो नदीहरुमा निरन्तर पानीको बहाव वढदै गएको छ । कोसी नदीमा विहानै देखि पानीको वहाव वढदै गएको कोसी व्यारेज स्थित नियन्त्रण कक्षले जनाएको छ । यो समाचार तयार पारिरहँदा सम्म कोसी नदीमा २ लाख २२ हजार ४० क्यूसेक बहाव मापन गरिएको थियो ।

यता उत्तरी भेगमा बर्षा निरन्तर भईनै रहेका कारण खाँडो, महुली, जिता लगायतका नदीहरुमा समेत पानीको बहाव विहानै देखि निरन्तर वढि नै रहेको उक्त क्षेत्रका स्थानियहरुलाई उद्धृत गर्दै प्रहरीले जनाएकोे छ ।
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5793099cbbd27.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5793099cdc68f.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5793099dd8e20.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5793099ddc5bf.jpg
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१३ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस