कोसीको त्रासकाबीच तीन सय परिवार
१२ साउन २०७३
•
१४ मिनेट पाठ
कोसीको त्रासकाबीच तीन सय परिवार
गोबरगाढास्थित सदाबस्तीका महिलाहरु । त्रास र समस्याका बाबजुद विकल्प नभएका यी विपन्नहरु जोखिम मोलेर भएपनि गाउँमै बस्न बाध्य छन् । तस्बिर: जितेन्द्रकुमार झा
गोबरगाढा(सप्तरी)–    शुक्रबार मध्यराति यता सप्तकोसी नदीको बहाब निरन्तर बढदै छ। मंगलबार दिउँसो सप्तकोसीमा यस वर्षकै उच्च बहाब मापन गरियो। चेतावनी स्वरुप प्रशासनले ब्यारेजमा रातो झण्डा र दुई वटा रातो बत्ती बालेका छ। कोसी छेउछाउका बस्तीमा बसोबास गर्नेहरु त्रसित छन्। कोसीको ‘कोप भाजन’ देखेका जो कोही त्रस्त छन्। यस्तो बेला कोसी नदीको बीच भागमै रहेका बस्तीका बासिन्दा कस्तो भय, त्रास र पीडा झेलिरहेका होलान्?




चारैतिर कोसीले घेरिएको सप्तरी गोबरगाढाका झण्डै तीन सय बढी परिवार यस्तै भय, त्रास र पीडा झेल्दै आएका छन्। कतिखेर कोसीको ‘प्रलय’ बस्ती छिर्ने हो भन्ने त्रासले आफूहरुको निद्रा र चैन हराएको ‘टापु’ गाउँका स्थानीयहरु बताउँछन्। ‘त्यस माथि अत्यावश्यक औषधि र खाद्यान समेतको अभाव’, त्रसित गाउँले भन्छन्, ‘यहाँ बस्नुको कुनै विकल्पनै छैन, कलिला बालबालिका, महिला तथा बृद्धबृद्धासहित जोखिम मोलेर बस्नु पर्ने बाध्यता हामी छौं।’

गत बर्ष घोषणा गरिएको हनुमाननगर–योगिनीमाई नगरपालिकामा गोबरगाढा पनि गाभिएको छ। यद्यपि जिल्लाकै ‘अतिविकट’ ठाउँ मध्ये पहिलो स्थानमा नै पर्छ गोबरगाढा। ‘चारै तिर कोसीले घेरिएका छौं’, स्थानीय हरिनारायण यादव भन्छन्, ‘गाउँबाट बाहिर जतासुकै जान पनि कम्तीमा आधा दर्जन भंगालो र खोलाहरु तर्नुपर्ने हुन्छ।’

शुक्रबार मध्यराति यता सप्तकोसी नदीको बहाब निरन्तर बढदै छ। मंगलबार दिउँसो सप्तकोसीमा यस वर्षकै उच्च बहाब मापन गरियो। चेतावनी स्वरुप प्रशासनले ब्यारेजमा रातो झण्डा र दुई वटा रातो बत्ती बालेका छ। कोसी छेउछाउका बस्तीमा बसोबास गर्नेहरु त्रसित छन्। कोसीको ‘कोप भाजन’ देखेका जो कोही त्रस्त छन्। यस्तो बेला कोसी नदीको बीच भागमै रहेका बस्तीका बासिन्दा कस्तो भय, त्रास र पीडा झेलिरहेका होलान्?

भंगालो र खोलाहरु तर्नलाई आवश्यक पर्ने डुंगासमेत  छैनन् गोबरगाढाबासीसँग। २ बर्षअघि गाविसको बजेटवाट तीन वटा डुंगा किन्नलाई डेढ लाख रुपैयाँ निकासा गरिएको थियो। तर गाविस सचिवदेखि जिल्ला विकास समितिका प्राविधिकले कमिशनमै आधा पैसा खाई दिएको गाउँलेहरुको गुनासो छ। ‘त्यतिवेला ३÷४ जना बस्ने खालको ३ वटा साना डुंगा किनिएको थियो’, स्थानीय रामचलितर सदाले भने, ‘ती डुंगापनि गाउँकै नेता टाइप व्यक्तिहरुको नियन्त्रणमा रहेको र उनीहरु आफ्नो व्यक्तिगत प्रयोजनका निम्ति मात्रै प्रयोग गर्ने गर्छन।’

पछिल्लो शनिबारदेखि स्थानीय करिब ३ सय परिवार गोबरगाढामा अलपत्र परेका छन्। आइतबार सप्तरीका प्रहरी प्रमुख एसपी भिम ढकालले गोबरगाढाका डेढ सय परिवार सम्पर्क विीहन रहेको बताएपछि सोमबार जोखिम मोलेर गोबरगाढा पुगेका सप्तरीका सञ्चारकर्मीले त्रासपूर्ण अवस्थामा समस्यै समस्याका बीच बाँच्दै गरेका झण्डै तीन सय बढी परिवारसँग भेट्न सफल भए।

‘स्वास्थ्य चौकी बन्द, सिटामोल पनि छैन’

पछिल्लो चार दिनदेखि ज्वरो लागेर विरामी रहेकी ५० बर्षीया स्थानीय शान्तिदेवी सदा उपचारकालागि नजिकै रहेको हनुमाननगर बजार आउँदै गरेकी थिइन्। तीन वटा भंगालो तरेर पतिका साथ हनुमाननगर तिर आउँदै गरेकी उनले जिउभरी लगाएको कपडा भिजेको थियो। चिसोले उनी काप्दै थिइन्। ‘गाउँमा स्वास्थ्यकर्मी भए यसरी ज्यान जोखिममा पारेर जानुपर्ने थिएन’, उनले भनिन्, ‘गाउँमा त सिटामोलसम्म छैन, घरेलु उपचारले ठिक हुने अवस्था नरहेपछि जोखिम मोलेर पनि डाक्टरसम्म जानु पर्ने बाध्यता छ।’

बाढीको त्रासकाबीच दिन काट्दै आएका यहाँका अधिकांश स्थानीय बिरामी रहेका छन्। ‘भाइरल ज्वरो’ सुघाखोकी, झाडा पखाला’ लगायतको रोगका कारण प्रायः जसो घरमा एउटा/दुई जना बिरामी रहेको स्थानीय स्वास्थ्य स्वयम् सेविका तेतरीदेवी यादवले जानकारी गराइन्।

‘साउन, भदौको समयमा हाम्रो तिर त्यसै सर्दी, बुखारको प्रकोप हुन्छ’, उनले भनिन्, ‘त्यसमाथि बस्तीको चारै तिर पानी जमेपछि झन् झाडा पखाला, पेट दुख्नेलगायतका विरामी बढ्दै गएका छन्।’ आफ्नै घरमा दुई जना नाति, नातिनी र एक जना बुहारी विरामी रहेको बताउँदै उनले भनिन्, ‘तीन दिनदेखि छटपटाई राखेको अवस्था हो, तर उपचारको कुनै प्रबन्ध छैन।’

तेतरीकै गाईगोठमा बर्षौदेखि सञ्चालनमा रहेको गोबरगाढाको स्वास्थ्य चौकी पछिल्लो दुई महिनादेखि ठप्प छ। स्वास्थ्यकर्मी आएको छैनन्, औषधि समेत नरहेकोले झन् समस्या भएको यादवको भनाइ छ। ‘स्वास्थ्यकर्मी त्यसो पनि आकल झुकल गाउँ आउँने गर्छन्, स्वास्थ्य चौकी चलाउने मै हुँ’, उनले भनिन्, ‘औषधि भएको भए बाँडथे, त्यो पनि छैन।’

गोबरगाढास्थित स्वास्थ्य चौकीमा दुईवटा दराज बाहेक केही छैनन्। ती दुवै दराज खोलेर दोखाउँदै तेतरीले भनिन्, ‘हेर्नुसन, दुवै खाली छ, सिटामोलसमेत नभएको अवस्था हो।’ सिटामोल लगायत अत्यावश्यक औषधि र एक जना स्वास्थ्यकर्मीको असाध्यै खाँचो रहेको गाउँलेहरुको भनाइ छ।  

‘खाद्यान छैन, नुन पनि पाउन गाह्रो’

बाढीले चारैतिरबाट घेरिएका कारण नजिकको हाटबजारसमेत आवत जावत गर्न कठिनाई भएपछि गोबरगाढामा हाल खाद्यान संकटसमेत भएको छ। यहाँका बासिन्दाहरुको मुख्य व्यवसाय भनेको भंीिस पालन हो। भैंसीको दुध बेच्ने तथा त्यही पैसाबाट चामललगायतका खाद्यान ल्याएर आफूहरु खाने गरेको स्थानीय मिश्रीलाल यादवको भनाइ छ।

‘बाढीका कारण हाटबजारसम्म जान सक्ने अवस्था नै छैनन्’, उनले भने, ‘सात दिन भयो भात खाएको छैन।’ घरमा भएको गहुँको पिठोको रोटी खाएर जसोतसो बस्नु पर्ने बाध्यता आएको उनको भनाइ छ। आफू जसोतसो बसेपनि बालबच्चाहरु भने निकै समस्यामा परेको उनी बताउँछन्। ‘बच्चाहरु बुझ्दैनन्, भातका लागि कराउँछन, तर भात कहाँबाट ल्याइदिउँ?’, यादवले भने।

यहाँका स्थानीयले खेती गरेपनि असारदेखि असोज सम्मको वर्षा याममा प्रायः डुवानमै पर्ने गरेका कारण यहाँ धान उत्पादन भने खासै नहुने गरेको कृषक हरि यादव बताउँछन्। यद्यपी हिउँदका बेला गहुँ भन्ने राम्रै उत्पादन हुने गरेको उनको भनाइ छ।

हाल गोबरगाढामा नुनसम्मको अभाव सृजना भएको छ। यहाँ दुई वटा पसलहरु छन्। एउटा सहकारी पसल र एउटा निजी तर दुवैमा भन्ने नुनको अभाव । कोसी पीडित सहकारी पसलका सञ्चालक इन्द्रदेव यादवले भने, ‘कोसीको बाढीका बीच आफ्नो ज्यान जोगाउन गाह्रो छ, उपभोगक्ताका लागि समान कसरी ल्याउनु ?’ त्यहाँ सञ्चालित दुवै पसलमा हाल कुनै पनि समानहरु नरहेको पसल सञ्चालकहरुले जनाएका छन्।

‘नेताहरु पनि आउँदैनन्’

सदरमुकाम राजविराजवाट मात्र १२ किलोमिटर पूर्वमा अवस्थित गोबरगाढामा हाल सम्म कुनै सांसद वा दलका ठूला नेतासमेत नआएको गाउँलेहरुको गुनासो छ। लोकतन्त्र आएयता दुई वटा संविधान सभाको चुनाव भएपनि हालसम्म कुनै पनि सांसद वा दलका ठूला नेताहरु गोबरगाढासम्म नआएको स्थानीय खटरु यादवको भनाइ छ। ‘चुनावका बेला भोट पनि माग्न आएन’, यादवले भने, ‘भोटसम्म माग्न नआउनेबाट अरु के आश गर्न सकिन्छ र?’

लोकतन्त्र आएयता दुई वटा संविधान सभाको चुनाव भएपनि हालसम्म कुनै पनि सांसद वा दलका ठूला नेताहरु गोबरगाढासम्म नआएको स्थानीय खटरु यादवको भनाइ छ। ‘चुनावका बेला भोट पनि माग्न आएन’, यादवले भने, ‘भोटसम्म माग्न नआउनेबाट अरु के आश गर्न सकिन्छ र?’

गोबरगाढा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्छ। यस क्षेत्रवाट राष्ट्रिय तथा मधेशको राजनीतिमा प्रभाव राख्ने व्यक्तिहरु प्रतिनिधित्व गर्ने गर्दछन् । हाल यस क्षेत्रवाट नेकपा माओवादी केन्द्रका अशोककुमार मण्डल सांसद छन्। मण्डल अघि जयप्रकाशप्रसाद गुप्ता यस क्षेत्रवाट कयौं पटक निर्वाचित भई मन्त्रीसम्म भए।

उप–सभामुख गंगाप्रसाद यादव पनि यसै क्षेत्रबाट रहेका छन्। यसका अतिरिक्त सद्भावना पार्टीका बरिष्ठ उपाध्यक्ष नवरकिशोर साह र मधेश राष्ट्र समाजवादी पार्टीका बरिष्ठ उपाध्यक्ष शेखरकुमार सिंह पनि यसै क्षेत्रवाट प्रतिनिधित्व गर्दछन्। यद्यपी हालसम्म यी ठूला नेताहरु मध्ये कोही पनि आफूहरुको पीडा बुझ्न गोबरगाढा सम्म नआएको गाउँलहरुको गुनासो छ।

‘छैनन् राज्यको उपस्थिति’

गोबरगाढा भारतीय सीमानासँग जोडिएको भएपनि यहाँ सुरक्षा निकायसमेतको उपस्थिति नदेखिएको स्थानीयको भनाइ छ। सीमापारि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बेलावखत चहल पहल गर्ने गरेपनि नेपाली सुरक्षाकर्मी भने बर्षमा एकआध पटक मात्रै हेर्ने गरिएको स्थानीय लक्ष्मण यादवको भनाइ छ ।  

‘पछिल्लो पटक संविधान सभा चुनावका बेला हाकिम आएका थिए’, स्थानीय लक्ष्मण यादवले भने, ‘त्यस पछि देखेको छैन, हिउँदका वेला यसो घुमफिर तथा पिकनिक गर्न बर्षमा एकआध पटक जिल्लाबाट केही मैन्छे आउन गर्छन, तर हाम्रो पीडा बुझ्न कोही आउँदैनन्।’

शनिबारदेखि स्थानीयहरु सम्पर्क विहीन रहेको भनि प्रहरीले नै जानकारी गराएपनि उनीहरुसँग सम्पर्क बनाउनेतर्फ स्थानीय प्रशासन अझै गम्भीर नदेखिएको नागरिक समाजका अगुवा बद्रीनारायण झाको भनाइ छ । द्वन्द्वकालमै विस्थापित भएको प्रहरी चौकी हालसम्मपनि पुर्नस्थापना गर्न सकिएको छैन।
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5798712a95388.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5798712a9a176.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5798712c037e4.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5798712c106b5.jpg
https://images.nagariknewscdn.com/archive/17-20/news_images/5798712cc87ab.jpg
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१३ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस